मिति सारेर भए पनि एकै चरणमा चुनाव : वरिष्ठ नेता पौडेल
बागलुङ, ३ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको चुनाव केही दिनपछि सारेर भए पनि एकै चरणमा गर्नुपर्नेमा जोड दिए छ ।
नेपाल प्रेस युनियन बागलुङ शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले मधेसी मोर्चालाई सहमतिमा ल्याउनका लागि चुनावको मिति सार्न सकिने सङ्केत गर्नुभएको हो । “बरु पाँच दिनपछि सारौँ तर चुनाव एकै चरणमा गर्नुपर्छ”, वरिष्ठ नेता पौडेलले भन्नुभयो ।
दुई–दुई पटक संविधान संशोधन प्रस्ताव ल्याउँदा पनि मेधसी मोर्चाले नयाँ–नयाँ माग थप्दै राजनीतिक अड्चन सिर्जना गरेको उहाँको आरोप थियो ।
“सरकारले मोर्चासँग सल्लाह गरेरै संशोधन प्रस्ताव ल्याएको हो”, नेता पौडेलले भन्नुभयो, “उहाँहरु प्रस्ताव ल्याएकै दिन आन्दोलन र चुनाव बहिष्कारको घोषणा गर्नुहुन्छ, मोर्चा कतै चुनाव हुन नदिने पक्षमा त छैन भन्ने आशङ्का उब्जेको छ ।” चुनावद्वारा मुलुकलाई अघि नबढाए मुलुक गम्भीर सङ्कटमा फस्ने उनको भनाइ छ ।
मधेसी मोर्चाका मागप्रति नेपाली काँगेस संवेदनशील रहेपनि प्रमुख तीन दल र मधेसी मोर्चाबीच खुला छलफल हुनुपर्ने नेता पौडेलले बताए। रासस
Comments
अरु समाचार
-
नेपाल–भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी, स्वास्थ्यदेखि अन्तरिक्ष प्रविधि र सहरी विकाससम्म साझेदारी
काठमाडौं। नेपाल र भारतबीच स्वास्थ्य, औषधि, परम्परागत चिकित्सा, अन्तरिक्ष प्रविधि, सुरक्षा, प्रशासनिक क्षमता अभिवृद्धि, कृषि तथा दिगो सहरी विकासलगायत आठवटा...
-
प्रविधि र एल्गोरिदमले समाजलाई भ्रमित पार्ने काम गर्योः शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालका एल्गोरिदम र प्रविधिको दुरुपयोगले समाजमा विकृति तथा भ्रम फैलाइरहेको आरोप लगाएका...
-
भारतीय विदेशमन्त्री जयशंकर र प्रधानमन्त्री बालेनबीच २५ मिनेट वार्ता
नयाँ दिल्ली । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर र प्रधानमन्त्री शाहबीच २५ मिनेट...
-
स्थानीय निर्वाचन वैशाखमै र प्रदेशको मंसिरमा हुनुपर्छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिममा र प्रदेशसभा निर्वाचन मंसिरमा हुनुपर्ने बताएका...
-
प्रधानमन्त्रीको भारत भ्रमण तय, मन्त्रिपरिषद्ले के गर्यो ?
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा मङ्सिर...
-
संविधानको मर्म अनुसार प्रदेश र स्थानीय तहको निर्वाचनः निर्वाचन आयोग
काठमाडाैं । निर्वाचन आयोगले संविधान र कानुनको मर्मअनुसार स्थानीय तह र प्रदेशसभाको निर्वाचन गर्ने स्पष्ट पारेको छ। राष्ट्रिय मान्यता प्राप्त...
-
समाजलाई भ्रममुक्त बनाउन आवश्यकः ओली
काठमाडाैं । नेकपा (एमाले)का नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्ने कामको अगुवाइ आफूहरूले गर्नुपर्ने...
-
परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता, नाका खुलाउने विषयमा छलफल
काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिएका छन् । मन्त्रालयमा आज परराष्ट्रमन्त्री खनालसँग चिनियाँ...
-
बरु रवि पक्राउ पर्लान, कुमार बेनलाई ‘सत्ताले छुनै’ सक्दैन
काठमाडाैं। सरकारले धमाधम नेता, पूर्वमन्त्री, व्यवसायीलाई चिवाैलिया भनिएका इनम सापकोटासंगको सम्पर्क रहेको र अन्य विभिन्न आरोपमा पक्राउ गरिरहेको छ। पूर्वमुख्यसचिव...













