संबिधान कार्यान्वयनका लागि दलबीच एकताको खाँचो : मन्त्री केसी
नुवाकोट, ९ वैशाख । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलबीच एकताको खाँचो रहेको बताउनुभएको छ ।
प्रजातान्त्रिक विचार मञ्च नुवाकोटले विदुरमा आज आयोजना गरेको ‘स्थानीय निर्वाचन र नेपाली काँग्रेस’ विषयक अन्तरक्रियामा उहाँले भन्नुभयो –“सबै दल मिलेर जारी गरेको संविधानको कार्यान्वयनका लागि पनि सबै दल एक भएर अगाडी बढ्नुको विकल्प छैन् ।”
मन्त्री केसीले संविधान कार्यान्वयनमा अहिले केहि जटिलता देखिएकाले तीन ठूला दल मात्र नभई बाँँकी सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिदैं स्थानीय तहको निर्वाचन निष्पक्षरुपमा सबैको सहभागितामा सम्पन्न गर्न सरकार दृढ रहेको बताउनुभयो ।
“ सिंहदरबारमा रहेको अधिकार अहिले गाउँ गाउँमा आइपुगेको छ”, उहाँले भन्नुभयो, “व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासहित गाउँको विकासको योजना गाउँमै निर्माण गर्ने अवसर नयाँ संविधानले दिएको छ ।”
सांसद बहादुरसिंह लामा तामाङले महामानव विपी कोइरालाको एकता र मेलमिलापको आदर्श तथा समाजवादको सिद्धान्त पूरा गर्न स्थानीय तहको निर्वाचनमा काँग्रेसको उम्मेदवार विजयी हुनुपर्नेमा जोड दिनुभयो ।
काँग्रेसका जिल्ला सभापति एवम् सांसद् जगदीश्वरनरसिंह केसीले स्थानीय तहको निर्वाचनमा काँग्रेसका तर्फबाट गुट–उपगुटभन्दा पनि जनताले रुचाएका व्यक्ति उम्मेदवार बन्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रजातान्त्रिक विचार मञ्चका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीले स्थानीय तहको चुनाव ठूलो अवसर र महत्वको पर्व रहेकाले सक्षम व्यक्तिको हातमा शक्ति प्रदान गर्न मतदाता सचेत हुनुपर्ने सुझाब दिनुभयो ।
समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले काँग्रेसले जारी गर्न लागेको घोषणापत्रमा परराष्ट्र नीति, सामाजिक न्याय, ज्येष्ठ नगारिक आवासगृह, समाजवादी चिन्तन, प्रजातन्त्रको नारा र समाजवादको मूल्य एवम् मान्यतालाई समावेश गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा समाजका नुवाकोट अध्यक्ष शम्भुप्रसाद शर्मा, काँग्रेसका पूर्व जिल्ला सभापति धुव्र अधिकारी, सचिव सुरेन्द्र अधिकारी, महासमिति सदस्य हरिकृष्ण श्रेष्ठ, रामकृष्ण थापा, शिक्षक ताराप्रसाद पाठक, रामबहादुर थापा, बाबुराम लामिछानेलगायतले काँग्रेसको नीति र आदर्श कार्यान्वयनका लागि प्रजातान्त्रिक विचार मञ्चको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । रासस
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...













