प्रदिपजंग पाण्डेले दुई बर्ष पछि पाए ‘न्याय’
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष प्रदिपजंग पाण्डेले दुई बर्ष पछि ‘न्याय’ पाएका छन्। तीन दशक अघिको भ्रष्टाचार मुद्दामा सर्बोच्च अदालतले उनलाई सफाइ दिएको हो। महासंघको अध्यक्ष निर्वाचित भएपछि पञ्चायतकालिन भ्रष्टाचार मुद्दा ब्युँतेर पाण्डे पदमुक्त भएका थिए।
२०४२ सालमा खानेपानी तथा ढल निकास विभागमा कर्मचारी हुँदा भ्रष्टाचार ठहर भएको र उनले त्यस वापत सजाय भुक्तान नभएको भन्दै निर्वाचनमा पराजित भाष्करराज राजकर्णिकारले प्रशासनमा निवेदन दिएका थिए। पाण्डेले तात्कालिन श्री ५ बाट आफुले माफि पाइ सकेको भन्दै जिल्ला अदालत काठमाडौंमा निवेदनका थिए। तर, अदालतको उनको माग अश्विकार गर्दै भ्रष्टाचार मुद्दामा जेल सजाय काट्नै पर्ने निर्णय सुनाएको थियो।
त्यसपछि जेल गएका पाण्डेले जिल्ला अदालत काठमाडौं सहितलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले जिल्ला अदालतको फैसला खारेज गरेर पाण्डेको पक्षमा निर्णय दिएको हो। २०४२ सालमै तात्कालिन श्री ५ बाट माफी मिनाहा पाइ सकेको र पछि राष्ट्रपतिले समेत माफी दिएको सन्दर्भमा पाण्डे दोषी नरहने सर्बोच्चले ठहर गरेको छ।
जिल्ला अदालतको फैसला पछि पाण्डे महासंघ अध्यक्षबाट पदमुक्त भएका थिए। लामो समय उनलाई पूर्व अध्यक्षको दर्जा समेत दिइएको थिएन।
सोमबार महासंघको स्वर्ण उत्सव समारोहमा सम्मानका लागि आमन्त्रण गरेर उनलाई बल्ल पूर्व अध्यक्षको हैसियत दिइएको हो। अब महासंघ सचिवालयमा पनि पूर्व अध्यक्षको रुपमा उनको तश्विर राखिनेछ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












