काठमाडौंको मेयरमा एमालेका ५ जना सिफारिस
काठमाडौं ,१३ वैशाख । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा ५ जनाको नाम प्रदेश कमिटीमा छलफलका लागि पुर्याएको छ । जिल्ला कमिटीले गरेको सिफारिसमा पूर्व मेयर केशव स्थापितको नाम छैन ।
एमालेले महानगरपालिकाको उम्मेदवार टुंगो लगाउने अधिकार स्थायी कमिटीमा नै राखेकोले जिल्ला कमिटीले सिफारिस नगरेका व्यक्ति पनि उम्मेदवार बनाउन सक्ने सम्भावना उत्तिकै छ ।
तर, प्रदेश कमिटीमा रहेका काठमाडौंका सबै नेताले पार्टीभित्र निरन्तर काम गरेका नेतामध्येबाटै उम्मेदवार बनाउनुपर्ने दबाव दिएका छन् ।
मेयरका लागि प्रदेश कमिटीमा जीवनराम श्रेष्ठ, विद्यासुन्दर शाक्य, विदुर मैनाली, बसन्त मानन्धर र कल्पना रिजालको नाम सिफारिस भएको छ । यी मध्ये जीवनराम केन्द्रीय कमिटी सदस्य भएका कारण सबैभन्दा बरिष्ठ हुन् । उनी २०४९ मा १५ नम्बर वडाको अध्यक्ष भएका थिए भने खेलकुद परिषदको दुई पटक सदस्य सचिव हुँदै अहिले ओलम्पिक कमिटीको अध्यक्ष छन् ।
त्यस्तै विद्यासुन्दर शाक्य एमाले काठमाडौंका जिल्ला कमिटी सचिव हुन् । उनी काठमाडौं महानगरको २१ वडामा दुई पटक अध्यक्ष निर्वाचित भएका थिए । हाल महानगरको दलीय संयन्त्रमा एमालेका प्रतिनिधि हुन् ।
मेयरमा सिफारिस भएका अर्का नेता विदुर मैनाली काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर हुन् ।
त्यस्तै मेयरमा सिफारिस भएका बसन्त मानन्धर अनेरास्ववियुका पूर्व महासचिव तथा काठमाडौंका युवा नेता हुन् । मेयरमा सिफारिस भएकी महिला नेतृ कल्पना रिजाल पनि विद्यार्थी राजनीतिबाट आएकी हुन् ।
एमाले काठमाडौंमा चरम विवाद र गुटबन्दी रहेका कारण एकले अर्कोलाई अश्वीकार गर्ने अवस्था देखिएकाले कमिटी बाहिरबाट उम्मेदवार बनाउने तयारी भइरहेको थियो । त्यस क्रममा केशव स्थापित, गौरी प्रधानदेखि चेम्बरका पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठसम्मको नाम चर्चामा आएको थियो ।
तर, काठमाडौं एमालेका दुवै गुटका नेताहरुले सिफारिस भएका ५ जना मध्येबाट जसले टिकट पाए पनि एकले अर्कोलाई सघाउने प्रतिबद्धता प्रदेश कमिटी बैठकमा व्यक्त गरेका छन् ।
‘आफ्नो लागि लाग्ने हो तर, स्थायी कमिटीले निरन्तर पार्टीमा काम गरेका मध्ये जसलाई दिए पनि स्वीकार गर्छौं’ काठमाडौं जिल्लाका सहइन्चार्ज सुरेन्द्र मानन्धरले भने, ‘तर, पार्टी कमिटी बाहिरबाट ल्याउन पाइदैन भन्ने प्रतिबद्धता सबैले व्यक्त गरेका छन् ।’
उनीहरुले प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यलाई आफूहरुको मत पनि स्थायी कमिटीमा पुर्याउन आग्रह गरेका छन् । बुधबारको बैठकमा शाक्यले छलफलमा आएका नाम र कार्यकर्ताको भावनालाई आफूले स्थायी कमिटी बैठकमा लैजाने आश्वासन दिएकी छन् ।
काठमाडौं जिल्ला इन्चार्ज सावित्रा भुषालले भने काठमाडौं महानगरपालिकाको मेयरका नाम सिफारिस गर्ने अधिकार जिल्ला कमिटीलाई नदिइएकाले छलफलका आएका आकांक्षीहरुका नाम प्रदेश कमिटीमा पेश भएको बताइन् । उनका अनुसार प्रदेश र स्थायी कमिटीले नाम थपघट गर्न सक्छ ।
महानगरपालिकाको उपमेयरमा सुजिता शाक्य, शान्ति अधिकारी, रत्ना गुरुङ, विद्या न्यौपाने र श्याम भण्डारी सिफारिस भएका छन् । अधिकारी र गुरुङ पूर्व सभासद हुन् भने सुजिता शंकर पोखरेलकी पत्नी हुन् ।
उपमेयरमा इन्दिरा पन्त, रञ्जना मास्के र विमला खनालको नाम पनि छलफलमा रहेको नेताहरुले बताएका छन् ।
काठमाडौं महानगरपालिकामा ३२ वडामध्ये ३० वडा अध्यक्षको नाम प्रदेशमा सिफारिस भएको छ । जसमा १६ ओटा वडामा सर्वसम्मत भएको छ ।
नगरपालिकाको सिफारिसमै कीर्ते
यसैबीच जिल्ला कमिटीले एकपक्षीय रुपमा नगरपालिकाहरुको मेयर सिफारिस गरेको भन्दै सहइन्चार्ज सुरेन्द्र मानन्धरले ती नाम स्वीकार्य नहुने अडान प्रदेश कमिटी बैठकमा राखेका छन् । कृष्ण राई अध्यक्ष रहेको जिल्ला कमिटी अवैध भन्दै उनी लामो समयदेखि बैठकमा जाने गरेका छैनन् ।
जिल्ला कमिटीले नगर कमिटीहरुबाट सिफारिस भएका नाम आफू अनुकुल थपघट गर्दै आफ्नो गुटकाले टिकट पाउने गरी प्रदेशमा लगेपछि विवाद भएको हो । बुढानिलकण्ठ नगरपालिकाको मेयरमा एक नम्बरमा सिफारिस भएका क्षेत्रीय अध्यक्ष कुसुमकुमार कार्कीको नाम नै सिफारिस भएको छैन । अन्य नगरपालिका पनि त्यस्तै गरी कीर्ते भएको आरोप नेपाल पक्षको छ ।
जिल्ला इन्चार्ज सावित्रा भुषालका अनुसार कीर्तिपुर नगरपालिकामा रमेश महर्जन सर्वसम्मत रुपमा उम्मेदवार तय भएका छन् । चन्द्रागिरी नगरपालिकामा प्रल्हाद कार्की र नागार्जुन नगरपालिकामा प्रकाश श्रेष्ठ सर्वसम्मत भएको उनले बताइन् । तर, नागार्जुनमा थाहै नदिई सिफारिस भएको भन्दै उजुरी परेको छ ।
जिल्ला कमिटीले शंकरापुर नगरपालिकाको मेयरमा शम्भु दुलाल र सुवर्ण श्रेष्ठको नाम सिफाारिस गरेको छ । कागेश्वरी मनहराको मेयरमा मणिराम फुयपाल र रामशरण ढुंगानाको नाम सिफारिस भएको छ ।
गोकर्णेश्वर नगरपालिकाको मेयरमा पुन्य चौलागाई र गोपाल बराल सिफारिस भएका छन् भने बुढानिलकण्ठ नगरपालिकाको मेयरमा उद्धव खरेल र मिठाराम अधिकारीको नाम सिफारिस गरेको भुषालले बताइन् । त्यस्तै दक्षिणकाली नगरपालिकाको मेयरमा गुन्जमानसिंह बस्नेत, श्रीराम आचार्य सिफारिस भएका छन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












