सपथग्रहणको पूर्व सन्ध्या यौनदुर्व्यवहारको मामिलामा यसरी फसे ट्रम्प

न्युयोर्क – अमेरिकाका नव निर्वाचित राष्ट्रपतिमाथि यौन दुर्व्यवहारको आरोप लगाउने ४१ वर्षीय एक पूर्व रियालिटी शोको सहभागी समर जर्वासले मानहानीको मुद्दा दर्ता गरेकी छिन् ।
जर्वासले सन् २००७ मा ट्रम्पले उनीमाथि दुर्व्यहार गरेका थिए । उनले ट्रम्पले आफ्नो व्यवहारलाइ लिएर देशसँग झुठो बोलिरहेको आरोप लगाएकी छिन् ।
पत्रकार सम्मेलन गर्दै जर्वासले मुद्दा दर्ता गर्ने घोषणा गरेकी हुन् । सम्मेलनमा बोल्दै उनले भनिन्, ‘ट्रम्प झुठो र महिलाबिरोधी हुन् । ट्रम्पले मेरो मानहानी गरेका छन् ।’
ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको रुपमा शपथ लिँदै छन् । उनले भनिन्, ‘ट्रम्पलाई मैले मेरो बारेमा भनिएको शब्दहरु फिर्ता लिन आग्रह गरेको थिएँ । तर, उनले अस्वीकार गरे । मसँग मुद्दा दर्ता गर्नुबाहेक अरु कुनै विकल्प रहेन । मेरो सत्यलाई पुष्टि गर्न मैले मुद्दा दायर गरेकी हुँ ।’
पत्रकारसम्मेलनमा उनीसँग उनको वकिल ग्लोरिया एलर्ड पनि थिइन् । एलर्ड डेमोक्रेटिक पार्टीकी सदस्य हुन् । राष्ट्रपतिको रेसमा ट्रम्पअघि बढेपछि धेरै महिलाहरुले उनीमाथि यौन दुर्व्यवहारको आरोप लगाएका थिए । जर्वास पनि त्यही महिलाहरुमध्ये एक हुन् ।
उनका अनुसार ट्रम्पसँग उनले वेवर्ली हिल्स होटलमा भेट्न पुगेकी थिइन् । त्यहाँ नै ट्रम्पले उनीमाथि यौनदुव्र्यवहार गरेका थिए । तर, आफू त्यहाँबाट बचेर भाग्न सफल भएको बताइन् ।उता ट्रम्पले भने यस्ता आरोपको खण्डन गर्दै जर्वासमाथि कारवाही अघि बढाउने बताएका थिए ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












