ह्वाइट हाउस छिर्नुअघि नै चर्चामा ट्रम्प पत्नी मेलानिया !

विश्वकै शक्ति राष्ट्र अमेरिकामा शुक्रबार नयाँ राष्ट्रपतिले सपथ लिदै छन् । आठ बर्षे कार्याकाल सकेर राष्ट्रपति बाराक ओबामा ह्वाइट हाउसबाट बाहिरिदै गर्दा डोनाल्ड ट्रम्प ४५ औ राष्ट्रपतिको रुपमा ह्वाइट हाउस प्रवेश गर्दैछन् । नोभेम्बर आठमा भएको चुनावको दसौँ हप्तापछि ट्रपले सपथ लिन लागेका हुन् । तर, विश्व समुदायमा चर्चा भने पहिलो महिला मेलानियाको भएको छ ।
७० बर्षीया अमेरिकन नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि जनवरी २० विषेश बन्दैछ । यही शुक्रबार अर्थात् जनवरी २० मा राष्ट्रपतिको रुपमा उनी ह्वाइट हाउस प्रवेश गर्दैछन् । तर, चर्चा यतिबेला प्रथम महिला मेलानिया त्यो दिन कुन रुपमा प्रस्तुत हुन्छिन् भन्ने बढी छ ।
सुरुदेखि नै स्टाइलिस्ट महिलाको रुपमा परिचित ४६ बर्षीया मेलानिया सबैको चासोको विषय बनेकी छिन् । ‘युएस विक्ली’ को अनुसार शुक्रबार कसरी प्रस्तुत हुने र कस्तो पहिरन लगाउने भन्ने विषयमा उनको पूरै टिम लागिपरेको छ ।
मेलानिया आफै फेसनमा निकै अगाडि भएको कारण आफू कसरी राम्री र बोल्ड देखिने भन्ने आइडीया भएकोले डिजाइनरलाई थप सजिलो हुन् उनको एउटा डिजाइनर निकोलले बताएकी छिन् ।
ह्वाइट हाउस गएपछी मेलानिया आफ्नो लागि आफैले ‘ग्ल्यामर’ डिजाइन गर्ने र पहिलाको ह्वाइट हाउसलाई नयाँ रुप दिने बताएकी छन् । युएस विक्लीको अनुसार, मेलानिया उत्कृष्ट लाइट मिलेको डिजाइन मन पराउँछिन् । कसरी आकर्षक देखिने कस्ता पहिरन र मेकअपका प्रयोग गर्ने भन्ने विषयमा दैनिक एक घन्टा पन्ध्र मिनेट अभ्यास गर्ने गरेको डिजाइनरहरुले बताएका छन् ।
मेलानियाका लागि ८३ बर्षीय कार्ल लगेरफेल्ड र ७७ बर्षीया राल्फ लरेनले डिजाइन गर्ने भएकाछन् । उनीहरुलाई मेलानियाको छानोट गरेकी हुन् । उनीहरुको डिजाइनले आफ्नो मन चोरेको उनको भनाइ छ ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












