ताजा समाचार

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको हो । वर्षासँगैको बाढीपहिरोको जोखिमका कारण रातभर पृथ्वीराजमार्ग बन्द गरिएको थियो । आज बिहान पाँच बजेदेखि राजमार्गमा गाडी सन्चालन गर्ने भनिए पनि पहिरो खसेपछि गाडी चलेका छैनन् ।

पहिरो पन्छाउने काम भैरहेको तर निरन्तर वर्षाका कारण समस्या भएको धादिङ प्रहरीले जनाएको छ । गत भदौ १४ गते कृष्णभिर क्षेत्रको सडक भासिएपछि डाइभर्सन बनाएर यातायात सन्चालन गरिएको थियो । सोही अस्थायी डाइभर्सनमा पहिरो झरेर बाटो बन्द भएको हो ।

पहिरोकै कारण कान्ति लोकपथ पनि पूर्ण रुपमा अबरुद्ध हुँदा काठमाडौं–हेटौंडा आउ–जाउ बन्द भएको छ । कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका खण्डको भोटखोला क्षेत्रमा पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org