सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना मन्त्रीमात्रै देखिए । संयुक्त राष्ट्रसंघ भाग लिन अमेरिका प्रस्थान गर्ने क्रममा प्रधानमन्त्री शाहको अलिकति पनि तामझाम देखिएन । यसअघिका प्रधानमन्त्रीहरु विदेश जाँदा ठूलो रकम खर्च गरेर राष्ट्रको ढुकुटीकाे माया नै नगरी तामझामका साथ जाने गर्थे । अझ आफ्ना नातानाला, आसेपासे पनि लाने गर्थे । तर त्यो प्रथालाई प्रम बालेनले तोड्दै भविष्यमा उनीपछि हुने प्रधानमन्त्रीलाई गतिलो पाठ सिकाइ दिएका छन् ।
‘देशको ढुकुटी मोजमस्ती गरेर सक्नु हुँदैन’ भन्ने भनाईलाई व्यवहारमै कार्यान्वयन गर्न खोज्ने प्रम शाह पहिलो देखिएका छन् । पहिलो विदेश भ्रमणका क्रममा सानो प्रतिनिधिमण्डल लिएर उनी अमेरिका प्रस्थान गरेका हुन् । विदाइका क्रममा एयरपोर्टमा कुनै औपचारिक कार्यक्रम भएन । सेनाले सलामी दिने परम्परा पनि तोडियो । बिदाइका लागि मन्त्री र उच्च पदाधिकारीको लावालश्कर पनि देखिएन । सामान्य मानिसको जस्तै व्यवहारले प्रम शाहको वेट अझ बढाएको छ । आफ्ना समर्थकहरु त छँदैछन्, विरोधी खेमाले पनि मुटु मिचेर प्रशंसा गरेका छन् ।
प्रम बालेनलाई बिदाइ गर्न गएका दुईजना मन्त्री भने आफ्नै हिसाबले एयरपोर्ट पुगेका थिए । गृहमन्त्री सुदन गुरुङ र पर्यटन मन्त्री खडकराज पौडेलले प्रधानमन्त्रीलाई जहाज छेउमा बिदाइ गरेका थिए । प्रधानमन्त्री शाह राष्ट्रिय पोशाकमा पनि देखिएनन् । उनले कोट-पाइन्ट र स्पोर्ट्स सुज लगाएका थिए । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन हाफ सर्ट र पेन्ट लगाएर झनै अनौपचारिक लुगामा थिए ।
अरु सबै यात्रुहरु बोर्ड भइसकेपछि मात्रै प्रधानमन्त्री बालुवाटारबाट प्रस्थान गरेका थिए । बिदाई गर्न गएका दुईमन्त्रीसँग कुनै फुलगुच्छा थिएन । प्रधानमन्त्री चढ्नासाथ जहाज उडेको थियो । कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्रीलाई कार्यकक्षमा नै विदाइ गरेका थिए ।
Comments
अरु समाचार
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...












