नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दै
वासिंगटन, ७ माघ ।अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । गत नोभेम्बर ८ मा भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई हराउँदै राष्ट्रपतिमा निर्वाचित भएका उनले औपचारिक रुपमा अमेरिकी बागडोर सम्हाल्न लागेका हुन् ।
राष्ट्रपति पदको निर्वाचनमा डेमोक्रेटिक पार्टीकी नेतृ हिलारी क्लिन्टनभन्दा ३० लाख कम मत पाएपनि इलेक्टोरल भोटका आधारमा राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले ५३८ मध्ये ३ सय ४ इलेक्टोरल भोट पाए भने हिलारीले २ सय २७ इलेक्टोरल भोट मात्रै पाएकी थिइन् ।
आफ्नो निर्वाचन अभियान सुरु भएदेखि नै नेटो, आप्रवासी, राष्ट्रसंघ, मुस्लिम समुदाय, चीन र रुसको बारेमा अमेरिकी मान्यताभन्दा फरक र विवादास्पद भनाई राख्दै आएका उनको कार्यकाललाई संसारभरीबाट चासोपूर्वक हेरिएको छ ।
उनले नेटोका सदस्य राष्ट्रको सुरक्षाको खर्च आफैंले बेहोर्नुपर्ने, राष्ट्र संघ पुरानो भइसकेको, अमेरिकाबाट आप्रवासीलाई हटाउने, मेक्सिकोसँग सीमामा पर्खाल लगाउने, रुससँग नयाँ प्रकारबाट सम्बन्ध बढाउने तथा चीनले मुद्राको क्रय मूल्यमा घटबढ गरेको लगायतका भनाई राख्दै आएका छन् । उनका विवादास्पद भनाईको अमेरिकाका सहयात्रीका रुपमा रहेका जर्मनी, बेलायत, फ्रान्सलगायतका देशले समेत आलोचना गर्दै आएका छन् ।
केहीदिन अघि उनले बेलायती र जर्मनको एक पत्रिकालाई दिएको अन्तर्वार्ताको दुवै देशका शीर्ष नेताहरुले चर्को आलोचना गरेका थिए । जसमा उनले बेलायतले ईयूबाट बाहिरिएर राम्रो काम गरेको र भविष्यमा अरु पनि निस्कने तथा जर्मन चान्सलर एन्जेला मर्केलले आप्रवासीलाई देश भित्र प्रवेश दिएर गल्ती गरेको बताएका थिए ।
निर्वाचनका बेला ‘मेक अमेरिका ग्रेट अगेन’ को नारा दिँएका ट्रम्पले अमेरिकी, अर्थतन्त्र, नेटोमा अमेरिकी भूमिका, छिमेकी देशसँगको सम्बन्धलाई कसरी कार्यान्वयन गर्छन् भन्ने विषयलाई चासो पूर्वक लिइदै आएको छ । अमेरिकाले नेटोको ७० प्रतिशत खर्च बेहोर्दै आएको छ भने राष्ट्रसंघमा पनि अमेरिका एक प्रमुख भिटो पावरसहितको राष्ट्र हो ।
ट्रम्प गैरराजनीतिक पृष्ठभूमीबाट अमेरिकाको राष्ट्रपति बन्ने डेभिड आईजन आवरपछि पहिलो व्यक्ति हुन् । उनी अमेरिकाका अर्बपति रियल स्टेट कारोबारी हुन् । ट्रम्पले यसअघि नै आफूले अमेरिकी राष्ट्रपतिको रुपमा आउने तलब सुविधा नलिने यसअघि नै घोषणा गरेका थिए ।
ट्रम्पको कोर टिममा को को हुनेछन् ?
अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा शपथ लिन लागेका ट्रम्पले आफ्नो कोर टिममा कट्टर समर्थक पारिवारभित्रैका व्यक्तिलाई नियुक्त गरेका छन् । अमेरिकाको विदेशमन्त्रीको रुपमा रेक्स टिलरसनले भूमिका निर्वाह गर्नेछन् ।
ट्रम्पले विदेशमन्त्रीमा नियुक्त गरेका टिलरसनसँग सरकार या सैनिक कुनै सेवामा काम गरेको अनुभव छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग लामो व्यापारिक सम्बन्ध रहेका उनको नियुक्तिले रुससँगको अमेरिकी सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको छ ।
ट्रम्प प्रशासनमा रक्षा मन्त्रीको जिम्मेवारी जेम्स मैटिसले सम्हाल्नेछन् । अमेरिकी सेनाका सेवानिवृत्त अधिकारी मैटिसले अफगानिस्तान, इराक र खाडी युद्धमा अमेरिकी सेनाको नेतृत्व सम्हालेका थिए । उनी पछिल्लो समयसम्म पनि सेन्ट्रल कमाण्ड चिफ रहेका उनी पछिल्ला ७ वर्षमा समेत सरकारी सेवामा नै रहेका कारण उनको नियुक्तिका लागि कानुन संशोधन गर्नुपर्नेछ । उनी आर्ईएस विरुद्धको अमेरिकी युद्धमा प्रमुख नीति निर्धारक हुने अनुमान गरिएको छ ।
यसैगरी ट्रम्प प्रशासनमा अर्बपति विल्भर रसले वाणिज्य मन्त्री, स्टिभन म्युचिनले वित्तमन्त्री, निक्की हेलीले संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतको भूमिका निर्वाह गर्नेछन् भने ट्रम्पका ज्वाई जेरेड कुशनेर मुख्य सल्लाहकार रहनेछन् । यसैगरी रिटायर्ड जनरल जोन केल गृहमन्त्री, सीआईएको निर्देशकमा माइक पोम्पेओ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल टि फ्लिन, चिफ अफ स्टाफ रेइन्स प्रिएबस र मुख्य रणनीतिकार स्टिफन क बेन्नोन रहनेछन् । ट्रम्पमाथि गैरराजनीतिक पृष्ठभूमिका व्यक्ति तथा आफन्त र नातागोता भर्तिकेन्द्र बनाएको आरोप लाग्दै आएको छ ।
विश्वभर आशा र आशंका
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको कार्यकाल सुरु हुन लागेसँगै संसारभर आशा र आशंका दुवै प्रकट भएका छन् । ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएदेखि नै रुससँगको सम्बन्धमा सुधार आउने आशा गरिएको छ । रुसले नै ट्रम्पलाई जिताउन डेमोक्रेटिक पार्टीका इमेल ह्याक गरेको तथा ट्रम्पले पटक पटक रुससँग मिलेर काम गर्न चाहेको भनाई सार्वजनिक भएपछि रुस र अमेरिकाबी आगामी दिनमा हुने सम्बन्ध हेर्न लायक हुनेछ । डेमाक्रेटिक पार्टीका नेता तथा धेरैजसो अमेरिकीहरुमा ट्रम्पको जितको पछि पुटिनको ठूलो हात रहेको विश्वास छ । केही समयअघि गुप्तचर निकायको प्रतिवेदनले पनि ट्रम्पलाई जिताउन पुटिन नै लागेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो । जसलाई ट्रम्प स्वयमले खण्डन गरेका थिए ।
ट्रम्पको कार्यकालमा अमेरिकासहितका पश्चिमा देशले लगाएको प्रतिबन्ध हट्ने अनुमान गरिएको छ । सन् २०१४ मा रुसले युक्रेनको क्रिमिया क्षेत्रलाई रुसमा मिलाएपछि प्रतिबन्ध लगाएका थिए । ट्रम्पको कार्यकालमा रुस हाबी हुने डेमोक्रेटिक पार्टीमा चिन्ता छ ।
यसैगरी मेक्सिकोको सीमामा पर्खाल लगाउने अभिव्यक्ति दिएका ट्रम्पको कार्यकाललाई मेक्सिकोले पनि सचेततापूर्वक हेरिरहेको छ । राष्ट्रपति निर्वाचन अघि पनि ट्रम्पले मेक्सिकोका राष्ट्रपति एनरिक पेना नेइटोसँग भेटवार्ता गरेका थिए ।
यता इजरायलले भने ट्रम्पको कार्यकालमा स्वास फेर्न पाउने आशा गरेको छ । इजरायलको प्रमुख सुरक्षाकवचको भूमिका खेल्दै आएको अमेरिकाका राष्ट्रपति बाराक ओबामाको कार्यकालको अन्तिम समयमा आएर प्यालेस्टाइनी क्षेत्र पूर्वी जेरुसेलम र पश्चिम किनाराबाट इजराइयली बस्ती हटाउने विषयमा भएको सुरक्षा परिषदको मतदानमा भिटो प्रयोग नगरेपछि ओबामा प्रशासनसँग इजरायल सशंकित बनेको थियो ।
सुरक्षा परिषदमा ट्रम्पलाई नै भनेर इजिप्टले प्रस्तुत गर्न लागेको सो प्रस्ताव फिर्ता लिन बाध्य बनाएपनि मलेसिया, भनेजुएला, सेनेगल र न्युजिल्यान्डले सो प्रस्ताव अघि बढाएपछि पारित भएको थियो ।
यसैगरी ट्रम्पको कार्यकालमा चीन, भारत, फिलिपिन्स, बेलायत, जर्मनीसँगको सम्बन्धबारे समेत अन्तर्राष्ट्रिय क्षेत्रमा चासो छ । केही दिनअघि मात्रै पनि जर्मन चान्सलर एन्जेला मर्केलले ट्रम्पको आप्रवासीबारेको भनाईलाई लिएर आलोचना गरेकी थिइन् ।
यस्तै ओबामा प्रशासनसँग फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको पनि सम्बन्ध विग्रिएको थियो । उनले सञ्चालन गरेको लागु औषध कारोबाही विरुद्धको कारणमा धेरैको हत्या भएको भन्दै ओबामा प्रशासनले प्रश्न उठाएपछि सम्बन्धमा दरार आएको हो । चार वर्षअघिसम्म अमेरिकाको साथमा रहँदै आएको फिलिपिन्स अहिले चीनको कित्तामा आइपुगेको छ ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











