जनतालाई राज्यसँग जोड्न संघीयता ल्यायौ : पूर्व गृहमन्त्री वस्नेत
सुर्खेत ९ फागुन । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले संघीयताले जनतालाई प्रत्यक्ष रुपमा राज्यसंग जोड्ने भएकोले संघीयता ल्याइएको बताएका छन् ।
संघीयताको मुद्दा माओवादीको ल्याएको भन्दै उनले संघीयताले जनतालाई घरदैलो मै राज्यको अनुभूति गराउने बताए ।
माओवादीको मुद्दा भएकोले केहीले संंघीयतालाई गलत प्रचार गरेको तर्फ संकेत गर्दै पूर्व गृहमन्त्री बस्नेतले संघीयता जनतालाई अधिकार सम्पन्न बनाउन र समृद्धिको मेरुदण्ड भएको बताए ।
‘‘संघीयता माओवादीको एजेण्डा हो, यसको कतै गलत प्रचार गरिएकोछ,’ उनले भने–‘हामीले ल्याएको संघीयताले जनतालाई राज्यसंघ जोड्छ, जनतालाई नजिकबाट राज्यको अनुभूति गराउँछ, यसका लागि संघीयतालाई कार्यान्वयन गर्ने हो ।’’
वीरेन्द्रनगरमा भएको प्रथम नगरसम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उनले अहिले संघीयता कार्यान्वयन भइहाले आफूहरुलाई समस्या पर्ने भएकोले केही राजनीतिक दलहरुले संंघीयताको गलत प्रचार गरेर कार्यान्वयनमा बाधा गर्न खोजेको बताए ।
माओवादी केन्द्र प्रदेश नं. ६ का इन्चार्ज समेत रहेका बस्नेतले एकतापछि माओवादी केन्द्र जुर्मुराइसकेको भन्दै माओवादी केन्द्रलाई स्थानीय तहको निर्वाचनमा जान डराउनुपर्ने अवस्था नरहेको बताए ।
उनले सरकारले तत्कालै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने समेत संकेत गरेकाछन् । मधेसी मोर्चाले संविधान संशोधन गरेर मात्रै चुनावको मिति घोषणा गर्ने तर्क गरेको प्रशंगमा उनले संशोधन गरेर मात्रै निर्वाचनको मिति घोषणा गर्नुपर्छ भन्ने तर्क उपयुक्त नभएको बताए ।
कार्यक्रममा प्रदेश नं. ६ का संयोजक मायाप्रसाद शर्माले माओवादी जनताको बफादार सिपाही भएको भन्दै जनबिरोधी दलहरुलाई पाखा लगाउनुपर्ने बताए । शर्माले एमालेले हरेक कुरालाई अतिरञ्जित गरेर भ्रम फैलाउने गरेको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले त्यसलाई रोक्न सक्नुपर्ने बताए ।
यस्तै काँग्रेसले पैसा बाँडेर जनतालाई प्रभावित बनाएर चुनाव जित्ने गरेका तथ्यहरु भएको भन्दै अब यी दुवै राजनीतिक दलहरुका गलत क्रियाकलापलाई रोकेर माओवादी केन्द्र पहिलो हुने बताए । ‘‘एमालेले ढाँटेर जित्छ, काँग्रेसले पैसा बाँडेर चुनाव जित्छ,’ उनले भने–‘माओवादी केन्द्रले यस्तो केही गर्नुपर्दछ, कहिल्यै गर्नुपनि हुन्न, सत्य कुरा जनतासामु लिएर जनतामा जागरण ल्याए हुन्छ ।’’
कार्यक्रममा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री सत्य पहाडिले माओवादीले ल्याएका एजेण्डाहरु स्थापित हुदै गएकोले एमाले, काँग्रेसले जनताका एजेण्डालाई रोक्ने प्रयास गरेको बताइन । संघीयता, समावेशी, समानुपातिक लगायत माओवादीका एजेण्डा भएको भन्दै उनले यसलाई नै अन्य दलले कार्यान्वयन गर्न नदिने खेलमा लागेको बताइन ।
कार्यक्रममा माओवादी केन्द्रका पोलिष्व्यूरो सदस्यहरु, राष्ट्रि सम्मेलन आयोजक समिति सदस्यहरु र सुर्खेत जिल्ला पार्टी नेतृत्व, विभिन्न जनवर्गिय संगठनका अध्यक्ष तथा प्रतिनिधीहरु र पार्टीका नगरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यो पहिलो नगर सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ ।
यही फागुन २१ र २२ गते जिल्ला अधिवेशन हुने भएकोले माओवादी केन्द्रले वडा, गाउँ र नगर सम्मेलनहरु गरिरहेको छ । यस अघि करिब सबै वडाहरु र भेरीगंगाा नगरपालिका, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाको सम्मेलनले नयाँ नेतृत्व चयन गरिसकेको छ ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












