“मौन प्रदर्शन”का क्रममा भेनेजुयलामा २० जनाको मृत्यु
काराकास । राष्ट्रपति निकोलस मादुरोकाविरुद्धमा विगत तीन हप्ता देखि भइरहेको प्रदर्शनका क्रममा अहिले सम्म २० जनाको मृत्यु भएको छ ।
राजधानीदेखि पूर्बतर्फ आइतबार पनि सेतो कपडा लगाएका प्रर्दशनकारीहरुलाई प्रहरीले पछाडि धपाउनका लागि अश्रुग्यास प्रहार गरेको थियो ।
सरकार पक्षीय व्यक्तिहरुले प्रदशर्ननकारीहरुलाई हमला गरेको एक जना महिला पत्रकारले बताउनुभयो । मादुरोका पूर्ववर्ती ह्युगो चाभेजको कार्यकालपछि हालका केही हप्ता यता भेनेजुयलामा पहिलो पटक सडकमा प्रदर्शन भएको हो ।
प्रदर्शनकारीहरुलाई विरोधका क्रममा जान चाहेको ठाँउमा प्रवेश गर्नबाट सुरक्षाकर्मीहरुले निषेध गर्ने र पछाडि हटाउने गरिरहेका छन् ।
पछिल्ला दिनमा भेनेजुयलाको प्रतिपक्षी दलले देशका अन्य सहरहरुमा पनि प्रदर्शन गरेका छन् । ती ठाँउहरुमा पनि प्रहरी तथा अन्य राष्ट्रिय सुरक्षाकर्मीले प्रदर्शनकारीहरुलाई नियन्त्रणमा राख्ने प्रयास गरिरहेका छन् ।
विपक्षी प्रदर्शनकारीहरु चर्चसँग नजिक भएको जस्तो देखिएको छ । शान्तिपूर्ण तरिकाले लोकतन्त्रका लागि प्रदर्शन गरिएको उनीहरुले बताएका छन् ।
सेतो टि सर्टमा विषेश महत्वका साथ “शान्ति” लेखिएका पहिरनमा प्रदर्शनकारी विरोधमा उत्रिएका थिए । उनीहरुले सेतो फुलहरु, भेनेजुयलाको झण्डा आदि प्रदर्शनका बेला बोकेका थिए ।
प्रदर्शनकारीहरुले आफुहरु सरकारबाट नडराएको बताएका छन् । “हामीले केही पाएका छैनौं, गुमाउन तयार छौं, सरकारले सवै कुरा लिईसकेको छ, हामी आत्मसम्मान सहितको जिन्दगी चाहन्छौं,” एक जना प्रदर्शनकारीले बताए ।
भेनेजुएलामा भइरहेको आन्दोलनमा सरकारी दमन बढेको भन्दै विभिन्न क्षेत्रबाट सरकारको आलोचना पनि भइरहेका बताइएको छ । रासस/सिन्ह्वा
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












