सेक्समा चरमसुख प्राप्त गर्ने चार तरिका
काठमाडौं । सेक्सका वारेमा घरिघरी परिभाषा दिनु राम्रो नहोला । अव हुदाहुदै सेक्स यो हो भनेर जानकारी दिनेहो भने त झन तनावै होला । यसको मतलव सेक्स भन्ने कुरावाट सवै परिचीत छन । मानिस मात्रै होईन जिवन जनावर, पशुपक्षिं देखी सवै जसो । अव कुरा गरौं सेक्समा कसरी भरपुर चरम सुख लिने ।
सेक्समा भरपुर सन्तुष्टिका लागि मस्तिष्क र शरीरकाबीच तालमेल एकदमै आवश्यक छ । यौन सुख चरम अवस्थामा त्यतिबेला पुग्छ, जतिबेला पार्टनरहरुकाबीच शरीर एवं मस्तिष्कमा एक आपसमा एकाकार हुन्छन । एकको आनन्द अर्कोलाई आनन्द देओस र एकको सन्तुष्टि दोस्रोको चरम सन्तुष्टि बन्न सकोस । सेक्स विशेषज्ञका सल्लाह छ कि यदि तपाईं यौन सम्पर्कमा चरम सन्तुष्टि (अर्गाज्म) हासिल गर्न चाहनुहुन्छ भने यी चार तरिकाको अवलम्बन गर्नुपर्छ ।मान्नुहोस्, सेक्सको असिम आनन्दले तपाईलाई हर्षविभोर बनाउनेछ ।
सिडक्सन
सेक्समा आनन्द पाउनका लागि तपाईको पार्टनर मानसिक रुपमा तयार हुनु आवश्यक छ । जसका लागि सबैभन्दा पहिलो आफ्नो पार्टनरमा सेक्सको इच्छा जगाउनु जरुरी हुन्छ ।
सेनसेशन
यौन क्रियाका आनन्द लिनका लागि दुवै पार्टनरका इन्दि्रयहरु सेक्स मै केन्द्रीत हुन जरुरी छ । मस्तिष्क सँगसँगै शरीरका हरेक अंग यौन उत्तेजनाअनुसार क्रियाशील हुन सक्नुपर्छ र सेक्सको आनन्द महसुस गर्नुपर्छ । यसले सेक्स क्रियामा गति ल्याउँदछ, उत्तेजना बढ्दै बढ्दैं चरमसुखमा पुग्दछ ।
समर्पण
जब तपाईको पार्टनर सहमति र समर्पण आवश्यक ठान्छ, त्यतिबेला उसका सामु आफूलाई पूर्ण रुपमा समर्पण गर्न सक्नुपर्दछ । यदि दुवै जना यौनक्रियालाई महत्व दिदैंन भने उनीहरुले चरमसुख प्राप्त गर्न सक्दैंनन् । यसका लागि यौन क्रियाका बेला विस्तारै फरक फरक आसन रहेर सेक्स क्रिया अगाडि बढाउनुपर्दछ । जब एक ड्राइभर हुन्छ, त्यतिबेला दोस्रो केवल दर्शक भएर उसमा समर्पित हुनु जरुरी हुन्छ ।
रिफलेक्सन
यौन क्रियाको समयमा यो जरुरी छ कि आफ्ना इच्छा, आकांक्षा र भावना तथा सुखको खुलेर आफ्नो साथीसँग बाड्नुपर्दछ । उदाहरणका लागि एकले अर्कोलाई उसलाई कहिले रमाइलो र आनन्द लागिररहेको छ कहिले अप्ठ्यारो लागिरहेको छ । कतिबेला सेक्सको रफ्तार बढाउने इच्छा लागिरहेको छ यस्तै-यस्तै । यसले दुवैलाई असिम आनन्द प्राप्त हुन्छ ।
सेक्स कतिबेला र कतिपटक गर्ने ?
सेक्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ । अधिकांशले रातिमा सेक्स गर्छन् । तर, रातिमा भन्दा विहानको समयमा सेक्स गर्दा बढि राम्रो हुन्छ । एकाविहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अरु यस्ता कारण पनि छन्, जसले तपाईंलाई विहानकै समयमा सेक्स गर्न उत्साह पैदा गर्न सक्छ ।
एउटा मात्र होइन, धेरै किसिमका सोध र अनुसन्धानबाट तपाईंलाई स्वस्थ राख्न विहानको समय नै सेक्सको लागि उपयुक्त रहेको पत्ता लागेको छ । सबैभन्दा उत्तम समय भनेको विहान साढे ७ बजे हो । स्टमडीको अध्ययन अनुसार यो समयमा शरिरमा सेक्स हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा सेक्स गर्न सुरु गर्दा अति उत्तम हुन्छ । यतिमात्रै होइन विहानको सेक्सले दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग पनि तिक्ष्ण हुने र दिनभरी ताजा महसुस हुने गर्दछ । इटलीमा गरिएको अध्ययनबाट विहान साढे ७ बजे सेक्स गर्दा उत्तेजना चाँडै हुन्छ ।
सेक्स गर्नुस् मोटोपन घटाउनुस्
अमेरिकाको एक सोध वैज्ञानिक र सेक्स सलाहकार डा. डेबी हरबेनिकले एक अनुसन्धानको क्रममा सेक्सको सबैभन्दा उत्तम समय विहान नै रहेको पत्ता लगाए । डा. डेबीका अनुसार विहानको समयमा सेक्स गर्दा हाम्रो शरिरबाट निस्कने केमिकल्सबाट धेरै सन्तुष्टि मिल्छ । जसबाट खुसी मात्रै होइन स्वस्थ पनि भइन्छ । यसैगरी अमेरिकी अर्का सेक्स सलाहकार जेन ग्रीनरका अनुसार विहानको समयमा सेक्स गर्दा राम्रो व्यायाम पनि हुन्छ । सेक्स एकप्रकारको व्यायाम पनि हो । उपयुक्त समयमा नियमित सेक्स गरे पनि मोटोपन घट्ने अध्ययनबाट पत्ता लागेको छ ।
सेक्स कतिपटक गर्ने ?
सेक्स कतिपटक गर्ने भन्ने नापतौल छैन । आवश्यकता अनुसार सेक्स गर्न सकिन्छ । तर, भनिन्छ नी धेरै खायो भने चिनि पनि तितो हुन्छ । उपयुक्त समयमा र आफ्नो पार्टनरको मुड हरेर सेक्स गर्न सकिन्छ । त्यसैले एकसातामा तीनपटक सेक्स गर्दा राम्रो हुने विज्ञहरुले बताएका छन् । विहानमा सेक्स गर्दा महिला र पुरुष दुबैमा प्रजनन क्षमता पनि बढ्छ । लेखिका जेनी ट्रिप्लेटका अनुसार विहानमा सेक्स गर्दा महिलाहरुलाई धेरै शक्ति प्राप्त भएको महसुस हुन्छ ।
विहानको सेक्समा कसरी मजा लिने ?
विहानको समयमा पूजापाठ गर्ने, खाना पकाउने, अफिस जाने तयारी आदि गर्नुपर्ने हुन्छ । यदि त्यसको लागि प्रयाप्त समय छ र पार्टनर टेन्सनमा छैन भने विहानमै सेक्स गर्दा राम्रो । विहानको समयमा सेक्सको साथसाथै पार्टनरसँगै बाथरुममा ‘शावर’मा नुहाउदै मजा लिन पनि सकिने विज्ञहरुको भनाइ छ । यसो गर्दा आफ्नो पार्टनरसँग अझै बढि आत्मियता प्राप्त पाउने मात्रै होइन रमाइलो पनि हुन्छ ।
रातिमा सेक्स किन नगर्ने ?
विहानमा सेक्स गर्ने तर रातीमा किन नगर्ने भन्ने जिज्ञासा लाग्न सक्छ । रातीमा खासगरी खाना खाएर बेडमा जाने र सुत्नेबेला सेक्स गर्छन् धेरैजसो जोडिले । तर, खाना खाएर सेक्स गर्नु र खाना खाएर नुहाउनु भनेको रोग निम्ताउनु हो । त्यसैले रातीमा सेक्स गनुभन्दा विहान मै गर्दा राम्रो हुने विज्ञहरुको सुझाव छ । रातीको सेक्समा नयाँपन नहुने पनि बताउने गरिएको छ ।
३ देखि १३ मिनेटको सेक्स पर्याप्त
घण्टौंसम्मको सेक्सभन्दा ३ देखि १३ मिनेटको सेक्समै अधिकतम सन्तुष्टि मिल्ने अनुसन्धानबाट पुष्टि भएको छ । अमेरिकास्थित पेन स्टेट युनिभर्सिटीका शोधकर्ताहरूले आफ्नो अनुसन्धानबाट उक्त कुरा पुष्टि गरेका हुन् । शोधकर्ता एरिक कोर्टीले भनेका छन्– ‘आजकलका स्त्री–पुरुष पूरै रात सेक्स गरेर बिताउने कल्पना गर्छन् तर यो असम्भव कुरा हो ।’ उनको शोधमा सामेल स्त्री–पुरुषले आधा घण्टाभन्दा बढी नै समय सेक्स गर्न चाहने गरेको पाइयो । तर यसले निराशा र असन्तुष्टि पैदा गर्ने शोधकर्ता कोर्टी बताउँछन् ।शोधकर्ताहरूले सेक्स थेरापी र अनुसन्धानमा छ० जना विशेषज्ञलाई सामेल गराएका थिए । यस समूहमा मनोवैज्ञानिक डाक्टर, सामाजिक कार्यकर्ता, पारिवारिक मामिलासम्बन्धी विशेषज्ञहरू थिए । यीमध्ये अधिकांश शोधकर्ताले यौनबाट सन्तोषजनक सुख लिनका लागि पर्याप्त अवधि ३ देखि १३ मिनेट र वाञ्छनीय अवधि ७ देखि १३ मिनेट हुने बताए । यी विशेषज्ञका अनुसार १ देखि २ मिनेटको समय सेक्सका लागि धेरै कम र १० देखि ३० मिनेटको समय धेरै लामो हो ।सेक्सका लागि उचित समयः जहिले पनि रातिको समयमा मात्रै सेक्स गर्नु स्वास्थ्यका लागि हितकर हुन्छ । बिहान उज्यालो हुनुभन्दा केही समयअगाडिदेखि बेलुका घाम नअस्ताउन्जेलसम्म सेक्स गर्नुहुँदैन । अझ बिहानको सेक्स त स्वास्थ्यका दृष्टिले झनै हानिकारक हुने बताइएको छ । बेलुका खाना खाएको सरदर २ घण्टापछिको सेक्स हितकारी हुन्छ । जो व्यक्ति राति १०–११ बजे खाना खान्छन्, उनीहरूले आधारातपछि मात्र सेक्स गर्नु राम्रो हुन्छ ।सुत्ने बेलामा दूध पिउनुहुँदैन । दुई घण्टाअघि नै पिइसक्नुपर्छ अनि मात्र सेक्सका लागि उचित हुन्छ । त्यस्तै मिन्स भएको समयमा पनि सेक्सलाई वर्जित मानिएको छ । यद्यपि त्यस बेला कन्डम लगाएर पनि सेक्स गर्नुहुँदैन । त्यस समयको सेक्सले रोग निम्त्याउन सक्छ । यदि पार्टनरबीचमा क्रोध, चिन्ता, दुःख, अविश्वास छ र मानसिक समस्या छ भने सेक्स गर्नु उचित हुँदैन । दुवै जना प्रसन्न भए मात्र सेक्स आनन्ददायक हुन्छ । रोमान्टिक कुराकानी गरेर दुवै जनामा सेक्स जागृत गराएपछिको सेक्सले आनन्द र सन्तुष्टि दिने हुनाले यसतर्फ पनि ध्यान पुर्याउनुपर्छ ।
सेक्सवाट परिचीत हुनुभएकालाई सवै कुरा थाहा भयो । धेरै पहिलोपटक सेक्सको तयारीमा पनि हुन सक्नुहुन्छ । कुरा यिनै विषयसँग सम्वन्धीत रहेर गरौं ।
पहिलो सेक्स गर्दा ध्यान दिनुपर्ने १० कुराहरु
पहिलो पटकको सेक्सको बारेमा मानिसहरुमा धेरै प्रकारको कौतुहल र जिज्ञासा उत्पन्न हुने गर्दछ । जिज्ञासासँगै मानिसहरु यसको बारेमा थाहा पाउन पनि आतुर हुने गर्दछन् र मानिसहरुले धेरै प्रकारको गलत जानकारी पनि दिने गर्दछन् । यस्तै कौतुहललाई समाप्त गर्नका लागि पहिलो पटकको सेक्सको बारेमा यहाँ जानकारी दिइएको छ ।
१, क्रेजी सेक्सः यदि तपाईं आफ्नो पहिलो सेक्स धेरै राम्रो हुने सोच बनाउँदै हुनुहुन्छ भने तपाईं गलत सोच्दै हुनुहुन्छ । याद राख्नुहोस् यो तपाईंको लागि नयाँ अनुभव हो र यसका लागि तपाईं धैर्यवान् हुन जरुरी छ । तपाईंको पहिलो सेक्स अनुभव राम्रो नभएपनि यसमा डराउनु र आत्तिनुपर्ने छैैन किनभने यो समयसँगै राम्रो हुँदै जान्छ ।
२. चरमोत्कर्षः यदि पहिलोपटक सेक्स गर्दै हुनुहुन्छ भने चरमोत्कर्षको आशा नराख्नुहोस् । यतिबेला एक अर्काको शारिरिक आवश्यकताको बारेमा जानकारी दिनुहोस् र लिनुहोस् ।
३। झुटो चरमोत्कर्षः महिलाहरुले पहिलो पटक सेक्स गर्दा आफ्नो पार्टनरलाई खुसी राख्नका लागि झुटो चरमोत्कर्षको नाटक गर्नुपर्दैन । यो तपाईंको पहिलो पटकको सेक्स भएका कारण तपाईंको पार्टरले तपाईंलाई बुझ्नुहुनेछ ।
४. फोहोरी गफः धेरैजसो मानिसहरु पहिलो पटकको सेक्स गर्नुपूर्व फोहोरी गफ गर्नुपर्छ भन्ने सोच्छन् तर यो सत्य होइन् । पहिलो पटकको लभ मेकिङको दौरान बिस्तारामा आफ्नो पार्टनरसँग तपाईं के चाहनुहुन्छ भन्ने बारेमा कुरा गर्दा पनि हुन्छ । फोहोर कुराहरु पछि गर्न सक्नुहुनेछ ।
५.तपाईं पहल गर्नुहोस्ःधेरैजसो महिलाहरु माया दर्साउन लजाउने गर्दछन् । तर पहिलो पटक सेक्स गर्दा तपाईं पहल गर्नुहोस र उनलाई पर्खेर नबस्नुहोस् । यदि एक अर्काको मुख ताकेर बस्नुभयो भने पुरा रात नै बित्छ ।
६. पहिलो पटकको सेक्स पीडादायक हुन्छः पहिलो पटकको सेक्स निकै पीडादायक हुने धेरै मानिसहरुको भनाई हुन्छ तर यदि ठिक तरिकाले फोरप्ले गरियो र तपाईं यसको लागि तयार हुनुहुन्छ भने पहिलो पटकको सेक्स निकै सजिलो र कम पीडादायी हुन्छ । चाहिएको खण्डमा तपाईं लुब्रिकेन्टको प्रयोग पनि गर्नसक्नुहुनेछ ।
७.आकारको महत्वः विश्वास गर्नुहोस् सेक्समा आकारको कुनै पनि भूमिका हुँदैन । महिलाहरुमा धेरैजसो यो भ्रम हुन्छ कि उनको पुरुषको आकार जति ठूलो हुन्छ त्यति नै उनीहरुहरु आनन्दित हुने सोच्दछन् तर यो सोचाई गलत हो । चरमोत्कर्षमा आकारको कुनै पनि महत्व हुँदैन ।
८. पोर्न फिल्मजस्तो अनुभवः यदि तपाईं पोर्न स्टारजस्तो सेक्स गर्ने सोच्दैहुनुहुन्छ भने यो तपाईंको सोचाई गलत साबित हुनेछ । पोर्न फिल्ममा देखाइने धेरैजसो भुटो हुने भएकाले यसको पछि नलाग्नुहोस् ।
९.ब्लिडिङको धारणाः धेरैजसो मानिसहरु पहिलो पटकको सेक्स पछि महिलाको रगत आउने धारणा छ । ब्लिडिङको धारणा कुमारित्वसँग जोडिएको हुँदैन । हाइमन टुटेमा ब्लिडिङ हुने गर्दछ । हाइमन खेल खेल्दा, साइकल चलाउँदा र अरु केहि कार्य गर्दा नै टुटिसकेको पनि हुनसक्छ ।
१०.धेरै बेरसम्म सेक्सः पहिलो पटकको सेक्स धेरै लामोसम्म हुने कुरा गलत हो । त्यसकारण पहिलो पटकको सेक्समा कुनै उद्देश्य नराखी मात्र आनन्द लिने तरिकाले गर्नुहोला ।
एजेन्सीको सहयोगमा
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












