बेरोजगार मुक्त गाउँंपालिका बनाउने छु
विद्यार्थी जिवनदेखि राजनीति गर्दै आएका राजु आले मगर नेकपा माओवादी केन्द्रबाट बागमति गाउँंपालिकाका स्थानीय निकायको निर्वाचनमा अध्यक्षको उम्मेदवारको रुपमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।
उम्मेद्वारीको घोषणाको क्रममा यस बागमति गाउपालिकाका उपाध्यक्षमा कमला थापा मगर रहेकी छिन् । वडा नं. १ घुसेलका वडा अध्यक्षमा ज्ञानबहादुर लामा रहेका छन् । सदस्यहरुमा कपिल भोम्जन् , सोनम वाइवा , सुनिता थापा रहेका छन् । वडा नं. २ माल्टाका वडा अध्यक्षमा चन्द्र बहादुर भुलुन रहेका छन् । सदस्यहरुमा घनबहादुर स्याङतान , हरि सरण घिमिरे , सिता कुमारी भुलुन र रुपा परियार रहेका छन् ।
बागमति वडा नं. ३ भट्टे डाडाँका वडा अध्यक्षमा दिपक घिमिरे रहेका छन् । सदस्यहरुमा , नारायण भोम्जन , केवल प्रसाद तिमल्सिना , सावित्रि खड्का र गोपिनी सुनुवार रहेका छन् । वडा नं.४ प्युटारका वडाअध्यक्षमा जुवारलाल लामा रहेका छन् । सदस्यहरुमा कृष्ण प्रसाद न्यौपाने , राजकुुमार भुलुन , कल्पना लामा र कल्लिकुमारी विक रहेका छन् ।
वडा नं. ५ का वडा अध्यक्षमा ओमप्रसाद तिमल्सिना रहेका छन् । सदस्यहरुमा , दिलबहादुर घिसिङ , भिम सिंगार , भिम कुमारी लामा , सरिता विक रहेका छन् । वडा नं. ६ आश्राङका वडा अध्यक्षमा राम सरण घिमिरे रहेका छन् । सदस्यहरुमा पदम बहादुर भोम्जन , सुनमाया भुलुन रहेका छन् । यसैगरी बागमति गाउपालिका वडा नं. ७ गिम्दीका वडा अध्यक्षमा कृष्ण बल रहेका छन् ।
सदस्यहरुमा राजेन्द्र नेगी , दुर्ग बहादुर रुम्बा , बेदमाया तिमल्सिना र बालकुमारी रपाल रहेका छन् । उम्मेदवार घोषणा सभामा अध्यक्षका उम्मेदवार राजु आले मगरले आफ्नो मन्तब्यमा बोरोजगार जनशक्तिहरुका लागि प्रत्येक घरका कम्तिमा एक सदस्य एक रोजगारको योजना ल्याई यो गाउपालिकालाई बेरोजगार मुक्त बनाउने छु । प्राकृतिक स्रोतको पहिचान गरि पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने छु । प्राविधिक शिक्षालय यसै गाउपालिकाको व्यवस्थापनमा सञ्चालन गर्ने छु । खाने पानी प्रत्येक घर घरमा पुर्याउने छु भन्ने कुराहरु राखेका छन् ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












