भारतका तीन ठूला विमानस्थलबाट जहाज अपहरण हुने सूचना !
मुम्बई । भारतको मुम्बई, चेन्नई र हैदराबाद विमानस्थलबाट उड्ने जहाज अपहरण गर्ने योजनाबारे गोप्य सूचना प्राप्त भएपछि सुरक्षा एजेन्सीहरूले तीनैवटा विमानस्थलमा उच्च सतर्कता अपनाएका छन्।
प्राप्त सूचनाअनुसार २३ जनाको समूहले उक्त तीन विमानस्थलबाट उडान भर्ने जहाज अपहरण गर्न सक्ने सम्भावना रहेको बताइएको छ । अपहरणको गोप्य सूचना प्राप्त भएलगत्तै शनिबार नै विमानस्थल सुरक्षा समन्वय समितिको बैठक बसेको थियो।
स्रोतअनुसार एक महिलाले विमानस्थल सुरक्षा एजेन्सीलाई इमेल पठाएर अपहरणको योजनाबारे सचेत गराएकी थिइन्। छ जना केटाहरूले मुम्बई, चेन्नई र हैदराबाद विमानस्थलबाट एकैचोटि जहाज अपहरण गर्ने योजना बनाइरहेको बेला कुराकानी सुनेको ती महिलाले इमेल मार्फत खुलाएकी छन्।
‘आइतबारका लागि योजना गरिएको तीनवटा अपहरणमा जम्मा २३ जना मान्छे संलग्न हुनेछन् भन्ने कुरा आएको छ,’ स्रोतले भन्यो।
केन्द्रीय औद्योगिक सुरक्षा बल ९सिआइएसएफ० का महानिर्देशक ओपी सिंहले जहाज अपहरणको सूचनापछि तीनवटै विमानस्थलमा उच्च सुरक्षा सतर्कता अपनाइएको पुष्टि गरे। ‘विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ, अनुगमन र नियन्त्रण सुदृढ पारेका छौं,’ उनले भने, ‘विमानस्थलमा खटिने सुरक्षाकर्मीहरूको संख्या पनि थपेका छौं।’
विमानस्थल सुरक्षा एजेन्सीले नगर प्रहरी र अन्य सुरक्षा निकायसँग पनि छलफल गरिरहेको जनाएको छ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












