कर्म : औषधी खाए जस्तै पुस्तक

काभ्रे । ‘यो पुस्तकले औषधी खाए जस्तै लाग्यो,’ कान्तिपुर दैनिकमा कार्यरत पत्रकार दामोदर न्यौपानेको दोस्रो कृति कर्म : सिकाइमा गहिरिएको खाडलमाथि चर्चा गर्दै संचारकर्मी जीवन पराजुलीले प्रतिक्रिया दिए, ‘यो पुस्तक पढ्दा पढ्दै मान्छेमा परिवर्तन आउँछ । यसमा समस्या देखाइएको छ । समस्यासंगै समाधान पनि छ । यसले लक्ष्य निर्धारण गर्न सिकाउँछ ।’
जिल्ला बालक्लब संजाल काभ्रेले आइतबार धुलिखेलमा आयोजना गरेको कर्म संवाद कार्यक्रममा बालबालिका, बाल अभियन्ता र बालबालिका क्षेत्रमा कार्यरत सहभागीले पुस्तक बालबालिकाको आवाज बनेर आएको प्रतिक्रिया दिए । चाह्यो भने परिवर्तन संभव छ भन्ने सन्देश पुस्तकले दिएकाले यो प्रेरणादायि पुस्तकको कोटीमा पर्ने पराजुलीले प्रतिक्रिया दिए । ‘केही ग¥यो भने अटिजम जस्तो समस्या भएका बालबालिकामा त परिवर्तन आउदो रहेछ,’ उनले भने, ‘झन् सामान्य बालबालिकामा त धेरै परिवर्तन ल्याउन सकिन्छ ।’
जिल्ला बालक्लब संजाल सिन्धुपाल्चोककी पूर्व अध्यक्ष सफलता भण्डारीले पुस्तक बालबालिकाको सवाल प्रभावकारी रुपमा उठाएको बताइन् । ‘हामी बोलेर आवाज उठाउदै आएका थियौं,’ भण्डारीले भनिन्, ‘न्यौपानेले हामीले बोल्दै आएको विषय लेखेर आवाज उठाउनु भयो । किताब बनेर आयो हाम्रो आवाज । बोलेको भन्दा लेखेको प्रभावकारी हुन्छ ।’
बालबालिकाले आम रुपमा भोग्दै आएका समस्या पुस्तकमा उठाएको उनले बताइन् । ‘पुस्तक पढ्दै जाँदा यो मेरै ठाउँका कुरा हुन् । मेरै घरका समस्या हुन् । मेरै भाइबहिनीका विषय हुन् जस्तो अनुभूति हुन्छ,’ भण्डारीले भनिन्, ‘हामीले साना साना कुरा याद गरेका हुँदैनौं । साना साना कुराले समस्या भइरहेको हुन्छ । यो पुस्तकमा साना साना कुरालाई मिहिन ढंगले केलाइएको छ । बालबालिकाको क्षेत्रमा खटिरहेका हामी जस्तालाई पनि झक झकाउने राम्रो बाटो बनाइदिएको छ यो पुस्तकले ।’
पुस्तकका पात्र तथा काठमाडौं जिल्ला बालक्लब संजालका अध्यक्ष राजाराम बस्नेतले पुस्तकले बालबालिकालाई आफ्नो आवाज प्रभावकारी रुपमा उठाउन सिकाएको प्रतिक्रिया दिए । ‘हामीले समस्या व्यहोरेका हुन्छौं तर त्यसलाई कसरी भन्ने भनेर थाहा पाएका हुदैनौं,’ उनले भने, ‘यो पुस्तक पढेपछि हाम्रा आवाज यसरी उठाउनु पर्ने रहेछ भनेर सिकाउ“छ ।’ पुस्तकमा बालबालिकालाई असल बनाउने के के गर्नु पर्छ भनेर सबै कुरा समेटिएको उनले बताए ।
बालक्लब संजाल भोजपुरका अध्यक्ष लक्ष्मण चौहानले पुस्तक जिल्लाका सबै ५४ गाविस र २ नगरपालिकामा अनि सबै वडा वडामा पु¥याउने बताए । ‘बालबालिकालाई हेर्ने दृष्टिकोण बदल्न यो पुस्तक पढ्नै पर्छ,’ चौहानले भने, ‘यो पुस्तक बालबालिकाको सान बनेर आएको छ । बालबालिकाको आवाज अस्ताउ“दो सूर्य हुँदै गएको थियो । यो पुस्तकले अब बालआवाज उदाउ“दो सूर्य बनाइदिएको छ ।’
बालक्बल संजाल काठमाडौंकी सदस्य सोनी भट्टराइले पुस्तक पढेर आफूले अटिजमबारे थाहा पाएको प्रतिक्रिया दिइन् । स्नायु र नशाको विकासमा आउने समस्याले गर्दा आइपर्ने समस्या अटिजम हो । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हरेक एक सय जनसंख्यामा १ जना अटिजम छन् । यसलाई विश्व स्वास्थ्य संगठनले स्वास्थ्यमा भयंकर संकट भनेर घोषणा गरेको छ । ‘यस्तो भयंकर समस्याबारे हामीलाई थाहा रहेनछ,’ उनले भनिन्, ‘यो पुस्तकले अपांगतालाई हेर्ने हाम्रो दृष्टिकोण पनि बदलिदिन्छ ।’
जिल्ला बालक्लब संजालका अध्यक्ष रन्जन पौडेलले पुस्तकले बालबालिका र बालअभियन्ताले उठाएको आवाजमा होस्टेमा हैंसे गरेको प्रतिक्रिया दिए ।
पुस्तकका लेखक न्यौपानेले भोलिको लागि असल नागरिक कसरी बनाउने भनेर एउटा अभियानको रुपमा पुस्तकले लेखेको बताए । ‘भोलि कस्तो बनाउने भनेर योजना बनाउन आज बालबालिकाको बिचमा जानु पर्छ । आज बालबालिकाको सिकाइ राम्रो भयो भने मात्रै भोलिका नागरिक असल हुने हुन्,’ न्यौपानेले भने, ‘तर बालबालिका हेपिएका छन् । उनीहरुको आवाज सुनिंदैन । उनीहरुलाई केन्द्रमा राखिंदैन । उनीहरु के चाहन्छन भनेर बुझिंदैन । बालबालिकालाई महत्व दिइन्छ, माया गरिन्छ तर हेपिन्छ । बालबालिकालाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु जरुरी छ ।’
बालक्बल संजालका पूर्व अध्यक्ष संजीवन न्यौपानेले पुस्तक समाजका हरेक वर्गले पढ्नु पर्ने प्रतिक्रिया दिए । ‘बालबालिकाको मनोविज्ञान कसरी बुझ्ने ? मनोविज्ञान बुझेर अभिभावकले आफ्ना बालबच्चालाई कसरी हुर्काउने भनेर सुक्ष्म तरिकाले अध्ययन गरेर तयार पारिएको छ पुस्तक,’ न्यौपानेले भने, ‘यसले बालमैत्री ढंगले व्यवहार गर्न सिकाउछ । बालबालिकालाई समाज बुझ्न प्रेरित गर्छ ।’
Comments
अरु समाचार
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...
-
युवराज सफल पक्राउ, तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोप
काठमाडौं । तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा उनले...
-
ओखलढुंगामा वृद्ध दम्पतीको ह*त्या
काठमाडाैं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ स्थित एक घरमा मंगलबार बिहान करिब साढे ७ बजेतिर वृद्ध दम्पतीको हत्या भएको अवस्थामा शव...
-
आज पश्चिम र भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । आज देशका पश्चिम क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आज दिउँसो गण्डकी तथा...











