दलहरु एजेण्ट बनेको डा.भट्टराईको आरोप
काठमाडौं १८ बैशाख । नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले लोकतन्त्रको पहरेदार बन्नुपर्ने दलहरुनै ‘एजेन्ट’ बनेको भन्दै लोकतन्त्रमा गम्भीर संकट देखिएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लामो ‘स्टाटस’ लेख्दै पूर्व प्रधानमन्त्री डा। भट्टराईले राजनीतिमा बिकसित पछिल्ला घटनाक्रमहरुले लोकतन्त्र गम्भीर संकटमा परेको बताएका छन् ।
जनतासँग सोझै सरोकार भएका सबै संस्थाहरुमा चरम दलीयकरण र नेतृत्व पंक्तिको नैतिक पतनले यो संकट निम्त्याएको भट्टराईको टिप्पणी छ ।
राजनीतिक दल र त्यसका नेतृत्वको असक्षमताको परिणामको रुपमा राज्यका अंगहरुमा नचाहिँदो हस्तक्षेप भइरहनु संविधान कार्यान्वयमा जटिलता थप्ने र जनतामा निराशा थप्ने काम भएको भट्टराईले आरोप लगाएका छन् ।
पढ्नुहोस डा. भट्टराईले सामाजिक सञ्जालमा गरेको टिप्पणीको पूर्ण पाठ
नेपाली राजनीतिमा विकसित केही घटनाक्रमहरुले लोकतन्त्र गम्भीर संकटमा छ भन्ने स्पष्ट पार्छ । लोकतन्त्रका पहरेदार हुनुपर्ने राजनीतिक दलहरु नै यस्तो संकट निम्त्याउने एजेन्ट बन्नु चिन्ताको विषय हो । जनतासँग सोझो सरोकार भएका सबै संस्थाहरुको चरम दलीयकरण र नेतृत्व पंक्तिको नैतिक पतनले यो संकट निम्त्याएको हो ।
नेपाल प्रहरी प्रमुखको नियुक्तिमा देखिएको विवाद र त्यो विवाद बढ्दै गएर प्रधानन्यायाधीश विरुद्ध दर्ता भएको महाअभियोगसम्म पुग्नु बिडम्बना हो । साथै, यो आँफैमा नेपालका प्रमुख राजनीतिक दल र ति दलका नेतृत्वको अक्षमताको परिणाम हो । संविधानको स्वीकार्यताको दायरा फराकिलो बनाउँदै कार्यान्वयन गर्नुपर्ने गम्भीर उत्तरदायित्वलाई भुलेर राज्यका अंगमा नचाहिँदो हस्तक्षेप गर्न थाल्नु आफ्ना प्राथमिक दायित्वलाई लत्याउने प्रयास हो । साथै, संविधान कार्यान्वयनमा जटीलता थपेका मधेस लगायतका मुद्दालाई जबर्जस्ती पन्छाउन खोज्ने दुष्प्रयत्न पनि हो । यसले जनतामा निराशा बढाउने काम गरेको छ ।
नेपाली राजनीतिमा पञ्चायतदेखि नै संस्थागत भएको भ्रष्ट आचरण र विधिप्रतिको चरम उदासिनता गणतन्त्रले सुल्झाउनेछ भन्ने ठूलो आशा सञ्चार भएको थियो जनतामा । तर, गणतन्त्र प्राप्तिपछिको समयमा त्यसको ठीक विपरित त्याज्य संस्कारलाई अझ घनिभूत बनाइयो । उही पुरानो सत्ताको छिनाझपटीमा मात्रै राजनीतिको वृहद आयामलाई खुम्च्याइयो । संविधान निर्माणदेखि अन्य सबै संवेदनशील काममा देखाइएको लापरवाहीपनले आशावान हुन खोजेका जनतालाई जबर्जस्ती निराशाको गर्तमा धकेलेको छ ।
त्यसैले अब खाँचो इमान्दार र दूरदर्शी राजनीतिक नेतृत्वको विकासको हो । त्यसका लागि नयाँ राजनीतिक संस्कार हुर्किने प्रशस्त ठाउँ भएको राजनीतिक दलको निर्माण जरुरी छ । यही प्रयत्नलाई मूर्त रुप दिन नयाँ शक्ति पार्टी, नेपालको उदय भएको हो । वर्तमान राजनीतिक नेतृत्व र प्रमुख भनिएका राजनीतिक दललाई एकोहोरो आलोचना गरेर मात्र अघि बढ्न नसकिने स्पष्ट छ । आलोचना र भण्डाफोर जस्ता कामले ती दल र तिनका नेतृत्वमा कुनै नयाँ चेतना विकास गर्न नसकिने स्पष्ट भइसकेको छ । उनीहरुमा बदलाव आउला भनेर पर्खनु मुर्खता हुने भएकैले नयाँ शक्तिको परिकल्पना अघि सारिएको हो ।
अहिले सतहमा देखिएका बिडम्बनापूर्ण घटनाक्रमहरु दोहोरिनु भनेको हिजोको लामो संघर्षबाट प्राप्त भएका उपलब्धी बिस्तारै गुम्दै जानु हो । प्राप्त उपलब्धीको रक्षा गर्दै अहिले बाक्लिएको निराशाको घना बादल चिर्नका लागि एउटा जनस्तरबाट संगठित, सुविचारित र गम्भीर राजनीतिक सुझबुझका साथ गरिने सकारात्मक हस्तक्षेप जरुरी छ । त्यसै प्रयत्नमा अघि बढेको नयाँ शक्ति पार्टीलाई जनताको दीगो साथ रहनेछ भन्नेमा हामी विश्वस्त छौं ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












