बाबुरामले विदेशीको इसारामा निर्वाचनको विरोध गरेको आरोप
काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बिदेशीको इसारामा स्थानीय तहको निर्वाचनको विरोध गर्दै मधेशवादी दलहरुको लाइनमा गएर अन्तत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल पार्टीसँगको सहकार्य गर्ने भएपछि आफुहरूले त्यसको विरोध गर्दा पार्टीले निष्कासन गरेको बताएका छन्।
रफत सञ्चार क्लबमा पत्रकार सम्मेलन गर्दै समान्नान्तर राष्ट्रिय भेला आयोजक समितिका संयोजक निर्मल भट्टराईले बाबुरामको मधेशी मोर्चाका एजेण्डा बोक्ने र जातीय क्षेत्रिय राज्यलाई पहिलो प्राथामिकता दिँदै भारतसँग नझुकी नेपालमा केही गर्न नसक्ने कार्यशैलीको आफूहरुले गरेको विरोधकै कारण नयाँ शक्तिबाट निकालिएको बताए।
उनले नयाँ शक्तिको समानान्तर राष्ट्रिय भेला भोलि भक्तपुरमा आयोजना गर्न लागेको बताए। उनले राष्ट्रिय भेलामा नयाँ शक्ति परित्याग गरेका ५२ जिल्लाका झन्डै एक हजार प्रतिनिधि आउने दाबी गरे। उनले आगामी वैशाख ३१ गते हुन लागेको निर्वाचनमा आफूहरुले भाग लिने जानकारी समेत दिए।
सो सम्मेलनमा नयाँ शक्ति केन्द्रीय परिषदका सदस्यहरु सहदेव न्यौपाने, अशोक ढुंगेल, मुनिन्द्र बस्नेत र राम राज मंगरातीले पार्टीको सामान्य सदस्य समेत नरहने गरि पार्टी परित्यागको घोषणा गरेका छन्।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












