मधेशी मोर्चाले गर्यो आन्दोलतको घोषणा
काठमाडौं । सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेलगत्तै मधेशी मोर्चाले आन्दोलन गर्ने भएको छ । आगामी बैशाख ३१ गतेको लागि चुनावको मिति घोषणा भएपछि असन्तुष्ट मधेसी मोर्चाले आन्दोलनको घोषणा गरेको हो ।
मधेसी मोर्चाका ७ नेताको हस्ताक्षर रहेको विज्ञप्तिमा फाल्गुण १० गते मधेशका हाट बजार र जिल्ला सदरमुकामहरुमा मसाल जुलुस निकाल्ने, फागुन ११ गते मधेश बन्द गर्ने र फागुन १२ देखि १५ दिन सम्म गाँउ, नगर तथा सदरमुकाममा चुनाव विरोधी कार्यक्रम गर्ने बिज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिको पूर्ण पाठ
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनसँग २०७३ श्रावण १९ गते नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच सम्पन्न ३ बुँदे सम्झौता विपरीत, मोर्चाद्वारा सरकारलाइ बारम्बार गर्दै आएको आग्रहलाई बेबास्ता गर्दै तथा नेपालको संविधान २०७२ लाई सर्वस्वीकार्य हुन नदिने मनसायका साथ मन्त्री परिषदबाट स्थानीय निर्वाचनको मिति तोक्ने कार्य नेपाली जनताका लागि दुर्भाग्यपूर्ण हो । संविधानको धारा ५६ (५) विपरीत तथा संविधानको निर्दिष्ट सिद्धान्त, विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रहरुको संख्या र सीमा निर्धारण नै नगरी अवैज्ञानिक, अधुरो र अपुरो प्रतिवेदनको आधारमा घोषणा गरिएको यो स्थानीय निर्वाचन कदापि मान्य हुन सक्दैन । त्यसरी नै मोर्चा साथ गरिएको ३ बुँदे सम्झौतामा उल्लेख भए बमोजिम मधेश र थरुहट आन्दोलनको क्रममा आन्दोलनकारीहरुमाथि लगाइएका झुठा मुद्दा फिर्ता, आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरु मध्ये बाँकी रहेकाहरुलाई शहिद घोषणा लगायत सरकार आपैmद्वारा मंसिर १४ गते व्यवस्थापिका संसदमा दर्ता गराईएको संविधान संशोधन विधेयकलाई टुङ्गो नलगाई प्रस्तावित गरिएको स्थानीय निर्वाचनले यो संविधानलाई सर्वस्वीकार्य त बनाउँदैन नै, यसले देशमा झन द्वन्द र मुठभेड मात्र निम्त्याउँछ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा संसदमा दर्ता गराइएको यो संविधान संशोधन विधयेकलाई परिमार्जन सहित पारित नहुन्जेल हुने कुनै पनि निर्वाचनमा सहभागी त हुदैन हुदैन मधेशमा त्यस्ता निर्वाचन हुन पनि दिँदैन । अतः संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सरकारद्वारा संसदमा दर्ता गराईएको संविधान संशोधन विधेयकलाई आपसी सहमतिको आधारमा परिमार्जन सहित पारित नभए सम्म आन्दोलन गर्न हामी बाध्य छौँ । यसै आधारमा निम्न कार्यक्रमहरुको घोषणा गरिएको छ ।
आन्दोलनका कार्यक्रमहरुः
१। २०७३ फाल्गुण १० गते मधेशका हाट बजार र जिल्ला सदरमुकामहरुमा मसाल जुलुस ।
२। २०७३ फाल्गुण ११ गते मधेश बन्द ।
३। २०७३ फाल्गुण १२ देखी १५ दिन सम्म गाँउ, नगर तथा सदरमुकाममा भण्डाफोर ।
आन्दोलनका थप कार्यक्रमहरु पछि पुनः सार्वजनिक गरिदैं जानेछ ।
महन्थ ठाकुर
राजेन्द्र महतो
महेन्द्र यादव
राज किशोर यादव
राजेन्द्र श्रेष्ठ
शेखर सिंह
सुनिल रोहित
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











