निर्वाचन सफल बनाउन सबै लाग्नुपर्छ : नेता रायमाझी
पाल्पा, ५ फागुन । नेकपा (माओबादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले स्थानीय निकायको निर्वाचन सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभएको छ । उहाँले स्थानीय निकायमा माओवादीले अग्रणी स्थान लिने बताउनुभएको छ ।
नेता रायमाझीले नेपालको बहुसङ्ख्यक विकास निर्माणका काम माओवादीले गरेको औँल्याउनुभयो । उहाँले माओवादी पार्टीको अगुवाइमा गरिएका कामका प्रचारप्रसार हुन नसकेको पनि बताउनुभयो ।
जिल्ला तहका नेता तथा कार्यकर्तालाई माओवादी पार्टीले गरेका कामको प्रचारप्रसार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । नेकपा (माओवादी केन्द्र) तानसेन नगरपालिकाको प्रथम सम्मेलनको उद्घाटन गर्दै माओवादीले गरेको सकारात्मक कामको व्यापक प्रचारप्रसार गर्न नसक्नु कमजोरी भएको बताउनुभयो ।
उहाँले सीमाङ्कन र नामाङ्कन छिटो टुङ्ग्याएर देशलाई निकास दिनुपर्ने बताउनुभयो । सम्मेलनमा नेकपा (माओबादी केन्द्र)का पोलिटब्यूरो सदस्य वसन्त घर्तिमगर, वसन्त शर्मा (कुशल)ले स्थानीय निकायको निर्वाचन सफल बनाई जित सुनिश्चित गर्न सबै कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












