नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दै
वासिंगटन, ७ माघ ।अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । गत नोभेम्बर ८ मा भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई हराउँदै राष्ट्रपतिमा निर्वाचित भएका उनले औपचारिक रुपमा अमेरिकी बागडोर सम्हाल्न लागेका हुन् ।
राष्ट्रपति पदको निर्वाचनमा डेमोक्रेटिक पार्टीकी नेतृ हिलारी क्लिन्टनभन्दा ३० लाख कम मत पाएपनि इलेक्टोरल भोटका आधारमा राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले ५३८ मध्ये ३ सय ४ इलेक्टोरल भोट पाए भने हिलारीले २ सय २७ इलेक्टोरल भोट मात्रै पाएकी थिइन् ।
आफ्नो निर्वाचन अभियान सुरु भएदेखि नै नेटो, आप्रवासी, राष्ट्रसंघ, मुस्लिम समुदाय, चीन र रुसको बारेमा अमेरिकी मान्यताभन्दा फरक र विवादास्पद भनाई राख्दै आएका उनको कार्यकाललाई संसारभरीबाट चासोपूर्वक हेरिएको छ ।
उनले नेटोका सदस्य राष्ट्रको सुरक्षाको खर्च आफैंले बेहोर्नुपर्ने, राष्ट्र संघ पुरानो भइसकेको, अमेरिकाबाट आप्रवासीलाई हटाउने, मेक्सिकोसँग सीमामा पर्खाल लगाउने, रुससँग नयाँ प्रकारबाट सम्बन्ध बढाउने तथा चीनले मुद्राको क्रय मूल्यमा घटबढ गरेको लगायतका भनाई राख्दै आएका छन् । उनका विवादास्पद भनाईको अमेरिकाका सहयात्रीका रुपमा रहेका जर्मनी, बेलायत, फ्रान्सलगायतका देशले समेत आलोचना गर्दै आएका छन् ।
केहीदिन अघि उनले बेलायती र जर्मनको एक पत्रिकालाई दिएको अन्तर्वार्ताको दुवै देशका शीर्ष नेताहरुले चर्को आलोचना गरेका थिए । जसमा उनले बेलायतले ईयूबाट बाहिरिएर राम्रो काम गरेको र भविष्यमा अरु पनि निस्कने तथा जर्मन चान्सलर एन्जेला मर्केलले आप्रवासीलाई देश भित्र प्रवेश दिएर गल्ती गरेको बताएका थिए ।
निर्वाचनका बेला ‘मेक अमेरिका ग्रेट अगेन’ को नारा दिँएका ट्रम्पले अमेरिकी, अर्थतन्त्र, नेटोमा अमेरिकी भूमिका, छिमेकी देशसँगको सम्बन्धलाई कसरी कार्यान्वयन गर्छन् भन्ने विषयलाई चासो पूर्वक लिइदै आएको छ । अमेरिकाले नेटोको ७० प्रतिशत खर्च बेहोर्दै आएको छ भने राष्ट्रसंघमा पनि अमेरिका एक प्रमुख भिटो पावरसहितको राष्ट्र हो ।
ट्रम्प गैरराजनीतिक पृष्ठभूमीबाट अमेरिकाको राष्ट्रपति बन्ने डेभिड आईजन आवरपछि पहिलो व्यक्ति हुन् । उनी अमेरिकाका अर्बपति रियल स्टेट कारोबारी हुन् । ट्रम्पले यसअघि नै आफूले अमेरिकी राष्ट्रपतिको रुपमा आउने तलब सुविधा नलिने यसअघि नै घोषणा गरेका थिए ।
ट्रम्पको कोर टिममा को को हुनेछन् ?
अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा शपथ लिन लागेका ट्रम्पले आफ्नो कोर टिममा कट्टर समर्थक पारिवारभित्रैका व्यक्तिलाई नियुक्त गरेका छन् । अमेरिकाको विदेशमन्त्रीको रुपमा रेक्स टिलरसनले भूमिका निर्वाह गर्नेछन् ।
ट्रम्पले विदेशमन्त्रीमा नियुक्त गरेका टिलरसनसँग सरकार या सैनिक कुनै सेवामा काम गरेको अनुभव छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग लामो व्यापारिक सम्बन्ध रहेका उनको नियुक्तिले रुससँगको अमेरिकी सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको छ ।
ट्रम्प प्रशासनमा रक्षा मन्त्रीको जिम्मेवारी जेम्स मैटिसले सम्हाल्नेछन् । अमेरिकी सेनाका सेवानिवृत्त अधिकारी मैटिसले अफगानिस्तान, इराक र खाडी युद्धमा अमेरिकी सेनाको नेतृत्व सम्हालेका थिए । उनी पछिल्लो समयसम्म पनि सेन्ट्रल कमाण्ड चिफ रहेका उनी पछिल्ला ७ वर्षमा समेत सरकारी सेवामा नै रहेका कारण उनको नियुक्तिका लागि कानुन संशोधन गर्नुपर्नेछ । उनी आर्ईएस विरुद्धको अमेरिकी युद्धमा प्रमुख नीति निर्धारक हुने अनुमान गरिएको छ ।
यसैगरी ट्रम्प प्रशासनमा अर्बपति विल्भर रसले वाणिज्य मन्त्री, स्टिभन म्युचिनले वित्तमन्त्री, निक्की हेलीले संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतको भूमिका निर्वाह गर्नेछन् भने ट्रम्पका ज्वाई जेरेड कुशनेर मुख्य सल्लाहकार रहनेछन् । यसैगरी रिटायर्ड जनरल जोन केल गृहमन्त्री, सीआईएको निर्देशकमा माइक पोम्पेओ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल टि फ्लिन, चिफ अफ स्टाफ रेइन्स प्रिएबस र मुख्य रणनीतिकार स्टिफन क बेन्नोन रहनेछन् । ट्रम्पमाथि गैरराजनीतिक पृष्ठभूमिका व्यक्ति तथा आफन्त र नातागोता भर्तिकेन्द्र बनाएको आरोप लाग्दै आएको छ ।
विश्वभर आशा र आशंका
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको कार्यकाल सुरु हुन लागेसँगै संसारभर आशा र आशंका दुवै प्रकट भएका छन् । ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएदेखि नै रुससँगको सम्बन्धमा सुधार आउने आशा गरिएको छ । रुसले नै ट्रम्पलाई जिताउन डेमोक्रेटिक पार्टीका इमेल ह्याक गरेको तथा ट्रम्पले पटक पटक रुससँग मिलेर काम गर्न चाहेको भनाई सार्वजनिक भएपछि रुस र अमेरिकाबी आगामी दिनमा हुने सम्बन्ध हेर्न लायक हुनेछ । डेमाक्रेटिक पार्टीका नेता तथा धेरैजसो अमेरिकीहरुमा ट्रम्पको जितको पछि पुटिनको ठूलो हात रहेको विश्वास छ । केही समयअघि गुप्तचर निकायको प्रतिवेदनले पनि ट्रम्पलाई जिताउन पुटिन नै लागेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो । जसलाई ट्रम्प स्वयमले खण्डन गरेका थिए ।
ट्रम्पको कार्यकालमा अमेरिकासहितका पश्चिमा देशले लगाएको प्रतिबन्ध हट्ने अनुमान गरिएको छ । सन् २०१४ मा रुसले युक्रेनको क्रिमिया क्षेत्रलाई रुसमा मिलाएपछि प्रतिबन्ध लगाएका थिए । ट्रम्पको कार्यकालमा रुस हाबी हुने डेमोक्रेटिक पार्टीमा चिन्ता छ ।
यसैगरी मेक्सिकोको सीमामा पर्खाल लगाउने अभिव्यक्ति दिएका ट्रम्पको कार्यकाललाई मेक्सिकोले पनि सचेततापूर्वक हेरिरहेको छ । राष्ट्रपति निर्वाचन अघि पनि ट्रम्पले मेक्सिकोका राष्ट्रपति एनरिक पेना नेइटोसँग भेटवार्ता गरेका थिए ।
यता इजरायलले भने ट्रम्पको कार्यकालमा स्वास फेर्न पाउने आशा गरेको छ । इजरायलको प्रमुख सुरक्षाकवचको भूमिका खेल्दै आएको अमेरिकाका राष्ट्रपति बाराक ओबामाको कार्यकालको अन्तिम समयमा आएर प्यालेस्टाइनी क्षेत्र पूर्वी जेरुसेलम र पश्चिम किनाराबाट इजराइयली बस्ती हटाउने विषयमा भएको सुरक्षा परिषदको मतदानमा भिटो प्रयोग नगरेपछि ओबामा प्रशासनसँग इजरायल सशंकित बनेको थियो ।
सुरक्षा परिषदमा ट्रम्पलाई नै भनेर इजिप्टले प्रस्तुत गर्न लागेको सो प्रस्ताव फिर्ता लिन बाध्य बनाएपनि मलेसिया, भनेजुएला, सेनेगल र न्युजिल्यान्डले सो प्रस्ताव अघि बढाएपछि पारित भएको थियो ।
यसैगरी ट्रम्पको कार्यकालमा चीन, भारत, फिलिपिन्स, बेलायत, जर्मनीसँगको सम्बन्धबारे समेत अन्तर्राष्ट्रिय क्षेत्रमा चासो छ । केही दिनअघि मात्रै पनि जर्मन चान्सलर एन्जेला मर्केलले ट्रम्पको आप्रवासीबारेको भनाईलाई लिएर आलोचना गरेकी थिइन् ।
यस्तै ओबामा प्रशासनसँग फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको पनि सम्बन्ध विग्रिएको थियो । उनले सञ्चालन गरेको लागु औषध कारोबाही विरुद्धको कारणमा धेरैको हत्या भएको भन्दै ओबामा प्रशासनले प्रश्न उठाएपछि सम्बन्धमा दरार आएको हो । चार वर्षअघिसम्म अमेरिकाको साथमा रहँदै आएको फिलिपिन्स अहिले चीनको कित्तामा आइपुगेको छ ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












