अमेरिकी उपराष्ट्रपति दक्षिण कोरियामा
प्याङग्मुन्जोम (दक्षिण कोरिया) । अमेरिकी उपराष्ट्रपति माइक पेन्स एसियाली मुलुकहरुको दश दिने भ्रमणको क्रममा दक्षिण कोरियाको राजधानी सोल आइपुग्नु भएको छ ।
उत्तर कोरियाले छोटो छोटो समयको अन्तरमा क्षेप्याश्त्र परीक्षणलाई धमाधम निरन्तरता दिई चीन, जापान तथा कोरियाली प्रायव्दीप क्षेत्रमा तनाव बढ्दै गैरहेका बखत उहाँले एसिया भ्रमण शुरु गर्नु भएको हो ।
यसै सिलसिलामा, सिरियामा बिद्रोहीहरुको आन्दोलन दबाउन बसार अल असदको सरकारले बिद्रोही उपर प्रतिबन्धित, मानव घातक रासायनिक हतियार प्रयोग गरी आक्रमण गरेको पुष्टि भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा क्षेप्याश्त्र प्रहार गर्ने आदेश दिने केही कठोर निर्णय लिनु भएको छ ।
यसैलाई सम्बोधन गर्दै, अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार एच आर म्याकमास्टरले आफ्नो राष्ट्र तथा अमेरिका निकटका मित्र राष्ट्रहरुका राष्ट्रिय हितका लागि राष्ट्रपति ट्रम्पले कुनै पनि अप्रिय निर्णय लिन असहज मान्नु नहुने प्रष्ट भएको भन्ने टिप्पणी गर्नु भएपश्चात् परिस्थिति अध्ययनका लागि उपराष्ट्रपति माइक पेन्स एसियाली मुलुकहरुको भ्रमणमा निस्कनु भएको जनाइएको छ ।
वर्तमानमा, निशंकोच अटेरी गर्दै उत्तर कोरियाले छोटो अवधिको अन्तरमा निकै छाडा तौर तरिकाबाट आणविक हतियार र अन्तरमहादेशीय ब्याल्लिस्टिक क्षेप्याश्त्र परीक्षणलाई धमाधम निरन्तरता दिइरहेको परिप्रेक्षमा उत्तर कोरियाको यस्तो अवान्छित रणनीतिक गतिबिधिलाई लक्ष गर्दै उपराष्ट्रपति पेन्सले ूरणनीतिक धैर्यताको युग समाप्त भएकोू (दि एरा अफ स्ट्राटेजिक प्यासियन्स इज ओभर) भन्ने टिप्पणी गर्नु भयो ।
उत्तर तथा दक्षिण कोरियाबीचको बिभाजन रेखा नजिक दक्षिण कोरियापट्टि अवस्थित ूशून्यसैनिक क्षेत्रू (डिमिलिटराइज्ड जोन) मा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति पेन्सले अमेरिका तथा यसका मित्रराष्ट्रहरुले कोरियाली प्रायव्दीपमा शान्तिका लागि निकै लामो समयसम्म धैर्यतापूर्वक प्रतीक्षा गरिरहेकामा धैर्यताको सीमा नाघि सकेको बताउनु हुँदै अब यस क्षेत्रमा शान्ति बहालिका लागि अमेरिकाले यथोचित कदम अघि बढाउन सक्ने चेतावनी दिनु भयो ।
त्यस्तै, यस बिषयमा चीनसँग राष्ट्रपति ट्रम्पले सौहार्द्र कुराकानी गर्नु भएको र उत्तर कोरियाको आणविक हतियार भण्डारण नष्ट गर्न दबाब दिन चीनको असाधारण सहयोग र योगदानको अपेक्षा गर्नुभएको समेत उपराष्ट्रपति पेन्सले खुलासा गर्नुभयो ।
डिमिलिटराइज्ड जोनबाट साँढे दुई माइल टाढा क्याम्प बोनिफासमा अवस्थित दक्षिण कोरियाली तथा अमेरिकी संयुक्त सैन्य शिबिरको भ्रमण गरी त्यहाँ कार्यरत अमेरिकी सैनिक अधिकृतहरुसँग भलाकुसारी गर्दै उपराष्ट्रपति पेन्सले दक्षिण कोरिया र अमेरिका दुई अभिन्न मित्र बताउनु भएको छ ।
त्यसैकारण दक्षिण कोरियाको सीमारक्षा तथा सैनिक शक्ति संरक्षणका लागि अमेरिकाले ूलौह कवचू (आइरनक्ल्याड) धारण गरिरहे ता पनि हाल उत्पन्न भएको रणनीतिक समस्याको शान्तिपूर्ण समाधानका लागि वार्ताको टेबुलमा बस्न वा उत्तर कोरियालाई आणबिक निशस्त्रिकरण गर्न र क्षेप्याश्त्र परीक्षणको अन्त्य गर्न दबाब दिने दिशातर्फ अन्य कुनै पनि शान्तिपूर्ण बिकल्पमा जान अमेरिका सदैव तत्पर रहेको पनि उपराष्ट्रपति पेन्सले बताउनु भएको छ । रासस/एपी
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












