स्ववियु निर्वाचन फागुन १४ मै गर्न तीन दल सहमत
काठमाडौं, ४ फागुन । स्ववियु निर्वाचन फागुन १४ मै गर्न मुख्य दलहरु सहमत भएका छन् । काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश क्याम्पसमा बिभिन्न माग राखी विद्यार्थीहरु आन्दोलनमा रहेका समय आवश्यक वातावरण निर्माण गरी निर्वाचन आगामी फागुन १४ गते नै गर्न मुख्य दलहरु एकमत भएका हुन् ।
कांग्रेस निकट नेविसंघले २८ बर्षे उमेर हदबन्दी खारेजीको माग गर्दै उपत्यकाका अधिकांश क्याम्पसमा तालाबन्दी गरेको छ भने नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओवादीसमर्थित विद्यार्थीहरुले निर्वाचनको मिति सार्नु पर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् ।
वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान भएको प्रमुख तीन दलको बैठकमा क्याम्पसमा लगाएको ताला तत्काल खोल्ने सहमति भएको बैठकमा सहभागी उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले न्युज–नेपाललाई जानकारी दिनुभयो ।
प्रमुख तीन दलका बिद्यार्थी संगठनका अध्यक्ष, त्रिभुवन विश्वबिद्यालयका उपकुलपति, रजिष्टार समेतलाई बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहालले आवश्यक सुरक्षा ब्यवस्था मिलाइदिने आश्वासन दिदै निर्वाचनको वातावरण बनाउन सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको थियो ।
सुरक्षा ब्यवस्था तथा क्याम्पसहरुमा जारी आन्दोलनबारे गृहमन्त्री निधिले आजै उपत्यकामा रहेका क्याम्पसका प्रमुख, केन्द्रीय निर्वाचन समितिका पदाधिकारी, आन्दोलनरत संगठनका प्रतिनिधिसँगै छलफलको तयारी गर्नुभएको उहाँका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












