दलहरु एजेण्ट बनेको डा.भट्टराईको आरोप
काठमाडौं १८ बैशाख । नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले लोकतन्त्रको पहरेदार बन्नुपर्ने दलहरुनै ‘एजेन्ट’ बनेको भन्दै लोकतन्त्रमा गम्भीर संकट देखिएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लामो ‘स्टाटस’ लेख्दै पूर्व प्रधानमन्त्री डा। भट्टराईले राजनीतिमा बिकसित पछिल्ला घटनाक्रमहरुले लोकतन्त्र गम्भीर संकटमा परेको बताएका छन् ।
जनतासँग सोझै सरोकार भएका सबै संस्थाहरुमा चरम दलीयकरण र नेतृत्व पंक्तिको नैतिक पतनले यो संकट निम्त्याएको भट्टराईको टिप्पणी छ ।
राजनीतिक दल र त्यसका नेतृत्वको असक्षमताको परिणामको रुपमा राज्यका अंगहरुमा नचाहिँदो हस्तक्षेप भइरहनु संविधान कार्यान्वयमा जटिलता थप्ने र जनतामा निराशा थप्ने काम भएको भट्टराईले आरोप लगाएका छन् ।
पढ्नुहोस डा. भट्टराईले सामाजिक सञ्जालमा गरेको टिप्पणीको पूर्ण पाठ
नेपाली राजनीतिमा विकसित केही घटनाक्रमहरुले लोकतन्त्र गम्भीर संकटमा छ भन्ने स्पष्ट पार्छ । लोकतन्त्रका पहरेदार हुनुपर्ने राजनीतिक दलहरु नै यस्तो संकट निम्त्याउने एजेन्ट बन्नु चिन्ताको विषय हो । जनतासँग सोझो सरोकार भएका सबै संस्थाहरुको चरम दलीयकरण र नेतृत्व पंक्तिको नैतिक पतनले यो संकट निम्त्याएको हो ।
नेपाल प्रहरी प्रमुखको नियुक्तिमा देखिएको विवाद र त्यो विवाद बढ्दै गएर प्रधानन्यायाधीश विरुद्ध दर्ता भएको महाअभियोगसम्म पुग्नु बिडम्बना हो । साथै, यो आँफैमा नेपालका प्रमुख राजनीतिक दल र ति दलका नेतृत्वको अक्षमताको परिणाम हो । संविधानको स्वीकार्यताको दायरा फराकिलो बनाउँदै कार्यान्वयन गर्नुपर्ने गम्भीर उत्तरदायित्वलाई भुलेर राज्यका अंगमा नचाहिँदो हस्तक्षेप गर्न थाल्नु आफ्ना प्राथमिक दायित्वलाई लत्याउने प्रयास हो । साथै, संविधान कार्यान्वयनमा जटीलता थपेका मधेस लगायतका मुद्दालाई जबर्जस्ती पन्छाउन खोज्ने दुष्प्रयत्न पनि हो । यसले जनतामा निराशा बढाउने काम गरेको छ ।
नेपाली राजनीतिमा पञ्चायतदेखि नै संस्थागत भएको भ्रष्ट आचरण र विधिप्रतिको चरम उदासिनता गणतन्त्रले सुल्झाउनेछ भन्ने ठूलो आशा सञ्चार भएको थियो जनतामा । तर, गणतन्त्र प्राप्तिपछिको समयमा त्यसको ठीक विपरित त्याज्य संस्कारलाई अझ घनिभूत बनाइयो । उही पुरानो सत्ताको छिनाझपटीमा मात्रै राजनीतिको वृहद आयामलाई खुम्च्याइयो । संविधान निर्माणदेखि अन्य सबै संवेदनशील काममा देखाइएको लापरवाहीपनले आशावान हुन खोजेका जनतालाई जबर्जस्ती निराशाको गर्तमा धकेलेको छ ।
त्यसैले अब खाँचो इमान्दार र दूरदर्शी राजनीतिक नेतृत्वको विकासको हो । त्यसका लागि नयाँ राजनीतिक संस्कार हुर्किने प्रशस्त ठाउँ भएको राजनीतिक दलको निर्माण जरुरी छ । यही प्रयत्नलाई मूर्त रुप दिन नयाँ शक्ति पार्टी, नेपालको उदय भएको हो । वर्तमान राजनीतिक नेतृत्व र प्रमुख भनिएका राजनीतिक दललाई एकोहोरो आलोचना गरेर मात्र अघि बढ्न नसकिने स्पष्ट छ । आलोचना र भण्डाफोर जस्ता कामले ती दल र तिनका नेतृत्वमा कुनै नयाँ चेतना विकास गर्न नसकिने स्पष्ट भइसकेको छ । उनीहरुमा बदलाव आउला भनेर पर्खनु मुर्खता हुने भएकैले नयाँ शक्तिको परिकल्पना अघि सारिएको हो ।
अहिले सतहमा देखिएका बिडम्बनापूर्ण घटनाक्रमहरु दोहोरिनु भनेको हिजोको लामो संघर्षबाट प्राप्त भएका उपलब्धी बिस्तारै गुम्दै जानु हो । प्राप्त उपलब्धीको रक्षा गर्दै अहिले बाक्लिएको निराशाको घना बादल चिर्नका लागि एउटा जनस्तरबाट संगठित, सुविचारित र गम्भीर राजनीतिक सुझबुझका साथ गरिने सकारात्मक हस्तक्षेप जरुरी छ । त्यसै प्रयत्नमा अघि बढेको नयाँ शक्ति पार्टीलाई जनताको दीगो साथ रहनेछ भन्नेमा हामी विश्वस्त छौं ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












