मुक्तिनाथमा प्रख्यात बन्दै घोडचढी
मुक्तिनाथ, १५ वैशाख । गत चैत अन्तिम साता भारतको मुम्बईबाट मुक्तिनाथ आएका रमेश सिंह घोडा चढेरै मुक्तिनाथको प्रवेशद्वारसम्म पुग्नुभयो । काठमाडाँैबाट आएकी सङ्गीता श्रेष्ठले पनि रानीपौवाबाट मुक्तिनाथ प्रवेशद्वारसम्म पुग्न घोडाकै सहारा लिनुभयो ।
सिंह र श्रेष्ठमात्र होइन हिमालपारिको मुस्ताङस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ दर्शन तथा भ्रमणका लागि आउने अधिकांश तीर्थयात्री र पर्यटकका लागि घोडचढी सुविधा नयाँ आकर्षण बनेको छ ।
“उकालोमा हिँड्न दुःख हुन्थ्यो, घोडा चढेर सजिलै पुगियो”, श्रेष्ठले भन्नुभयो – “घोडा चढेर वरपरका दृश्य नियाल्दै, तस्बिर खिच्दा निकै रमाइलो भयो ।”
उकालो हिँड्न गाह्रो भएपछि श्रेष्ठ रानीपौवामा गाडीबाट झरेर घोडा चढेर मुक्तिनाथ पुग्नुभएको हो । सिंहले पनि पहिलोपटक घोडा चढ्दा रमाइलो र सहज महसुस गर्नुभयो ।
मुक्तिनाथ भ्रमण र तीर्थयात्राका लागि आउनेको सुविधाका लागि स्थानीय बासिन्दाले रानीपौवादेखि मन्दिर प्रवेशद्वारसम्म घोडचढी सेवा दिँदै आएका छन् । घोडाको संरक्षण, स्थानीयवासीलाई आयआर्जन र पाहुनाको सुविधाका लागि घोडचढी व्यवसाय प्रभावकारी बन्दै गएको मुक्तिनाथका गाउँ मुखिया सुरज गुरुङले बताउनुभयो ।
दुई वर्ष पहिलेसम्म स्थानीयवासीले रानीपौवादेखि मुक्तिनाथ प्रवेशद्वारसम्म उकालो हिँड्न नसक्ने, ज्येष्ठ र अशक्त तीर्थयात्रीलाई मोटरसाइकलमार्फत सेवा दिँदै आएका थिए । दुर्घटनाको जोखिम र घोडा लोप हुँदै जान थालेपछि मोटरसाइकल हटाएर दर्शनार्थीलाई घोडचढी सेवा उपलब्ध गराएको गुरुङको भनाइ छ ।
समुद्री सतहदेखि तीन हजार ८०० मिटरको उचाइमा अवस्थित मुक्तिनाथ पुग्नका लागि उकालो बाटो हिँड्न लेक लाग्ने गर्छ । ज्येष्ठ र अशक्त नागरिकलाई यात्रा गर्न कठिन हुने गरेको छ । आर्थिक रुपमा सम्पन्न दर्शनार्थी हेलिकप्टरबाटै मन्दिर प्रवेशद्वारसम्म पुग्ने गरेका छन् ।
स्थानीयवासी रेशम थकालीका अनुसार मन्दिरमा जाँदा कतिपय हिँड्न नसक्ने बाध्यताले र नयाँ पुस्ताका युवायुवती रमाइलो तथा अनुभवका लागि घोडा चढ्ने गरेका छन् । अधिकांश युवायुवती मनोरञ्जनका लागि घोडा चढ्दै फोटो खिच्नका लागि मात्रै पनि ५०÷१०० रुपैयाँ दिएर घोडामा चढेर फोटो खिच्दै रमाइलो गर्छन् ।
विगतमा यातायातका साधन नपुगेका कारण जोमसोमलगायत स्थानबाट घोडा चढेर मन्दिर पुग्ने गरे पनि अहिले रानीपौवासम्म गाडीबाटै पुग्ने भएकाले त्यहाँबाट दर्शनार्थी घोडा चढ्ने गरेका छन् । घोडाचढी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीले रानीपौवादेखि मुक्तिनाथ प्रवेशद्वारसम्म एकतर्फी रु ३०० शुल्क कायम गरेका छन् । पछिल्ला समयमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेका कारण एउटै घोडाबाट दैनिक रु पाँच हजारसम्म आम्दानी हुने गरेको व्यवसायी दिनेश गुरुङ बताउनुहुन्छ ।
“प्रत्येक घरबाट एउटाका दरले घोडा पालो लगाएर यात्रु बोक्न प्रयोग गरिन्छ”, उहाँले भन्नुभयो – “मुक्तिनाथ मन्दिरमा दर्शनार्थी पु¥याउन दैनिक १५० वटा घोडाले सेवा दिँदै आएका छन् ।”
परम्परागत समाजमा घोडालाई यातायातको साधनका रुपमा प्रयोग गरिन्थ्यो । सामान बोकाएर ओसारपसार गर्न र एक ठाउँबाट अर्को ठाउँमा पुग्न घोडा प्रयोग हुन्थ्यो । तर पछिल्लो समय सडक सञ्जालमा जोडिएपछि मुस्ताङका धेरैले घोडाको विकल्पमा मोटरसाइकल र गाडी प्रयोग गर्ने गरेका छन् ।
अन्य ठाउँमा लोप भए पनि मुक्तिनाथमा भने घोडा देख्न सकिन्छ । घोडचढी व्यवसायलाई जीवन्त राख्न मुक्तिनाथमा हरेक वर्षको जनैपूर्णिमाका दिन घोडा दौड प्रतियोगिता समेत आयोजना हुने गरेको छ ।
यहाँ प्रचलित परम्परागत यातुङ पर्वमा गरिने घोडा दौड प्रतियोगिता नै सङ्कटमा परेपछि रानीपौवाको युवा क्लबले घोडा संरक्षणका लागि मोटरसाइकलको विकल्पमा घोडाबाट यात्रुलाई सुविधा दिन पहल गरेको हो ।
मरुभूमि जस्तै देखिने पृथक् भू–बनोट, पृष्ठ भूमिका हिमाल, माटोका घर, हिमाली जीवनशैली, मुक्तिनाथ मन्दिर, ज्वाला माई, गुम्बा मुक्तिनाथ क्षेत्रका आकर्षण हुन् । धार्मिक आस्थाको साथै मुक्तिनाथको प्राकृतिक सौन्दर्य आन्तरिक तथा बाह्य पर्यटकका लागि थप आकर्षण बनेको छ ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












