दक्षिणी थाइल्याण्डमा भारी बर्षा र बाढीबाट ६ को मृत्यु

बैकक, २२ पुस । दक्षिणी थाइल्याण्ड अबिरल बर्षा र बाढीको कारण कम्तीमा ६ व्यक्तिको मृत्यु भएको समाचार छ । यस प्रकोपको कारण उडानसेवाहरु समेत ढिला भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
एक हप्तायतादेखि जारी भारी बर्षा र त्यसपछि आएका बाढीको कारण दक्षिणी थाइल्याण्डको नौ वटा प्रांन्त प्रभावित भएको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यस भारी बर्षा र बाढीको कारण ६ व्यक्तिको मृत्यु हुनुको साथै
कम्तीमा १ लाख २० हजार घरपरिवार प्रभावित भएको जारी विज्ञप्तिमा जनाइएको छ ।
दक्षिण थाइल्यान्डको समुइमा रहेका एक पाहुना (गेस्ट हाउस) का मालिकले कैयौ द्विप इलाका प्रभावित हुृने गरी आएको यो एक दशक भन्दा बढी समययताको भारी बर्षा र बाढी भएको जानकारी दिएका छन् ।
करिब १२ बर्षअघिदेखि आफू सो इालाकामा बस्दै आएको र यस प्रकारको प्रकोप नदेखेको उनले जानकारी दिएका छन् ।
जारी यस प्रकोपको कारण भएका उडान सेवा रद्दका कारण आफ्ना पाहुना घर भरिएको पनि उनले बताएका छन् । रासस /एएफपी
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











