द्वन्द्व प्रभावित २२ देशका दुई करोड ५० लाख बालबालिका विद्यालय जानबाट वञ्चित
संयुक्त राष्ट्रसङ्घ। द्वन्द्वले प्रभावित भएका २२ देशको झण्डै दुई करोड ५० लाख बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् ।
राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा ६ देखि १५ बर्ष उमेर समूहका दूई करोड ५० लाख बालबालिका विद्यालय जाने अवसरबाट वञ्चित भएका उल्लेख छ ।
विभिन्न द्धन्द्धको चपेटामा परिरहेका विश्व २२ देशका ६ देखि १५ बर्ष उमेर समूहका २२ प्रतिशत बालबालिकाहरुको यस प्रकार विद्यालय जानबाट वञ्चित रहेका पनि युनिसेफले जानकारी दिएको छ ।
त्यसैगरी विद्यालय जान नपाएका प्राथमिक विद्यालय तहमा बालबालिकाहरुको सवै भन्दा धेरैसङ्ख्या दक्षिणी सुडानमा रहेका छन त्यहाँ झण्डै ७२ प्रतिशत बालबालिकाले विद्यालय शिक्षा प्राप्त गर्ने अधिकारबाट बञ्चित रहेका युनिसेफको तथ्याङ्क रहेको छ ।
राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेर्रेसका प्रवक्ता स्टेफन डुजार्रिकले दक्षिण सुडानलाई चाड र अफगानिस्तानले पछ्याईरहेका बताउनु भएको छ ।
उहाँले दक्षिण सुडान, चाड र अफगानिस्तानमा विद्यालय नजाने बालिकाहरुको सङ्ख्या अझ डरलाग्दो गरी भएको पनि जानकारी दिनुभयो ।
निम्नमाध्यामिक विद्यालय तहमा विद्यालय नजाने बालबालिकाहरुको सङ्ख्या भने सवै भन्दा धेरै नाइजरमा देखिएको छ । दोस्रोमा दक्षिण सुडान र तेस्रोमा मध्य अफ्रिका रहेको प्रवक्ता स्टेफनले बताउनु भयो । रासस/सिन्ह्वा
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











