संविधान संशोधन नभएसम्म चुनाव औचित्य छैन : नेता उपेन्द्र यादव
घनकुटा । संघिय समाजवादी फोरम नेपालमा अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभएसम्म कुनै पनि चुनाव गरेको औचित्य नहुने बताएका छन् । संघिय समाजवादी फोरम नेपाल धनकुटाको प्रथम जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष यादवले संविधान संशोधन विधेयक कुनैपनि हालतमा पारित गर्नुपर्ने बताए ।
स्थानिय तहको चुनाव संघियता भएको देशमा प्रदेश सरकारले गराउने भएकाले पहिले संसद र प्रदेशको चुनावपछि मात्र स्थानिय तहको चुनाव हुनुपर्ने उनको भनाई थियो । स्थानिय तह पुर्ण रुपले प्रदेशको मातहतमा रहने भएकाले पहिले संसद र प्रदेशको चुनाव सरकारले र स्थानिय तहको चुनाव पूदेशले गरेमा पूर्ण रुपमा संघिय लोकतन्त्रको अवधारण अनुसार अघि बढ्ने यादबले बताए ।
जुन प्रकारको संघियता कार्यान्यन गर्न खोजिएको छ वास्तवमा संघियता नभएको भन्दै यादवले संघियताको नाममा एकात्मकता लादिन खोजिएको आरोप लगाए । देशमा जुन स्थानिय तहको संरचना खडा गरिएको छ तराई, हिमाल र पहाड तीनै ठाउँका जनतालाई यातना दिन खोजिएको छ यादबको भनाई छ ।
उनले अहिल्यै चुनाव गर्ने हो भने पुरानै संरचना अनुसार बोर्ड फेरेर गाविसलाई गाँउपालिका र साविकका नगरपालिकालाई यथावत राखेर चुनाव गर्नुपर्ने र त्यो भन्दा पहिला संविधान संसोधन गर्नुपर्ने बताए ।
संविधानले लामो समयदेखि विभेदमा पारिएका लाई अधिकार सम्पन्न बनाउन र यने संविधान एकलौटी र विभेदकारी भएकाले र एकल जातिय प्रभुत्व लाद्ने र संविधानमा प्रशस्त गल्ती रत्रुटी भएकाले त्यसलाई सच्याउन संविधान संशोधन हुनुपर्ने यादवको भनाई छ । फरक प्रसंगमा अध्यक्ष यादवले देशमा राजनीति भागबण्डाका नाममा देशमा ठूलो भ्रष्टचार मौलाएको बताए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












