सुर्खेतमा निर्वाचन प्रक्रियाको काम अन्तिम चरणमा
सुर्खेत १३ बैशाख । वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि १९–२२ गतेसम्म निर्वाचन चिन्ह वितरण हुने भएको छ ।
जिल्ला निर्वाचन कार्यालय सुर्खेतद्वारा आयोजना गरिएको सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा सो कुरा वताइएको हो ।
जिल्ला निर्वाचन कार्यलय सुर्खेतकी निर्वाचन अधिकारी सुनिता थापाले स्थानीय तहको निर्वाचन प्रक्रियाको काम अन्तिम चरणमा पुगेको बताइन् । उनले निर्वाचन अधिकृतको कार्यालय समेत स्थापना भईसकेको जानकारी दिइन ।
अधिकारी थापाले मुख्य निर्वाचन कार्यालय सुर्खेतमा स्थापना भएको र अन्य बजार बाहिर पनि ८ वटा निर्वाचन केन्द्रहरु स्थापन भएको बताइन्। ‘अब उम्मेद्वारीमा दलका कार्यकर्तामा अन्योलता देखिएको बताउँदै थापाले निर्वाचनमा गाउँसभा तथा नगरसभामा अल्पसंख्या जातिहरुलाई पनि समेटिनुपर्ने बताइन । निर्वाचनको उम्मेद्वारी अल्पसंख्यक र महिला उम्मेद्वार अनिवार्य हुनुपर्ने बताइन् ।
नगरमा ५ जना महिला, गाउँमा ४ महिला अनिवार्य हुनुपर्ने बताइन् । थापाले सुर्खेतमा अहिले सम्म १९ दल दर्ता भइसेकेको जानकारी दिइन् । संघीय समाजवादी पार्टी फोरम नेपाल र समाजवादी जनता पार्टीले पनि भाग लिन पाउने वताइन् ।
निर्वाचन कार्यलयको गर्नुपर्ने काम मतपेटीका र मतपत्र आउन बाँकी छन् । यो १÷२ दिन भित्रै आइपुग्ने उनले बताइन् । मतदाता परिचयपत्र सम्बन्धित मतदाता केन्द्रबाट वितरण हुनेछन् । सुर्खेतमा १३८ मतदान केन्द्र रहेका छन् ।
बबई हतिखालका ५ सय ३७ मतदाताको लागि त्यतै हुनेछ । २ सय ४० वटा मतदान केन्द्र रहने भन्दै सम्पूर्ण काम अन्तिम तयारी भएको बताइन् ।
सुर्खेतमा कुल जम्मा १ लाख ८४हजार,३ सय ९९ मतदाता रहेका छन्। जसमा ९५ हजार १ सय ३१ जना पुरुष मतदाता छन् भने ८९ हजार २ सय ६८ जना महिलाहरुले निर्वाचनमा भाग लिन पाउने थापाले जानकारी दिएकी छन् ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












