सङ्घीय प्रणालीमा दोहोरो कर लाग्दैन : प्रधानमन्त्री दाहाल
काठमाडौँ, २८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय प्रणालीमा मुलुकभित्र वस्तु, सेवा र पुँजीको आवतजावतमा कुनै प्रकारको दोहोरो कर नलाग्ने बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घको ५१औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो – “मुलुकको प्रतिस्पर्धात्मक क्षमता बढाउन सङ्घीय प्रणालीमा मुलुकभित्रै वस्तु, सेवा र पुँजीको आवतजावतमा कुनै पनि प्रकारका दोहोरो कर नलाग्ने गरी आन्तरिक बजारलाई अखण्डित राख्नुपर्छ ।”
सङ्घीय प्रणालीमा सरकारका तहबीच दोहोरो कर नलाग्ने र जिम्मेवारीको बाँडफाँडका कारणले दुई वा सोभन्दा बढी तहमा उद्योगी व्यवसायीले व्यहोर्नु पर्ने प्रक्रियागत झन्झट कम गर्न सरकार सचेत भएर काम गर्ने प्रधानमन्त्री प्रचण्डले विश्वास दिलाउनुभयो ।
उद्योग व्यवसायको प्रवद्र्धन र सर्वसाधारणको सुविधाका लागि उपलब्ध विद्युत्को कुशल व्यवस्थापन गर्दै उहाँले विद्युत्भार कटौती क्रमशः अन्त्य गर्दै लगिएकाले औद्योगिक वातावरण बन्दै गएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले देशमा लगानीको वातावरण बनाउन औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्रसम्बन्धी कानुन तर्जुमा गरिएको, वित्तीय क्षेत्रको सुदृढीकरण गर्न बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन पारित भइसकेको, मुलुकका राष्ट्रिय गौरवका आयोजनालाई तीव्र गतिमा अगाडि बढाइएको, रुग्ण उद्योगलाई पुनःस्थापना र लगानीका लागि अवरोधका रुपमा रहेका प्रशासनिक अवरोध हटाउनेलगायतका थुप्रै कार्य आफ्नो नेतृत्वको सरकारले अगाडि बढाइएको दाबी गर्नुभयो ।
उत्पादन क्षेत्रले वस्तुको निर्यात विस्तारमा अपेक्षाकृत प्रभाव राख्न नसकेको र सेवा क्षेत्र सहरी क्षेत्रमा विकास र विस्तार भइरहेको सङ्केत देखिरहेको उल्लेख गर्दै उहाँले सेवा क्षेत्र नै आर्थिक विकासका क्रियाकलापको सन्तुलन बनाउन सफल रहेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले प्रविधिको उच्चतम प्रयोग, कृषि, वन र ऊर्जामा लगानी वृद्धि गरी आर्थिक क्रियाकलापमा मानवीय संशाधनको अधिकतम परिचालन गर्न सकेको खण्डमा आर्थिक समृद्धि प्राप्त हुने स्पष्ट पार्नुभयो । उहाँले २० वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचनमा सहयोग गर्न सबै क्षेत्रलाई आह्वान गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्रीले ‘एफएनसिसिआई गोल्ड अवार्ड टेन्ड सेटर’ नेपाल राष्ट्र बैंकका गभर्नर हिमालयशम्शेर जबरा, पर्यटन व्यवसायी कर्ण शाक्य, सञ्चार क्षेत्रका कैलाश सिरोहिया, हवाई क्षेत्रका वीरेन्द्रबहादुर बस्नेत, मनोरञ्जन क्षेत्रका नकिम उद्दिन, सूचना प्रविधि क्षेत्रका भद्रराज पाण्डे, शिक्षा क्षेत्रका प्रा डा सुरेशराज शर्मा, स्वास्थ्य क्षेत्रका डा सन्दुक रोइत, सामाजिक क्षेत्रका अनुराधा कोइराला, सार्वजनिक क्षेत्रका कुलमान घिसिङ, उत्पादन क्षेत्रका स्व रामलाल जी गोल्छा र सेवा क्षेत्रका स्व लक्ष्मणबाबु श्रेष्ठलाई सम्मान गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा महासङ्घका पूर्व अध्यक्षहरु महेशलाल प्रधान, विनोदकुमार चौधरी, पद्यम ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, चण्डीराज ढकाल, कुशकुमार जोशी, सुरज बैंद्य र प्रदीपजङ्ग पाण्डेलाई सम्मान गरिएको थियो ।
उद्योग वाणिज्य महासङ्घलाई सहयोग गर्ने समाजसेवी यज्ञबहादुर केसी, आर्थिक पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने स्व सञ्जय न्यौपाने र महासङ्घमा निरन्तर २५ वर्ष सेवा गर्दै आएका कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।
महासङ्घका अध्यक्ष पशुपति मुरारकाले मुलुकको औद्योगिक क्षेत्रलाई माथि उठाउन स्वदेशी उद्योगको प्रवद्र्धन आवश्यक भएको बताउँदै सरकार र निजी क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
Comments
अरु समाचार
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











