चुनाव चिह्न नदिइनु संविधान विपरीतको कामः नयाँ शक्ति पार्टी
काठमाडौँ । नयाँ शक्ति नेपाल पार्टीले स्थानीय तह निर्वाचनका लागि आफूहरुले माग गरेको चुनाव चिह्न नदिइनु संविधान विपरीत काम भएको जनाएको छ ।
सो पार्टीका प्रवक्ता खिमलाल देवकोटाले नेपालको संविधानको धारा २६९ (७०) (७१) मा भएको दलहरुले दलीय पहिचानको आधारमा चुनाव चिह्न पाउनुपर्ने प्रावधान विपरीत स्थानीय तह निर्वाचन ऐन, २०७३ ले नयाँ दलहरुलाई दलीय चुनाव चिह्नबाट वञ्चित गरेको बताउनुभयो ।
ऐन संशोधनका लागि निर्वाचन आयोग अगाडि धर्नामार्फत दबाब दिन जाने क्रममा सरकारले प्रहरी प्रशासन लगाएर शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरेको आरोप लगाउँदै उहाँले शान्तिपूर्ण प्रदर्शनका क्रममा पार्टीका संयोजक डा बाबुराम भट्टराईलगायत नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
शान्तिपूर्ण धर्ना गर्दा पनि सामान्य मानव अधिकार र लोकतान्त्रिक अधिकारको बर्खिलाप हुनेगरी प्रहरीले गतिविधि गरेको उल्लेख गर्दै प्रवक्ता देवकोटाले निर्वाचन आयोगले प्रदान गरेको चुनाव चिह्न प्राप्त गर्न नयाँ शक्ति पार्टी, नेपाललगायत बाहिर रहेका दलहरुको नैसर्गिक अधिकारको प्रत्याभूति गर्नका लागि निरन्तर संघर्ष गरिरहने बताउनुभयो ।
यसैबीच डा भट्टराईलगायतका नेतालाई प्रहरीले दूव्यवहार गरेको आरोप समेत सो पार्टीले लगाएको छ । आयोग परिसरबाट पक्राउ परेका नेता तथा कार्यकर्तालाई प्रहरीले रिहा गर्न लाग्दा उनीहरुले अटेर गरेको र प्रहरी तथा हिरासतमा रहेका कार्यकर्ताबीच सामान्य विवाद भएको बताइएको छ । तर भट्टराईका स्वकीय सचिव विश्वदिप पाण्डेले प्रहरीले दुव्यवहार गरेको आरोप लगाउनुभयो ।
क्लबमा नयाँ शक्तिका नेता कार्यकर्ता सहित नेकपा(क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेल , सांसद गंगा चौधरीलगायतका नेता समेत रहनु भएको छ ।
स्थानीय तह निर्वाचनको ऐन संशोधन नहुँदासम्म ब्लब नछाड्ने अडान डा भट्टराईले राख्नुभएको पाण्डेले जानकारी दिनुभयो ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












