मोरङमा १,१०० कृषक समूह तरकारी खेतीमा

पथरी (मोरङ), २६ पुस । मोरङको भौडाहा गाविसका कृषक जीतनारायण सरदारले थोरै जग्गामा तरकारी खेती गरेर वार्षिक लाखौँँ रुपैयाँ आयआर्जन गर्दै आउनुभएको छ ।
आफ्नो १० कट्ठा क्षेत्रफलमा उहाँले मौसमअनुसार हिउँदे, वर्षे तथा बेमौसमी तरकारी उत्पादन गरेर वार्षिक रुपमा करिब रु दुई लाखसम्म आयआर्जन गर्ने गरेको बताउनुभयो ।
त्यस्तै, मोरङ कटहरी–९ नयाँबजारका कृषक श्यामकुमार साहले पनि तरकारी खेतीबाट राम्रै आयआर्जन गर्दै आउनुभएको छ । उहाँले करिब एक बिगाहा जमिन भाडामा लिएर १५ वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको मात्र छैन पाँच जनालाई वार्षिक रोजगारी समेत दिँदै आउनुभएको छ ।
उहाँले मौसमी र बेमौसमी दुवै खालका तरकारी लगाउने गर्नुभएको छ । उहाँ आफूले तरकारी खेतीबाट मात्रै वार्षिक सबै खर्च कटाएर ४÷५ लाख आम्दानी गर्ने गरेको बताउनुहुन्छ । साहले भन्नुभयो, मैले तरकारी खेतीबाहेक अन्य कुनै खेती नगरेको तर यसैबाट कटहरीमा चार कोठाको एउटा पक्की घर बनाउनुका साथै विराटनगरमा एक कट्ठा घडेरी जोडेको र तीनजना छोराछोरी बोर्डिङ पढाएर अहिले छोरालाई इन्जिनियरिङ पढाइरहेको छु ।
यता जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत काशीकुमार चौधरीले मोरङका कटहरी, शिसवनी, जहदा, इन्द्रपुर, मधुमल्ला, टाँडी, लेटाँङ जाँते, सिजुवा टकुवा मझारे, महादेवा, बाहुनीलगायतका गाविस तरकारी उत्पादनका पकेट क्षेत्र रहेको बताउनुभयो ।
उहाँले सरकारले तरकारी खेती गर्ने कृषकलाई प्रोत्साहित गरेपछि मोरङमा एक हजार १०० भन्दा बढी कृषक समूहले व्यावसायिक तरकारी खेती गर्न थालेको जानकारी समेत दिनुभयो । तरकारीका लागि परनिर्भर बनिरहनपरेकाले र वैदेशिक रोजगारीमा युवालाई जानबाट रोक्न नेपाल सरकारले चालु आर्थिक वर्षमै युवाका लागि लक्षित व्यावसायिक तरकारी उत्पादन कार्यक्रम लागू गरेको छ ।
यसअन्तर्गत वैदेशिक रोजगारीबाट स्वदेश फर्केका, जान लागेका र लक्षित वर्गका युवालाई न्यूनतम एक बिगाह क्षेत्रफलमा तरकारी खेती गर्नका लागि ५० प्रतिशत अनुदान दिने कार्यक्रमलाई कार्यान्वयनमा ल्याइएको छ ।
मोरङमा करिब १९ हजार हेक्टरमा गत आर्थिक वर्षमा तरकारी खेती भएकोमा ९७ हजार मेट्रिक टन तरकारी, मसला बालीमा अलैँची ९१ मेट्रिक टन र अदुवा १३ हजार १२५ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय मोरङले जनाएको छ ।
त्यसैले, बजार प्रसस्त रहेकाले कुनै नोक्सानी ब्योहोर्नु नपर्ने कारण मोरङमा तरकारी खेतीले बढ्दो बेरोजगारीका कारण वैदेशिक रोजगारीमा जाने युवालाई केही हदसम्म रोक्न सफल भएको छ । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












