स्थानीय निर्वाचन : उत्साहसँगै हार्ने चिन्ता पनि छ महिलामा
तेह्रथुम, ४ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा कम्तीमा पनि ४० प्रतिशत महिला सहभागिता सुनिश्चित भएपछि जिल्लाका महिला उत्साहित भएका छन् । ऐनले स्थानीय तहका हरेक वडाबाट दुईजना महिला अनिवार्य निर्वाचित हुने व्यवस्था गरेको छ ।
यस्तै, प्रमुख र उपप्रमुखमध्ये एक पदमा दलले महिलालाई उम्मेदवार बनाउनैपर्ने बाध्यकारी अवस्थासमेत ऐनमा उल्लेख छ । यस आधारमा दुई नगरपालिका र चार गाउँपालिकामा ४३ वटा वडा रहेको जिल्लाबाट कम्तीमा पनि ८६ महिला जनप्रतिनिधि निर्वाचित हुने निश्चित जस्तै छ । जिल्लामा १४ वटा दल निर्वाचन कार्यालयमा दर्ता भएका छन् । तर अधिकांश दलले उम्मेदवारी दिने अवस्थामा छैनन् । कम्तीमा पाँचवटा मात्रै दलले उम्मेदवारी दिए पनि वडामा मात्रै जिल्लाभर करिब पाँच सय महिला उम्मेदवार हुनेछन् ।
नगरपालिकाको मेयर वा उपमेयरमध्ये एकमा र गाउँपालिकाको प्रमुख तथा उपप्रमुखमध्ये एकमा कम्तीमा पाँचवटा दलले मात्रै उम्मेदवारी दिँदा पनि कम्तीमा ३० महिलाको उम्मेदवारी हुनसक्ने देखिन्छ । यस आधारमा झन्डै पाँच सय ५० महिला स्थानीय निर्वाचनमा विभिन्न दलबाट उम्मेदवार बन्दैछन् । सङ्घीय संरचनाबमोजिम अहिलेका निकै शक्तिशाली स्थानीय तहमा महिलाको सहभागिता सुनिश्चित हुनु र अझै धेरै वटा दलले महिलालाई उम्मेदवार बनाउनैपर्ने प्रावधानले हर्षित तुल्याएको महिला अधिकार मञ्चकी जिल्ला अध्यक्ष इङवा सुब्बाले बताउनुभयो ।
“यसअघि महिला उम्मेदवार त्यति हुन्थेनन्, निर्वाचित त झन् कमै मात्र हुन्थे,” उहाँ भन्नुहुन्छ, “तर अहिले उम्मेदवार मात्रै पनि पाँच सयभन्दा बढी हुने देखिन्छ । निर्वाचित हुने स्थानमा पनि ४० प्रतिशत सहभागिता सुनिश्चित छ ।” महिलाका लागि राम्रो अवसर आएकाले सक्षम राजनीतिकर्मी महिलालाई फाइदा उठाउन उहाँको आग्रह छ । उहाँले सक्षम र महिला अधिकारको आन्दोलनलाई टुङ्गोमा पु¥याउन सक्ने महिलालाई निर्वाचित गर्नसमेत सुझाव दिइरहेको बताउनुभयो ।
जिल्लामा चारैतिर चुनावी माहोल तातेको छ । नेता तथा कार्यकर्ता टिकट पाउनदेखि कार्यकर्ता आफ्ना पक्षमा पार्न दौडधुप गरिरहेका छन् । महिला सहभागिता अनिवार्य भएपछि महिला पनि नेतृत्व हत्याउन कस्सिएका छन् । स्थानीय तहमा महिला सहभागिता सुनिश्चितताले सहरभन्दा गाउँका महिला अझै उत्साहित देखिएका एमाले जिल्ला सदस्य रेनुका भट्टराईले बताउनुभयो । “सहरमा राजनीति बुझेका महिला छन्, उम्मेदवारी दिने, लिने र मतदाता फकाउने सबै काम हुँदैछन्”, उहाँ भन्नुहुन्छ, “तर त्योभन्दा बढी गाउँका महिला उत्साहित भएर लागेको मैले पाएकी छँु ।” जिल्लामा दलले पार्टीका सङ्गठनमा केही वर्षअघि सम्म समावेशी बनाउन मात्रै महिलालाई राख्थे । क्रियाशील भूमिका दिँदनथे, दिए पनि महिलाले निर्णायक भूमिका निभाउन पाउँदैनथे ।”
भट्टराई भन्नुहुन्छ, “त्यसैले पनि महिलाको नेतृत्व विकास कम मात्रै भएको हो ।” तर स्थानीय तहको निर्वाचनमा महिलाको सहभागिता अनिवार्य भएपछि दललाई महिला उम्मेदवार बनाउनैपर्ने बाध्यकारी स्थिति बनेकाले अब महिलाले पाएका अधिकार लिन कसैले छेकेर नहुने काँग्रेस जिल्ला सदस्य उमा कार्कीले बताउनुभयो । “राज्य पुनःसंरचनापछि स्थानीय तहको काम, कर्तव्य र अधिकार पनि बदलिएका छन्,” उहाँ भन्नुहुन्छ, “स्थानीय तहमा नेतृत्वमा पुगेपछि के–के गर्नुपर्छ भन्ने अन्योल छ, तर पनि हामी गर्न सक्छौँ भन्ने लागेको छ ।”
मुलुकमा लामो समयसम्म स्थानीय निर्वाचन नहुँदा स्थानीय निकाय अस्तव्यस्त छन् । संविधानतः ३३ प्रतिशत अधिकार पाएका ग्रामीण महिला पनि स्थानीय सरकारमा प्रतिनिधित्व गर्दैछन् । यो अवसरलाई महिलाले आफ्नो नेतृत्व विकास गर्दै गाउँको विकासमा पनि प्रयोग गर्न सक्नुपर्ने महिला अधिकारकर्मी शान्तिला कार्कीले बताउनुभयो ।
महिलालाई उपप्रमुखमै सीमित गराउँदै दल
स्थानीय तहको निर्वाचनमा दलले स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एक पदमा महिला उम्मेदवार बनाउनैपर्ने व्यवस्था छ । तर जिल्लाका क्रियाशील राजनीतिक दलले भने महिलालाई दोस्रो तह अर्थात् उपप्रमुखमा मात्रै सीमित गर्ने देखिएको छ । ठूला दलले महिलाको नाम प्रमुख पदमा चर्चामा समेत ल्याएका छैनन् । चर्चामा आएका सबै पुरुष मात्रै छन् ।
तालमेलको तयारीमा रहेका दलले पनि महिलालाई उपप्रमुखको उम्मेदवार बनाउने सङ्केत छैन । उम्मेदवारी घोषणा गरिसकेको नेकपा (माले)ले जिल्लाका छवटै स्थानीय तहको प्रमुखमा तय गरेका नाममा पुरुषको मात्रै नाम छ । उपप्रमुखका उम्मेदवार घोषणा गरिएको छैन । मालेलाई महिला उम्मेदवार बनाउने हम्मेहम्मे परेको छ । दलले महिलाको नेतृत्व विकास गराउन चासो नलिँदा निर्वाचनमा महिला उम्मेदवारीको कमै मात्र चर्चा भएको अधिकारकर्मी बताउँछन् ।
यस्तै, उम्मेदवार चयनको तयारी गरिरहेका काँग्रेस, एमाले र माओवादी केन्द्रले पनि नगरपालिकाको मेयर वा गाउँपालिकाको अध्यक्षमा महिलालाई अवसर दिने देखिएको छैन । उम्मेदवारी दिए पनि हार्ने गरी उम्मेदवारी दिने तयारी ती दलको छ । ती दलबाट उपप्रमुख पदमा समेत महिला आकाङ्क्षीको त्यति ठूलो चर्चा छैन । तर महिलालाई उम्मेदवार बनाउनै पर्ने बाध्यकारी अवस्थाले भने दललाई सकस परेको हो । जिल्लामा म्याङलुङ र लालीगुराँस गरी दुई नगरपालिका र आठराई, फेदाप, मेन्छ्यायेम र छथर गरी चार गाउँपालिका रहेका छन् । ती सबै स्थानीय तहमा ठूलो दल काँग्रेसले प्रमुख पदमा पुरुषकै नाम चर्चामा ल्याएको छ ।
काँग्रेसबाट उपप्रमुखमा समेत महिलाको नाम त्यति धेरै आएको छैन । काँग्रेस–माओवादी र अन्य साना दलको समीकरण बन्ने हल्लाले पनि महिला उम्मेदवारको चर्चा नभएको नेताहरु बताउँछन् । एमालेले पनि प्रमुख पदमा पुरुषकै नाम चर्चामा ल्याइरहेको छ । सबै स्थानीय तहमा एकल उम्मेदवारी दिने तयारी गरेको एमालेले उपप्रमुखमा भने महिलालाई नै उम्मेदवार बनाउने तयारी गरेको जनाएको छ । माओवादी केन्द्र तालमेल भएमा महिलालाई प्रमुख पदमै उम्मेदवार बनाएर उपप्रमुखमा पुरुष उम्मेदवारी दिने र जित निकाल्ने तयारीमा छ । तर एकल उम्मेदवारी दिनुपर्ने अवस्था आएमा भने माओवादीबाट पनि त्यस्तो सम्भावना कम छ । तालमेल भएमा महिलालाई हार्ने गरी उम्मेदवार बनाउने हल्लाले महिला नेत्री त्रसित छन् । रासस
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












