स्ववियु चुनावका लागि विद्यार्थी ताते, त्रिवि सुस्त
काठमाडौं, ९ माघ । त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनाव घोषणा गरेसंँगै विद्यार्थी संगठनहरू चुनाव आफ्नो पक्षमा पार्न कस्सिएका छन्। तीन ठूला विद्यार्थी संगठन चुनावको रणनीतिसहित काममा जुट्न थाले पनि त्रिवि भने प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिको प्रतिक्रिया पर्खेर बसेको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
त्रिविले १४ फागुनमा स्ववियु चुनाव गर्ने घोषणा गरेको छ। अब एक महिनाभन्दा केही दिन बढी रहँदासम्म उसले चुनावसम्बन्धी कार्यतालिका सार्वजनिक गर्न सकेको छैन। त्रिविले कार्यतालिका सार्वजनिक नगरेको भन्दै विद्यार्थी संगठनका पदाधिकारीले आलोचना गर्न थालेका छन्।
त्रिविले स्ववियु चुनावका लागि शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीको अध्यक्षतामा केन्द्रीय निर्वाचन कमिटी गठन गरिसकेको छ।
स्ववियु चुनावका लागि त्रिविसमेत सक्रिय भएको उनको भनाइ छ। उनले स्ववियु चुनावको मितिको अनुमोदन र कार्यतालिकाका विषयमा प्रधानमन्त्री, गृहमन्त्रीलगायतसँग छलफल गरी सार्वजनिक गर्ने बताइन्।
‘हामीले कार्यतालिका पनि तयार पारेका छौँ,’ उनले भनिन्, ‘चुनावको विषयमा प्रधानमन्त्रीसँग पनि छलफल गर्यौँ, उहाँले अरू दलका शीर्ष नेतासँग छलफल गर्ने भनेकाले पर्खेका हौँ।’ चुनावका लागि सुरक्षालगायतको विषयमा गृहमन्त्रीसँग छलफल गरी त्रिविले कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ।
त्रिविमा ०६५ यता स्ववियु चुनाव हुन सकेको छैन। लामो समयसम्म समय थप्दै काम गर्ने जिम्मा पुरानो कमिटीलाई दिएपछि सर्वोच्च अदालतले कुनै पनि काम गर्न नदिन त्रिविलाई आदेश दिएको थियो। अहिले त्रिवि स्ववियुविहीन भएको छ। त्रिविमा पहिलोपटक मिश्रित प्रणालीमा चुनाव हुँदै छ। स्ववियुमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्यमा प्रत्यक्ष चुनाव गर्ने तथा उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्यमा समानुपातिक प्रणालीमा चुनाव हुने प्रस्ताव यसअघि नै पारित भएको छ।
यस्तो छ ठूला तीन संगठनको तयारी
अनेरास्ववियु
नवीना लामा, अध्यक्ष, अनेरास्ववियु
- स्ववियु चुनावको तयारीका लागि उपाध्यक्ष महेश बर्तौलालाई जिम्मेवारी दिएका छौँ। आन्तरिक रूपमा गृहकार्य गर्दै छौँ।
- १३ माघमा बसेको विस्तारित बैठकले निर्वाचनसम्बन्धी रणनीति बनाएको छ।
- चुनावको तयारीका लागि सबै कमिटीलाई बैठक राख्न निर्देशन दिइएको छ, विद्यार्थीको स्वागत कार्यक्रम गर्दै छौँ।
- केन्द्रमा ठूलो भेला गर्ने तयारी गरेका छौँ।
- प्रचारप्रसारका लागि रत्नराज्य क्याम्पस तोकेका छौँं।
नेपाल विद्यार्थी संघ
नैनसिंह महर, अध्यक्ष, नेविसंघ
- स्ववियु निर्वाचनका लागि अध्यक्षको अध्यक्षतामा सात हजार एक मूल तयारी समिति गठन गरिएको छ।
- ६० वटा आंगिक क्याम्पसमा पठाउने गरी नेताको सूची तयार गर्दै छौँ।
- स्ववियु चुनावको घोषणापत्र तयार गर्दै छौँ।
- प्रचारप्रसारका लागि पार्टी र जिल्ला नेविसंघको नेतृत्वसँग समन्वय गर्दै काम भइरहेको छ।
अनेरास्ववियु क्रान्तिकारी
नरेन्द्र न्यौपाने, अध्यक्ष,
अनेरास्ववियु क्रान्तिकारी
- पदाधिकारीलाई क्याम्पसकेन्द्रित कार्यविभाजन गरेका छौँ।
- स्ववियुकेन्द्रित रणनीति बनाउन सातवटै प्रदेशस्तरीय कार्यशाला सम्पन्न गरेका छौँ।
- क्याम्समा जाडो बिदाभरि संगठनको आन्तरिक काम हुँदै छन्। खुलेपछि क्याम्पसकेन्द्रित हुने रणनीति छ।
- घोषणापत्र तयार भएको छ, केही दिनमै सार्वजनिक गर्छौँ।
- १ फागुनमा सभापतिका उम्मेदवार सार्वजनिक गर्छौँ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











