कन्चनपुर घटनाबारे परराष्ट्रमन्त्री डा महत र भारतीय विदेशमन्त्रीबीच फोनवार्ता
कञ्चनपुर, २७ फागुन । भारतीय सीमा सुरक्षा बलको गोलीबाट एक नेपाली नागरिकको मृत्यु भएको विषयलाई लिएर परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग आज बिहान फोनवार्ता गर्नुभएको छ ।
मन्त्री डा महतले सो वार्तामा गोली भारतीय प्रहरीले चलाएको भन्ने विषयमा भारत सरकारका तर्फबाट अहिलेसम्म पनि धारणा नआएकोप्रति उहाँको ध्यानाकर्षण गराउनुभएको थियो ।
नेपाली नागरिकको ज्यान गएको यस घटनाको छानबीन गरी यसमा संलग्न दोषीमाथि कारबाहीका साथै आइन्दा यस्ता घटना हुन नदिन भारतीय पक्षबाट लिनुपर्ने सावधानीका लागि पनि विदेशमन्त्री स्वराजसँग मन्त्री डा महतले आग्रह गर्नुभएको थियो ।
वार्ताका क्रममा भारतीय विदेशमन्त्री स्वराजले घटनालाई भारत सरकारले पनि गम्भीर रुपमा लिएको र घटनाबारे स्थानीयस्तरमा यथार्थ बुझ्ने काम भइरहेको जानकारी दिनुभयो ।
यसैबीच नेपालस्थित भारतीय कार्यबाहक राजदूत विनयकुमारलाई आज बिहान परराष्ट्र मन्त्रालय सिंहदरबारमा बोलाएर उक्त घटनाका सम्बन्धमा नेपाल सरकारका तर्फबाट भारतलाई कुटनीतिक नोट हस्तान्तरण गरिएको छ ।
परराष्ट्र सचिव शङ्करदाश वैरागीले हस्तान्तरण गर्नुभएको सो नोटमा घटनाबारे नेपाल सरकारले निन्दा गरेको र घटनाको तुरुन्त छानबीन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ ।
साथै सो नोटमा उक्त सीमा क्षेत्रमा आइन्दा यस्ता कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन भारतीय पक्षलाई आग्रह पनि गरिएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












