मोरङमा १,१०० कृषक समूह तरकारी खेतीमा

पथरी (मोरङ), २६ पुस । मोरङको भौडाहा गाविसका कृषक जीतनारायण सरदारले थोरै जग्गामा तरकारी खेती गरेर वार्षिक लाखौँँ रुपैयाँ आयआर्जन गर्दै आउनुभएको छ ।
आफ्नो १० कट्ठा क्षेत्रफलमा उहाँले मौसमअनुसार हिउँदे, वर्षे तथा बेमौसमी तरकारी उत्पादन गरेर वार्षिक रुपमा करिब रु दुई लाखसम्म आयआर्जन गर्ने गरेको बताउनुभयो ।
त्यस्तै, मोरङ कटहरी–९ नयाँबजारका कृषक श्यामकुमार साहले पनि तरकारी खेतीबाट राम्रै आयआर्जन गर्दै आउनुभएको छ । उहाँले करिब एक बिगाहा जमिन भाडामा लिएर १५ वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको मात्र छैन पाँच जनालाई वार्षिक रोजगारी समेत दिँदै आउनुभएको छ ।
उहाँले मौसमी र बेमौसमी दुवै खालका तरकारी लगाउने गर्नुभएको छ । उहाँ आफूले तरकारी खेतीबाट मात्रै वार्षिक सबै खर्च कटाएर ४÷५ लाख आम्दानी गर्ने गरेको बताउनुहुन्छ । साहले भन्नुभयो, मैले तरकारी खेतीबाहेक अन्य कुनै खेती नगरेको तर यसैबाट कटहरीमा चार कोठाको एउटा पक्की घर बनाउनुका साथै विराटनगरमा एक कट्ठा घडेरी जोडेको र तीनजना छोराछोरी बोर्डिङ पढाएर अहिले छोरालाई इन्जिनियरिङ पढाइरहेको छु ।
यता जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत काशीकुमार चौधरीले मोरङका कटहरी, शिसवनी, जहदा, इन्द्रपुर, मधुमल्ला, टाँडी, लेटाँङ जाँते, सिजुवा टकुवा मझारे, महादेवा, बाहुनीलगायतका गाविस तरकारी उत्पादनका पकेट क्षेत्र रहेको बताउनुभयो ।
उहाँले सरकारले तरकारी खेती गर्ने कृषकलाई प्रोत्साहित गरेपछि मोरङमा एक हजार १०० भन्दा बढी कृषक समूहले व्यावसायिक तरकारी खेती गर्न थालेको जानकारी समेत दिनुभयो । तरकारीका लागि परनिर्भर बनिरहनपरेकाले र वैदेशिक रोजगारीमा युवालाई जानबाट रोक्न नेपाल सरकारले चालु आर्थिक वर्षमै युवाका लागि लक्षित व्यावसायिक तरकारी उत्पादन कार्यक्रम लागू गरेको छ ।
यसअन्तर्गत वैदेशिक रोजगारीबाट स्वदेश फर्केका, जान लागेका र लक्षित वर्गका युवालाई न्यूनतम एक बिगाह क्षेत्रफलमा तरकारी खेती गर्नका लागि ५० प्रतिशत अनुदान दिने कार्यक्रमलाई कार्यान्वयनमा ल्याइएको छ ।
मोरङमा करिब १९ हजार हेक्टरमा गत आर्थिक वर्षमा तरकारी खेती भएकोमा ९७ हजार मेट्रिक टन तरकारी, मसला बालीमा अलैँची ९१ मेट्रिक टन र अदुवा १३ हजार १२५ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय मोरङले जनाएको छ ।
त्यसैले, बजार प्रसस्त रहेकाले कुनै नोक्सानी ब्योहोर्नु नपर्ने कारण मोरङमा तरकारी खेतीले बढ्दो बेरोजगारीका कारण वैदेशिक रोजगारीमा जाने युवालाई केही हदसम्म रोक्न सफल भएको छ । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












