मुक्तिनाथमा प्रख्यात बन्दै घोडचढी
मुक्तिनाथ, १५ वैशाख । गत चैत अन्तिम साता भारतको मुम्बईबाट मुक्तिनाथ आएका रमेश सिंह घोडा चढेरै मुक्तिनाथको प्रवेशद्वारसम्म पुग्नुभयो । काठमाडाँैबाट आएकी सङ्गीता श्रेष्ठले पनि रानीपौवाबाट मुक्तिनाथ प्रवेशद्वारसम्म पुग्न घोडाकै सहारा लिनुभयो ।
सिंह र श्रेष्ठमात्र होइन हिमालपारिको मुस्ताङस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ दर्शन तथा भ्रमणका लागि आउने अधिकांश तीर्थयात्री र पर्यटकका लागि घोडचढी सुविधा नयाँ आकर्षण बनेको छ ।
“उकालोमा हिँड्न दुःख हुन्थ्यो, घोडा चढेर सजिलै पुगियो”, श्रेष्ठले भन्नुभयो – “घोडा चढेर वरपरका दृश्य नियाल्दै, तस्बिर खिच्दा निकै रमाइलो भयो ।”
उकालो हिँड्न गाह्रो भएपछि श्रेष्ठ रानीपौवामा गाडीबाट झरेर घोडा चढेर मुक्तिनाथ पुग्नुभएको हो । सिंहले पनि पहिलोपटक घोडा चढ्दा रमाइलो र सहज महसुस गर्नुभयो ।
मुक्तिनाथ भ्रमण र तीर्थयात्राका लागि आउनेको सुविधाका लागि स्थानीय बासिन्दाले रानीपौवादेखि मन्दिर प्रवेशद्वारसम्म घोडचढी सेवा दिँदै आएका छन् । घोडाको संरक्षण, स्थानीयवासीलाई आयआर्जन र पाहुनाको सुविधाका लागि घोडचढी व्यवसाय प्रभावकारी बन्दै गएको मुक्तिनाथका गाउँ मुखिया सुरज गुरुङले बताउनुभयो ।
दुई वर्ष पहिलेसम्म स्थानीयवासीले रानीपौवादेखि मुक्तिनाथ प्रवेशद्वारसम्म उकालो हिँड्न नसक्ने, ज्येष्ठ र अशक्त तीर्थयात्रीलाई मोटरसाइकलमार्फत सेवा दिँदै आएका थिए । दुर्घटनाको जोखिम र घोडा लोप हुँदै जान थालेपछि मोटरसाइकल हटाएर दर्शनार्थीलाई घोडचढी सेवा उपलब्ध गराएको गुरुङको भनाइ छ ।
समुद्री सतहदेखि तीन हजार ८०० मिटरको उचाइमा अवस्थित मुक्तिनाथ पुग्नका लागि उकालो बाटो हिँड्न लेक लाग्ने गर्छ । ज्येष्ठ र अशक्त नागरिकलाई यात्रा गर्न कठिन हुने गरेको छ । आर्थिक रुपमा सम्पन्न दर्शनार्थी हेलिकप्टरबाटै मन्दिर प्रवेशद्वारसम्म पुग्ने गरेका छन् ।
स्थानीयवासी रेशम थकालीका अनुसार मन्दिरमा जाँदा कतिपय हिँड्न नसक्ने बाध्यताले र नयाँ पुस्ताका युवायुवती रमाइलो तथा अनुभवका लागि घोडा चढ्ने गरेका छन् । अधिकांश युवायुवती मनोरञ्जनका लागि घोडा चढ्दै फोटो खिच्नका लागि मात्रै पनि ५०÷१०० रुपैयाँ दिएर घोडामा चढेर फोटो खिच्दै रमाइलो गर्छन् ।
विगतमा यातायातका साधन नपुगेका कारण जोमसोमलगायत स्थानबाट घोडा चढेर मन्दिर पुग्ने गरे पनि अहिले रानीपौवासम्म गाडीबाटै पुग्ने भएकाले त्यहाँबाट दर्शनार्थी घोडा चढ्ने गरेका छन् । घोडाचढी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीले रानीपौवादेखि मुक्तिनाथ प्रवेशद्वारसम्म एकतर्फी रु ३०० शुल्क कायम गरेका छन् । पछिल्ला समयमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेका कारण एउटै घोडाबाट दैनिक रु पाँच हजारसम्म आम्दानी हुने गरेको व्यवसायी दिनेश गुरुङ बताउनुहुन्छ ।
“प्रत्येक घरबाट एउटाका दरले घोडा पालो लगाएर यात्रु बोक्न प्रयोग गरिन्छ”, उहाँले भन्नुभयो – “मुक्तिनाथ मन्दिरमा दर्शनार्थी पु¥याउन दैनिक १५० वटा घोडाले सेवा दिँदै आएका छन् ।”
परम्परागत समाजमा घोडालाई यातायातको साधनका रुपमा प्रयोग गरिन्थ्यो । सामान बोकाएर ओसारपसार गर्न र एक ठाउँबाट अर्को ठाउँमा पुग्न घोडा प्रयोग हुन्थ्यो । तर पछिल्लो समय सडक सञ्जालमा जोडिएपछि मुस्ताङका धेरैले घोडाको विकल्पमा मोटरसाइकल र गाडी प्रयोग गर्ने गरेका छन् ।
अन्य ठाउँमा लोप भए पनि मुक्तिनाथमा भने घोडा देख्न सकिन्छ । घोडचढी व्यवसायलाई जीवन्त राख्न मुक्तिनाथमा हरेक वर्षको जनैपूर्णिमाका दिन घोडा दौड प्रतियोगिता समेत आयोजना हुने गरेको छ ।
यहाँ प्रचलित परम्परागत यातुङ पर्वमा गरिने घोडा दौड प्रतियोगिता नै सङ्कटमा परेपछि रानीपौवाको युवा क्लबले घोडा संरक्षणका लागि मोटरसाइकलको विकल्पमा घोडाबाट यात्रुलाई सुविधा दिन पहल गरेको हो ।
मरुभूमि जस्तै देखिने पृथक् भू–बनोट, पृष्ठ भूमिका हिमाल, माटोका घर, हिमाली जीवनशैली, मुक्तिनाथ मन्दिर, ज्वाला माई, गुम्बा मुक्तिनाथ क्षेत्रका आकर्षण हुन् । धार्मिक आस्थाको साथै मुक्तिनाथको प्राकृतिक सौन्दर्य आन्तरिक तथा बाह्य पर्यटकका लागि थप आकर्षण बनेको छ ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











