डिन्का र निउरबीचको जातीय द्वन्द्वले दक्षिण सुडान अस्तव्यस्त
सुडान (जुबा), १९ फागुन ।दक्षिण सुडानको डिन्का र निउरका जनताबीच भएको जातीय द्वन्द्वका कारण यहाँका ग्रामीण जनता गरिबी अशिक्षा र भोकमरीले आक्रान्त छन् ।
यहाँका डिन्का र निउर जातिभित्र पनि विभिन्न उपजातिको समूह छ तर ती उपसमूहबीचमा समेत कहालीलाग्दो द्वन्द्व छ ।
सामान्यत खाइलाग्दा एवम् सुकिला, मानिस हेर्न सुडानको राजधानी जुबा आउनुपर्छ ।
“बलियाले निर्दोलाई हेप्ने र निर्दो व्यक्तिलाई थिचोमिचो गर्ने परिपाटी यहाँ पाइन्छ । मानवीयता, प्रजातन्त्र र मानवअधिकारको रक्षा भएको अनुभूति यहाँ पाइँदैन ।” नाइजेरियाका शैन्य समन्वय अधिकृत (कर्णेल) इशा मैनाले भन्नुभयो ।
झन्डै ६० जातिबीच कहालीलाग्दो द्वन्द्वमा अर्का जाति सिलुक र एजेन्डे आफ्नो अस्तित्व जोगाउन सकी नसकी युद्धको मोर्चामा सामेल भएको देखिन्छ । जातीय द्वन्द्वमा मुछिएका सबै वर्ग र समुदायबीच एकले अर्काको अस्तित्वलाई स्वीकार्नुभन्दा लत्याउनुलाई बहादुरी संझिनाले जातीय द्वन्द्वले सीमा नाघेको आभास हुन्छ ।
पहिले छुट्टै राज्य प्राप्तिका लागि डिन्का, निउर र अन्य जाति लगभग एकजुट भई सीमा नाकाका लागि अहिलेको सुडानसँग लडे । पछि ८ जुलाई २०११ मा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को पहलमा भएको जनमत संग्रहले छुट्टै राष्ट्रको मान्यता दिएपश्चात् जातीय युद्ध धार्मिक युद्धमा रुपान्तरण भयो ।
यहाँको कुल जनसङ्ख्या झन्डै एक करोड २० लाख पुगेकोे अनुमान छ । दक्षिण सुडान छुट्टै राष्ट्र भएपछि यहाँ राष्ट्रिय जनगणना समेत हुन सकेको छैन । सैनिक जनसम्पर्क निर्देशनालय, नेपालले दिएको जानकारीअनुसार त्यहाँ ४६ प्रतिशत क्रिश्चियन, ३२ प्रतिशत मुस्लिम र अन्य २२ प्रतिशत धार्मिक समुदाय छन् ।
झन्डै नेपालभन्दा चार गुणा ठूलो गणतान्त्रिक दक्षिण सुडान (आरएसएस)को कुल क्षेत्रफल छ लाख ४४ हजार ३२९ वर्ग किलोमिटर छ । पूर्वमा इथियोपिया, पश्चिममा गणतान्त्रिक अफ्रिका उत्तरमा सुडान र दक्षिणमा कङ्गो, युगान्डा तथा केन्या देश पर्छन् ।
दक्षिण सुडान लगभग दुई वर्ष धार्मिक युद्धले जर्जर भयो । अन्ततः सन् २०१३ देखि सुडानी जनता जातीयताको लडाइँमा लागिरहेका छन् । वर्तमान राष्ट्रपति सालबाके र अपदस्थ उपराष्ट्रपति रिग्माचारका लडाकु दस्ताबीच कटाक्ष युद्ध भइरहेको छ ।
राष्ट्रपति सालबाकेको सेना साउथ सुडनिज पिपुल्स लिवरेसन आर्मी (एसपिएलए) र रिग्माचारको सेना सुडनिज पिपुल लिवरेसन आर्मी इन अपोजिसन (एसपिएलए–आइओ) बीचको लडाइँमा हालसम्म एक लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने १० लाखभन्दा बढी अशक्त र अपाङ्ग भई बाँच्न बाध्य छन् ।
एसपिएलए राज्यको सेना हो । राज्यबाट नियन्त्रित यो सेनाले भनेको समयमा पारिश्रमिक पाउँदैन । राष्ट्रपतिको सुरक्षाका लागि उनीहरु बफादार देखिए पनि जनताप्रति भने अलोकप्रिय देखिन्छ । जसकाकारण एसपिएलएका सेनालाई सडकमा देख्नासाथ स्थानीय जनता तितरवितर हुन्छन् ।
रिग्माचारको सेना सुडनिज पिपुल लिवरेसन आर्मी इन अपोजिसन (एसपिएलए–आइओ) का केही लडाकु र स्वतन्त्र जनता संयुक्त राष्ट्रसङ्घको शरणमा शरणार्थी क्याम्पमा रहेका छन् भने उवा, बोर र मालाकालमा गरी झन्डै दुई लाख २३ हजार सर्वसाधारण शरणार्थीको जीवन बिताउन बाध्य छन् ।
गाउँको अवस्था दयनीय छ । गाउँमा केटाकेटी र उमेरले डेक चल्न नसक्ने बूढाबूढी मात्र देखिन्छन् । केटाकेटीका बाबुआमा प्रायः गोठाला गएका हुन्छन् । कोही रातिको खानाको खोजीमा खोलामा माछा मार्न र जङ्गलमा तरुल र अन्य खाद्यवस्तुको खोजीमा लागेको देखिन्छ ।
अधिकांश सुडानी जनता एकछाक मात्र खाना खान्छन् । त्यो उनीहरुको बाध्यता हो । जमिन उर्वर छ । खेतीपाती गरिन्न । यहाँ खेतीपाती गर्नेको नगर्नेले लुट्ने चलन छ । चोरी गर्नु अपराध मानिन्छ तर लुट्नु र मार्नुलाई बहादुरी मान्ने चलन छ ।
सुडानी जनताको घरमा एक गेडा अन्न देखिएन । ‘पहिले पहिले खेती गर्दा अन्न हुन्थ्यो । तर लुट्ने क्रम ज्यादा भएपछि यहाँ खेती गर्न छाडिएको हो” – स्थानीय जोन बिदालले भने ।
जोन बिदाल राजधानी जुबा नजिक रहेको गाउँमा बस्छन् । उनको गाउँको नाम इस्टर्न गेट हो । उनको गाउँमा विद्यालय, स्वास्थ चौकी, प्रहरी विट, जनप्रतिनिधिमूलक कुनै निकाय छैन । असुरक्षाबीच मुस्किलले प्राण धान्न विवश त्यहाँका जनतालाई शान्ति सेनामा खटिएका नेपाली सेनाको पशुपति गणले पानीको व्यवस्था गरेको छ ।
साउथ सुडान अफ्रिकी महादेशमा पर्छ । नेपालबाट हवाई मार्ग हुँदै झन्डै ६ हजार ३५५ किमी टाढा रहेको यो मुलुकलाई संयुक्त राष्ट्रसङ्घले विश्वको सबैभन्दा कान्छो मुलुकका रुपमा मान्यता दिएको छ । रासस (तस्बिर उपलब्ध छ)
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











