शङ्खरापुरवासीको भावनालाई सम्बोधन गरिन्छः मन्त्री पाण्डे
काठमाडौँ, २८ माघ । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमा देखिएको असन्तुष्टिलाई सरकाले समेटेर लैजाने बताउनुभएको छ ।
स्थानीय तह पुनःसंरचना गर्दा शङ्खरापुर नगरपालिकालाई छुट्टै स्थानीय तह बनाउनुपर्ने मागसहित शङ्खरापुर नागरिक समाजले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले भन्नुभयो – आफ्नो संयोजकत्वमा गठन भएको समितिले शङ्खरापुरवासीको असन्तुष्टि हल गर्न अध्ययन गरी सुझावसहित मन्त्रिपरिषद्मा पेस गर्ने जानकारी दिनुभयो ।
मन्त्री पाण्डेले स्थानीय तह पुनःसंरचनाको काम अत्यन्त जटिल भएको बताउँदै शङ्खरापुरवासीलाई कुनै पनि विरोधका कार्यक्रम नगर्न अनुरोध गर्नुभयो ।
ज्ञापनपत्र बुझाउँदै शङ्खरापुर नागरिक समाजका संयोजक रुपेशलाल श्रेष्ठले ऐतिहासिक एवम् पहिचानयुक्त शङ्खरापुरलाई अन्य कुनै नगरपालिकामा समायोजन गर्न नपाइने बताउनुभयो ।
ज्ञापनपत्रमा करिब तीन हजार ३०० वर्ष अघि राजा शङ्खदेवले माता बज्रयोगिनीका निर्देशनमा सात गाउँ मिलाएर हजार घर, त्यसमा चाहिने बगौँचा, खुल्ला क्षेत्र, चोक, नदी, मन्दिर, इनार, धारा, पोखरी आदी राखी दाहिने शङ्ख आकारमा निर्माण गरिएको यस ऐतिहासिक एवम् पौराणिक शङ्खरापुर क्षेत्रलाई छुट्टै स्थानीय तह बनाउन माग गरिएको छ ।
शङ्खरापुरलाई छुट्टै स्थानीय तह बनाउन नगरपालिकाको सर्वदलीय संयन्त्रबाट सर्वसम्मतिले पास गरी जिल्ला प्राविधिक समितिलाई सिफारिस गरिएपनि आयोगले यसलाई कागेश्वरी मनहरा नगरपालिकामा समाजोजन गरेको भन्दै शङ्खरापुरवासीले विरोध गर्दै आएका छन् । रासस
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











