स्थानीय तहको निर्वाचन : निर्वाचन अधिकृत तोकिए
बैतडी, २५ चैत । अगामी वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीका १० वटै स्थानीय निकायमा निर्वाचन अधिकृत तोकिएका छन् ।
निर्वाचन आयोगले देशैभरि निर्वाचन अधिकृत परिचालन गरेसँगै जिल्लाका चार नगरपालिका र ६ गााउँपालिकामा निर्वाचन अधिकृतको नाम तय गरेको हो । दशरथचन्द नगरपालिकामा एकजना मुख्य मतदान अधिकृतको जिम्मा दिइएको जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिनुभयो ।
दशरथचन्द नगरपालिकामा निर्वाचन अधिकृत तथा मुख्य मतदान अधिकृतका रुपमा जिल्ला अदालतका जिल्ला न्यायाधीश धु्रवकुमार शाहलाई तोकेको छ । पाटन नगरपालिकामा मोहन अधिकारी, मेलौली नगरपालिकामा डिल्लीराम बास्तोला र पुर्चौडी नगरपालिकामा शम्भुकुमार बस्नेतलाई निर्वाचन अधिकृत तोकेको छ ।
यस्तै दोगडाकेदार गाउँपालिकामा वासुदेव रिजाल, डिलासैनी गाउँपालिकामा विष्णुप्रसाद ज्ञवाली, सुर्नया गाउँपालिकामा यमप्रसाद बास्कोटा, सिगास गाउँपालिकामा रामकुमार थापा, शिवनाथ गाउँपालिकामा तुल्सीराम गैरे र पञ्चेश्वर गाउँपालिकामा यमप्रसाद ढुङ्गानालाई मुख्य मतदान अधिकृतको जिम्मा दिइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकामस्थित जिल्ला अदालतमा वैशाख ३ गतेसम्म स्थापना गरी काम थाल्ने र अन्य नौवटै तहमा अगामी वैशाख १२ गतेसम्म स्थानीय तहमा पुगेर कार्यालय स्थापना गर्ने बताइएको छ । रासस
Comments
अरु समाचार
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...
-
तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा, ऐन बमोजिम सजाय गर्न मागदाबी
काठमाडौँ। तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान...












