नगरपालिका र गाउँपालिकाको नेतृत्व लिन दौडधुप सुरु
बनेपा । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नगरपालिका र गाउँपालिकामा नेतृत्व लिन चाहनेहरुको दौडधुप सुरु भएको छ ।
राजनीतिक दल आन्तरिक बैठक, भेला तथा प्रशिक्षणमा व्यस्त रहेका बेला स्थानीय तहको निर्वाचनका लागि स्थानीय नेताले आन्तरिक लविङसमेत सुरु गरेका छन् । पार्टीका बैठक, भेला र प्रशिक्षण जारी रहेकाले राजनीतिक दलले भने सम्भावित उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन् ।
बीस वर्षको रिक्ततापछि राज्यको पुनःसंरचनाअनुसार पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचनका लागि गाउँगाउँमा उत्साहसमेत थपिएको छ ।
नेकपा एमाले काभ्रेपलाञ्चोकका अध्यक्ष टोकबहादुर वाइवाले पार्टी कमिटिमा उम्मेदवारको विषयमा सर्कुलर नआएकाले उम्मेदवारको टुङ्गो लगाउन अझै केहि समय लाग्ने बताउनुभयो ।
नेकपा (माओवादी) केन्द्रका अध्यक्ष दिनानाथ गौतमले पार्टीको काम नै नसकिएकोले उम्मेदवारको घोषणा गर्न अझै केही समय लाग्ने बताउनुभयो ।
नेपाली काँग्रेसका उपसभापति अच्युत पौडेलले पार्टी केन्द्रीय कार्यालयबाट कुनै परिपत्र नआएकाले यस सम्बन्धी मापदण्ड बनेपछि मात्रै उम्मेदवारको टुङ्गो लाग्ने बताउनुभयो ।
नयाँ संरचनाअनुसार काभ्रेपलाञ्चोकमा ६ नगरपालिका र सात गाउँपालिका छन् । जिल्लाका दुई लाख ३७ हजार मतदाताले १८९ मतदानस्थलबाट मतदान गर्नेछन् ।
जिल्लामा यसपटक चार मतदानस्थल र २९ हजार नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय, धुलिखेलले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख मधुकरप्रसाद पोखरेलले काभ्रेपलाञ्चोकमा विभिन्न पदका सात सय ३३ जनप्रतिनिधि निर्वाचित हुने छन् ।
पुनःसंरचनाअनुसार बनेपा नगरपालिका, धुलिखेल नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, नमोबुद्ध नगरपालिका छन् । त्यसैगरी रोशी गाउँपालिका, खानीखोला गाउँपालिका, चौरी देउराली गाउँपालिका, तेमाल गाउँपालिका, बेथानचोक गाउँपालिका, भुम्लु गाउँपालिका र महाभारत गाउँपालिकासहित सात गाउँपालिका यहाँ छन् । रासस
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












