दिल्लीमा यस्तो छ डा.भट्टराईको एकहप्ते कार्यक्रम
काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई मंगलबार दिल्ली पुगेका छन् । नयाँ पार्टी गठन गरेपछि पहिलोपटक भारत भ्रमणमा आएका पूर्वप्रधानमन्त्री भट्टराईको कार्यसूची इण्डिया फाउन्डेसनले आयोजना गरेको दिल्लीमा हुने ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा सम्बोधन गर्नेदेखि उच्च राजनीतिक भेटघाट तथा पार्टीका विभिन्न कार्यक्रमहरु रहेका छन् । इन्डिया फाउन्डेसनको कार्यक्रमा उनले ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रलाई प्रमुख वक्ताको रुपमा आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भट्टराईको राजनीतिक भेटघाटको लागि दिल्लीस्थित नेपाली दूतावासले पहल गरिरहेको छ । उनले सत्तारुढ भारतीय जनता पार्टी तथा विपक्षी कङ्ग्रेसका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी केही भारतीय मन्त्रीहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
उनको भारत भ्रमणको उद्देश्य मुख्यत दुईवटा देखिन्छ । पहिलो, भारतमा नयाँ शक्तिको सँगठनलाई विस्तार गर्नु । दोस्रो, नयाँ पार्टीको स्थापनाको सन्दर्भमा भारतीय नेता तथा बुद्धिजिवीहरुसँगको सम्बन्धलाई पुनर्ताजगी गर्नु । भारतका नेता, नागरिक समाजका अगुवा, बुद्धिजिवी तथा अधिकारीहरुसँग भट्टराईको राम्रो सम्बन्ध रहेको छ ।
पछिल्लोपटक प्रधानमन्त्रीको रुपमा भट्टराई सन् २०११ मा भारतको भ्रमण गरेका थिए । यतिबेला नै उनले सन् १९५० को सन्धी पुनरावलोकनको लागि प्रबुद्ध समूह बनाउने प्रस्ताव भारतीय पक्षसँग राखेका थिए र त्यसमा भारतीय पक्ष सहमत भएको थियो । यसै मेलोमा उनले नयाँ पार्टी गठन गर्नुका उद्देश्यहरुबारेमा जानकारी गराउने छन् । उनले दिल्लीमा रहेका आफ्ना पुराना साथभाईहरुसँग समेत भेटघाट गर्ने छन् । पछिल्लो समय भारतसँगको सम्बन्धलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा पार्टीको नीति बनाउन तल्लीन छन् ।
१९ मार्चमा उनी नयाँ शक्ति पार्टी, नेपालको प्रवास समितिले गोवामा आयोजना गरेको नेपालीहरुसँगको अन्तर्क्रिया तथा भेटघाट कार्यक्रममा सहभागी हुनेछन् । त्यसैगरी उनले २० मार्चमा पार्टीको आयोजनामा हुने दिल्लीमा रहेका नेपालीहरुसँग भेटघाट तथा अन्तर्क्रिया गर्ने छन् ।
साथै उनले दिल्लीमा रहँदा भारतका राजनीतिक व्यक्तित्व, नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजिवी, नागरिक समाजका अगुवाहरुसँग पनि भेटघाट गर्ने छन् तर त्यसको विस्तृत जानकारी दिइएको छैन् । एक हप्ता पछाडि भट्टराई मार्च २१ मा स्वदेश फर्कन कार्यक्रम रहेको छ ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












