बाढी–पहिरोले सात जिल्लाका सडक अवरुद्ध, आवागमनमा समस्या
काठमाडौँ, भदौ १८ गते । लगातारको वर्षाका कारण आएको बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गको आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले जारी गरेको विवरणअनुसार काठमाडौँ, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक र मुगुका विभिन्न सडकखण्डमा पूर्ण तथा एकतर्फी अवरोध रहेको छ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–७, चिसापानी क्षेत्रमा पहिरोका कारण काठमाडौँ–धादिङ सडकखण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, काभ्रेमा बीपी राजमार्गअन्तर्गत खुकोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा बाढी तथा पहिरोको जोखिमका कारण सवारी आवागमन प्रभावित भएको छ। प्रहरीले रातिको समयमा सडक सञ्चालनमा रोक लगाउँदै बिहानको अवस्था हेरेर सवारी सञ्चालन गराउने व्यवस्था गरेको जनाएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५, खाल्टे क्षेत्रमा बाढीका कारण त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्डमा पूर्ण अवरोध रहेको छ। यस्तै, नुवाकोटमा शिवपुरी गाउँपालिका क्षेत्रको टेखेलटोल तथा बेलकोटगढी नगरपालिका–९ लगायतका स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएको छ। केही सडकखण्डमा राति सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७, कृष्णभीर तथा गजुरी गाउँपालिका–२, पेरोखाभिर क्षेत्रमा पहिरोका कारण पृथ्वी लोकमार्ग प्रभावित भएको छ। केही स्थानमा एकतर्फी सवारी सञ्चालन गराइएको छ भने केही स्थानमा साना सवारीलाई मात्र आवागमनको अनुमति दिइएको छ।
यसैगरी सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–८, डुम्रे क्षेत्रमा अरनिको राजमार्गमा एकतर्फी सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। कर्णाली प्रदेशअन्तर्गत मुगुको छायानाथ रारा नगरपालिका–४, ताल्चा क्षेत्रमा बाढी÷पहिरोका कारण मुगु–गमगढी सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ।
प्रहरीले सडकको अवस्था हेरेर तत्काल सूचना तथा ट्राफिक व्यवस्थापन गरिरहेको जनाएको छ। यात्रु तथा चालकलाई सम्बन्धित सडकखण्डको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ।
Comments
अरु समाचार
-
आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पाँच बंगलादेशी नागरिक पक्राउ
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बसोबास गर्दै आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी...
-
भक्तपुर मालपोतका नायब सुब्बासहित ६ जनाविरुद्ध १० करोड ९२ लाखभन्दा बढीको बिगो दाबीसहित मुद्दा दर्ता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसहित ६ जनाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन तथा सम्पत्ति...
-
३३ लाख रुपैयाँ घुससहित मध्यपुर थिमीका प्रमुख प्रशासकीय अधिकृत घिमिरे नियन्त्रणमा
काठमाडौं । भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता बढाउँदै लगेको छ। यसैक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज...
-
न्यायाधीशले प्रधानमन्त्रीको मान्छे भेट्दैमा महाभियोग लगाउनु प्रतिशोधपूर्ण हुन्छ : बार अध्यक्ष मिश्र
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानमन्त्रीको मान्छे भन्दै आउनेलाई व्यक्तिलाई होटलमा भेटेको...
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...












