स्थानीय तहमा विशेष अधिकार खोज्दै थारू समुदाय
कञ्चनपुर, २१ वैशाख । स्थानीय तहको निर्वाचनपछि बन्ने स्थानीय सरकारमा कञ्चनपुरका थारू समुदायले विशेष अधिकार खोज्ने भएका छन् ।
समाजमा पछाडि परेका र मूलप्रवाहमा आउन नसकेका थारू समुदायले विशेष अधिकार दिई नीति निर्माण गर्ने तहमा प्रतिनिधित्वको माग अघि सारेका हुन् । स्थानीय तहको हुन गइरहेको निर्वाचनमा थारू उम्मेदवारलाई राजनीतिक दलले स्थान दिई विजयी गराउने वातावरण सृजना गरिनुपर्नेमा थारू अगुवाले जोड दिएका छन् ।
राजनीतिक परिवर्तनपछि आरक्षणका माध्यमबाट सरकारी सेवामा थारू समुदायको प्रवेश हुन थाले पनि नीतिनिर्माण गर्ने तहमा प्रतिनिधित्व नहुँदा अधिकार पाउन नसकिएको नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद् झलारीका संयोजक नरेन्द्र चौधरीले बताउनुभयो ।
राज्यले प्रत्याभूत गरेका अधिकार सुनिश्चित गर्नका लागि थारू बहुल क्षेत्रमा प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षको उम्मेदवार थारू समुदायलाई सुम्पिनुपर्ने उहाँले बताउनुभयो । “राज्यको मूलप्रवाहमा थारू समुदायलाई ल्याउने हो भने स्थानीय तहको महत्वपूर्ण पदमा थारू समुदायका राजनीतिमा क्रियाशील व्यक्तिलाई उम्मेदवार बनाई जिताउनुपर्छ”, नगर समन्वय समितिका सचिव हबलदार चौधरीले भन्नुभयो ।
राजनीतिक दलले सोचेभन्दा फरक परिणाम आउँछ भनेर थारू उम्मेदवारलाई स्थान दिन पछाडि फर्कने गरेका छन् थारू सञ्चारकर्मी धनबहादुर चौधरीले भन्नुभयो, “अब थारूले झोला आफ्नै लागि बोक्छ, अधिकारलाई नगद बनाई अगाडि बढ्छ ।” थारू समुदायलाई पैसाको प्रलोभनमा पारी मत माग्ने दिनको अन्त्य भएको उल्लेख गर्दै थारू अगुवा भागिराम चौधरीले टिकट दिँदा संवेदनशील नभए थारू समुदाय आफ्नो प्रतिनिधि आफँै छान्न अगाडि बढ्छ ।
“गणतन्त्र स्थापनामा थारू समुदायको अहम् भूमिका रहेपनि आंशिक अधिकारसमेत पाउन सकेका छैनौँ”, थारू राजनीतिकर्मी टिकुराम डगौराले भन्नुभयो, “निर्णय गर्ने तहमा पहुँच नपुग्दा आधारभूत अधिकारबाट समेत वञ्चित भएका छौँ ।” “अधिकारको लडाइँमा अगाडि बढ्नका लागि स्थानीय तहको निर्वाचनमा एक ढिक्का भएर थारू उम्मेदवारलाई जिताउन दृढताका साथ अगाडि बढ्छौँ”, उहाँले भन्नुभयो ।
“स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दल थारू बस्तीमा छिरेर आफ्नोपन देखाउन थालेका छन्”, राजु रानाले भन्नुभयो, “थारू समुदायका एजेन्डा बोकेर कार्यान्वयनमा प्रतिबद्धता गर्ने र अगाडि बढाउने तत्परता देखाउनेलाई मात्रै सहयोग गर्छौं ।”
समाजसेवी दिलबहादुर ऐरले स्थानीय तहको निर्वाचनमा थारू समुदायका व्यक्तिलाई राजनीतिक दलले स्थान दिनुपर्नेमा जोड दिँदै संविधान परिवर्तनशील दस्तावेज भएकाले थारूका हकअधिकार सुनिश्चित गर्नका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो । कञ्चनपुरको विसं २०६८ को जनगणनाअनुसार चार लाख ५१ हजार दुईसय ४८ जनसङ्ख्यामध्ये थारू समुदायको जनसङ्ख्या ३० प्रतिशतको हाराहारीमा रहेको छ । रासस
–––––––
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...
-
बूढीगण्डकी बाढीः फसेका ३६ जनाको उद्धार, १० सम्पर्कविहीन, ६ पुल र ३५ बढी घरमा क्षति
काठमाडौं । बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो । सेनाका अनुसार...













