स्थानीय तहमा विशेष अधिकार खोज्दै थारू समुदाय
कञ्चनपुर, २१ वैशाख । स्थानीय तहको निर्वाचनपछि बन्ने स्थानीय सरकारमा कञ्चनपुरका थारू समुदायले विशेष अधिकार खोज्ने भएका छन् ।
समाजमा पछाडि परेका र मूलप्रवाहमा आउन नसकेका थारू समुदायले विशेष अधिकार दिई नीति निर्माण गर्ने तहमा प्रतिनिधित्वको माग अघि सारेका हुन् । स्थानीय तहको हुन गइरहेको निर्वाचनमा थारू उम्मेदवारलाई राजनीतिक दलले स्थान दिई विजयी गराउने वातावरण सृजना गरिनुपर्नेमा थारू अगुवाले जोड दिएका छन् ।
राजनीतिक परिवर्तनपछि आरक्षणका माध्यमबाट सरकारी सेवामा थारू समुदायको प्रवेश हुन थाले पनि नीतिनिर्माण गर्ने तहमा प्रतिनिधित्व नहुँदा अधिकार पाउन नसकिएको नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद् झलारीका संयोजक नरेन्द्र चौधरीले बताउनुभयो ।
राज्यले प्रत्याभूत गरेका अधिकार सुनिश्चित गर्नका लागि थारू बहुल क्षेत्रमा प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षको उम्मेदवार थारू समुदायलाई सुम्पिनुपर्ने उहाँले बताउनुभयो । “राज्यको मूलप्रवाहमा थारू समुदायलाई ल्याउने हो भने स्थानीय तहको महत्वपूर्ण पदमा थारू समुदायका राजनीतिमा क्रियाशील व्यक्तिलाई उम्मेदवार बनाई जिताउनुपर्छ”, नगर समन्वय समितिका सचिव हबलदार चौधरीले भन्नुभयो ।
राजनीतिक दलले सोचेभन्दा फरक परिणाम आउँछ भनेर थारू उम्मेदवारलाई स्थान दिन पछाडि फर्कने गरेका छन् थारू सञ्चारकर्मी धनबहादुर चौधरीले भन्नुभयो, “अब थारूले झोला आफ्नै लागि बोक्छ, अधिकारलाई नगद बनाई अगाडि बढ्छ ।” थारू समुदायलाई पैसाको प्रलोभनमा पारी मत माग्ने दिनको अन्त्य भएको उल्लेख गर्दै थारू अगुवा भागिराम चौधरीले टिकट दिँदा संवेदनशील नभए थारू समुदाय आफ्नो प्रतिनिधि आफँै छान्न अगाडि बढ्छ ।
“गणतन्त्र स्थापनामा थारू समुदायको अहम् भूमिका रहेपनि आंशिक अधिकारसमेत पाउन सकेका छैनौँ”, थारू राजनीतिकर्मी टिकुराम डगौराले भन्नुभयो, “निर्णय गर्ने तहमा पहुँच नपुग्दा आधारभूत अधिकारबाट समेत वञ्चित भएका छौँ ।” “अधिकारको लडाइँमा अगाडि बढ्नका लागि स्थानीय तहको निर्वाचनमा एक ढिक्का भएर थारू उम्मेदवारलाई जिताउन दृढताका साथ अगाडि बढ्छौँ”, उहाँले भन्नुभयो ।
“स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दल थारू बस्तीमा छिरेर आफ्नोपन देखाउन थालेका छन्”, राजु रानाले भन्नुभयो, “थारू समुदायका एजेन्डा बोकेर कार्यान्वयनमा प्रतिबद्धता गर्ने र अगाडि बढाउने तत्परता देखाउनेलाई मात्रै सहयोग गर्छौं ।”
समाजसेवी दिलबहादुर ऐरले स्थानीय तहको निर्वाचनमा थारू समुदायका व्यक्तिलाई राजनीतिक दलले स्थान दिनुपर्नेमा जोड दिँदै संविधान परिवर्तनशील दस्तावेज भएकाले थारूका हकअधिकार सुनिश्चित गर्नका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो । कञ्चनपुरको विसं २०६८ को जनगणनाअनुसार चार लाख ५१ हजार दुईसय ४८ जनसङ्ख्यामध्ये थारू समुदायको जनसङ्ख्या ३० प्रतिशतको हाराहारीमा रहेको छ । रासस
–––––––
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...
-
आजदेखि बजेट अधिवेशन, आजै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको...













