संविधान संशोधन नभएसम्म मधेशी मोर्चाले निर्वाचनमा भाग नलिने
काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता वृषेशचन्द्र लालले मधेशी मोर्चाले संविधान संशोधन नभएसम्म निर्वाचनमा भागलिनेबारे हालसम्म सरकारसँग कुनैपनि सहमति नभएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने, “ मधेसी, जनजाति, मुस्लीम लगायतका माग समावेश गरेर संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने भएकाले फास्ट ट्र्याकमा संविधान संशोधन गर्नुपर्छ । ”
नेकपा एमालेका नेता वङ्शीधर मिश्रले सीमाङ्कनलाई थाती राखेर संविधान संशोधन प्रस्ताव अधि बढाइए पारित गर्न एमाले तयार रहेको वताए । उनले चुनावको मिति सार्ने कल्पना पनि गर्न नहुने पनि वताए ।
त्यस्तै राप्रपाका नेता पशुपति शम्शेर राणाले सकेसम्म मधेसी मोर्चालाई समावेश गरी निर्वाचन गर्नुपर्ने बताउँदै नभए दुई चरणमा निर्वाचन गर्नुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले तराईका जनताको माग सम्बोधन हुनेगरी संविधान संशोधान गर्नुपर्नेमा जोड दिएका थिए । प्रधानमन्त्रीका सल्लाहकार चक्रपाणि चालिसेले वैशाख ३१ को चुनाव नरोकिने बताउँदै थपिएका निर्वाचन क्षेत्रमा दोस्रो चरणमा चुनाव गर्ने तयारी भइरहेको बताए ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












