महोत्तरीमा भारी वर्षा,लाखौंको क्षति
गौशाला, ७ वैशाख । महोत्तरी जिल्लामा आज बिहान ३ बजेदेखि भारी वर्षा भएको छ । तीव्र हावाहुरीसँगै भएको भारी वर्षाका कारण जिल्लाका विभिन्न गाउँ ठाउँमा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।
हावाहुरी र वर्षाका कारण दर्जनौँ घरको छाना उडाएको छ भने कतिको घर, गोठ, पसलसमेत भत्काइएको पीडितले बताएका छन् ।
त्यस्तै, किसानले भित्र्याउनका लागि खेतमा काटी राखेको गहुँ र तेलहन बाली भिजाएर बर्बाद बनाएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाको सयौँ हेक्टर जग्गामा लगाइएको तरकारीबाली पनि हावाहुरी र वर्षाले नष्ट बनाएको किसानले बताएका छन् ।
यसैगरी, तीव्रगतिको हावाहुरीका कारण जिल्लाका आधा दर्जनभन्दा बढी गाउँमा बिजुलीका पोल खसेर विद्युत् अवरुद्ध भएको छ र सयौँ रूख ढलेर बाटोघाटो र बिजुलीका तारसहित कतिको घरबारसमेत तोडफोड गरेको विद्युत् प्राधिकरण शाखा, जलेश्वरले जनाएको छ ।
त्यस्तै, भारी वर्षाले जिल्लाको मुख्य सडक जलेश्वर–जनकपुर, जलेश्वर–मटिहानी, जलेश्वर–भिट्ठामोड, जलेश्वर–रौजामा भइरहेको निर्माण कार्यमा निकै क्षति पु¥याएको छ । वर्षाका कारण ती सबै सडकखण्डमा भइरहेको माटोको काममा बाधा पर्ने गरी सडकभरि हिलैहिलो बनाएको छ भने खाल्डाखुल्डीमा पानी जमेर यातायातमा समस्यामा उत्पन्न भएको छ । रासस
Comments
अरु समाचार
-
प्रेसमाथि अङ्कुश लाग्ने कानुन बन्न नदिने सभामुखको प्रतिबद्धता
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रेसमाथि अङ्कुश लगाउने कानुन बन्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित...
-
कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान उत्पादन
काठमाडौं । कैलालीमा यस वर्ष तीन लाख २४ हजार आठ सय ८४ मेट्रिकटन बर्खे धान उत्पादन भएको छ । जिल्लास्थित...
-
चीनबाट एक खर्ब २४ अर्बका मालसामान आयात
काठमाडौं । नेपालको उत्तरी नाका रसुवागढीबाट चालु आवको साउनदेखि मङ्सिर मसान्तसम्मको पाँच महिनाको अवधिमा आयात भएका मालसमानको मूल्य सार्वजनिक गरिएको...
-
चाँदीको मूल्य बढ्दा, सुनको स्थिर
काठमाडौं । आज मंगलबार नेपाली बजारमा चाँदीको मूल्य बढेको छ । त्यस्तै आज सुनको मूल्यमा परिवर्तन देखिएको छैन। चाँदीको मूल्यमा...
-
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
काठमाडौं । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका...
-
सिरहा भन्सारद्वारा लक्षभन्दा बढी राजस्व सङ्कलन
काठमाडौं । सिरहा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा लक्ष्यभन्दा बढी राजस्व गरेको छ । सो...
-
नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्क अर्थात् एक दशमलव ११ प्रतिशतले बढेर दुई हजार छसय...
-
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
काठमाडौं । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सफल भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र...
-
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक...