स्ववियु चुनावका लागि विद्यार्थी ताते, त्रिवि सुस्त
काठमाडौं, ९ माघ । त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनाव घोषणा गरेसंँगै विद्यार्थी संगठनहरू चुनाव आफ्नो पक्षमा पार्न कस्सिएका छन्। तीन ठूला विद्यार्थी संगठन चुनावको रणनीतिसहित काममा जुट्न थाले पनि त्रिवि भने प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिको प्रतिक्रिया पर्खेर बसेको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
त्रिविले १४ फागुनमा स्ववियु चुनाव गर्ने घोषणा गरेको छ। अब एक महिनाभन्दा केही दिन बढी रहँदासम्म उसले चुनावसम्बन्धी कार्यतालिका सार्वजनिक गर्न सकेको छैन। त्रिविले कार्यतालिका सार्वजनिक नगरेको भन्दै विद्यार्थी संगठनका पदाधिकारीले आलोचना गर्न थालेका छन्।
त्रिविले स्ववियु चुनावका लागि शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीको अध्यक्षतामा केन्द्रीय निर्वाचन कमिटी गठन गरिसकेको छ।
स्ववियु चुनावका लागि त्रिविसमेत सक्रिय भएको उनको भनाइ छ। उनले स्ववियु चुनावको मितिको अनुमोदन र कार्यतालिकाका विषयमा प्रधानमन्त्री, गृहमन्त्रीलगायतसँग छलफल गरी सार्वजनिक गर्ने बताइन्।
‘हामीले कार्यतालिका पनि तयार पारेका छौँ,’ उनले भनिन्, ‘चुनावको विषयमा प्रधानमन्त्रीसँग पनि छलफल गर्यौँ, उहाँले अरू दलका शीर्ष नेतासँग छलफल गर्ने भनेकाले पर्खेका हौँ।’ चुनावका लागि सुरक्षालगायतको विषयमा गृहमन्त्रीसँग छलफल गरी त्रिविले कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ।
त्रिविमा ०६५ यता स्ववियु चुनाव हुन सकेको छैन। लामो समयसम्म समय थप्दै काम गर्ने जिम्मा पुरानो कमिटीलाई दिएपछि सर्वोच्च अदालतले कुनै पनि काम गर्न नदिन त्रिविलाई आदेश दिएको थियो। अहिले त्रिवि स्ववियुविहीन भएको छ। त्रिविमा पहिलोपटक मिश्रित प्रणालीमा चुनाव हुँदै छ। स्ववियुमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्यमा प्रत्यक्ष चुनाव गर्ने तथा उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्यमा समानुपातिक प्रणालीमा चुनाव हुने प्रस्ताव यसअघि नै पारित भएको छ।
यस्तो छ ठूला तीन संगठनको तयारी
अनेरास्ववियु
नवीना लामा, अध्यक्ष, अनेरास्ववियु
- स्ववियु चुनावको तयारीका लागि उपाध्यक्ष महेश बर्तौलालाई जिम्मेवारी दिएका छौँ। आन्तरिक रूपमा गृहकार्य गर्दै छौँ।
- १३ माघमा बसेको विस्तारित बैठकले निर्वाचनसम्बन्धी रणनीति बनाएको छ।
- चुनावको तयारीका लागि सबै कमिटीलाई बैठक राख्न निर्देशन दिइएको छ, विद्यार्थीको स्वागत कार्यक्रम गर्दै छौँ।
- केन्द्रमा ठूलो भेला गर्ने तयारी गरेका छौँ।
- प्रचारप्रसारका लागि रत्नराज्य क्याम्पस तोकेका छौँं।
नेपाल विद्यार्थी संघ
नैनसिंह महर, अध्यक्ष, नेविसंघ
- स्ववियु निर्वाचनका लागि अध्यक्षको अध्यक्षतामा सात हजार एक मूल तयारी समिति गठन गरिएको छ।
- ६० वटा आंगिक क्याम्पसमा पठाउने गरी नेताको सूची तयार गर्दै छौँ।
- स्ववियु चुनावको घोषणापत्र तयार गर्दै छौँ।
- प्रचारप्रसारका लागि पार्टी र जिल्ला नेविसंघको नेतृत्वसँग समन्वय गर्दै काम भइरहेको छ।
अनेरास्ववियु क्रान्तिकारी
नरेन्द्र न्यौपाने, अध्यक्ष,
अनेरास्ववियु क्रान्तिकारी
- पदाधिकारीलाई क्याम्पसकेन्द्रित कार्यविभाजन गरेका छौँ।
- स्ववियुकेन्द्रित रणनीति बनाउन सातवटै प्रदेशस्तरीय कार्यशाला सम्पन्न गरेका छौँ।
- क्याम्समा जाडो बिदाभरि संगठनको आन्तरिक काम हुँदै छन्। खुलेपछि क्याम्पसकेन्द्रित हुने रणनीति छ।
- घोषणापत्र तयार भएको छ, केही दिनमै सार्वजनिक गर्छौँ।
- १ फागुनमा सभापतिका उम्मेदवार सार्वजनिक गर्छौँ।
Comments
अरु समाचार
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...












