मधेशमा मोर्चा र प्रहरीबीच भिडन्त, ११ जना पक्राउ
मधेसी मोर्चाका स्थानीय नेता गजेन्द्र मण्डलका अनुसार सप्तरीको रुपनीबाट पाँच जना, कञ्चपुरबाट पाँच जना र भारदहबाट तीन जना मोर्चाको कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत विभिन्न ठाउँमा यातायात बन्द गराउने र सडकमा प्रदर्शन गरेको कारणले पक्राउ गरिएको बताएको छ ।
एमालेले अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा आज गर्न लागिएको आमसभालाई बिथोल्नका लागि मोर्चाका नेता तथा कार्याकर्ता जिल्लाको विभिन्न स्थानमा आज बिहानैदेखि टायर बालेर कालो झन्डासहित लाठी जुलुुस निकालेर प्रदर्शन गरिरहेका छन् ।
सप्तरी सदरमुकामसहितको स्थानमा बजार, कलकारखाना र यातायात पूर्णरुपमा ठप्प रहेका छन् । यता प्रशासनले कुनै अप्रिय घटना हुन नदिनका लागि सुरक्षा सर्तकता बढाएको छ भने प्रत्येक चोक र सडकमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए ।
Comments
अरु समाचार
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...











