बलिउड अभिनेता ओम पुरीको निधन
पुस २२ । बलिउड अभिनेता ओम पुरीको शुक्रबार बिहान ६६ वर्षको उमेरमा निधन भएको छ ।
हृदयघातका कारण उनको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् ।
सन् १९५० अक्टोबर १८ तारिखमा जन्मिएका उनले सन् १९७६ मा मराठी फिल्मबाट अभिनय सुरु गरेका थिए ।
हलिउडदेखि बलिउडसम्म उनले ३ सयभन्दा बढि फिल्ममा अभिनय गरेका छन् ।
उनी बिरामी भएपनि आफ्नो नयाँ फिल्म ‘रामभजन जिन्दाबाद’ को प्रोमोशनमा जुटिरहेको बताइएको छ ।
ओमपुरीले कमेडीदेखि गम्भीर भूमिकामा अभिनय गरे । ‘आक्रोश, अरोहन, अर्धसत्य, माचिस’ उनका ती फिल्म हुन् जसले हरेक व्यक्तिलाई छोएको थियो । उनले हिन्दीका साथै अंग्रेजी, कन्नडर पञ्जाबी भाषाको फिल्ममा पनि अभिनय गरेका छन् ।
ओमपुरी आवाजका धनी थिए । थुप्रै डकुमेन्ट्री र फिल्ममा उनको आवाज समावेश गरियो । यसै कारण उनले बलिउडमा आफ्नो छुट्टै स्थान बनाउन सफल भएका छन् ।
ओम पुरीको शवलाई अन्धेरीस्थित उनको निवासमा राखिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि उनका पुराना साथी, बलिउडका सहकर्मीको उपस्थिती रहेको छ ।
बलिउडका विभिन्न हस्तीले उनलाई ट्वीटरमार्फत अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












