ग्राहक तान्न बैंकबीच प्रतिश्पर्धा देवः विकास बैंकले आश्वा शुल्क १० रुपैयाँमा भर्न दिने

काठमाडौं । ग्राहक तान्न बैंकहरुबीच तिब्र प्रतिश्पर्धा सुरु भएको छ। देवः विकास बैंकले आश्वा शुल्क अहिलेसम्मकै न्युन १० रुपैयाँमा झारेको हो।
आफ्ना खाताधनीलाई बैंकले १० रुपैयाँ शुल्क लिएर आश्वा मार्फत शेयर हाल्न दिने घोषणा गरेको छ। धितोपत्र खरीद ९सार्बजनिक निस्कासन० सम्बन्धि निर्देशिका, २०७३ मा शेयर निस्कासन तथा बिक्री प्रबन्धकलाई प्रति दरखास्त १० रुपैयाँ बुझाउनु पर्ने हुँदा सो शुल्क मात्र लिने बैंकले जनाएको छ।
सुरुमा अधिकांश बैंकले १०० शुल्क तोकेकोमा आश्वा प्रति सर्वसाधारणको रुची बढ्दै जाँदा शुल्क घटाउने क्रम सुरु भएको थियो। यस अघि सिटिजन्स बैंक इन्टरनेशनलले आश्वा शुल्क २५ रुपैयाँमा झारेको थियो। फेवा विकास बैंकले पनि २० रुपैयाँ शुल्क लिएर शेयर हाल्न दिने घोषणा गरि सकेको छ।
आश्वा शुल्क घटाउनुलाई खाता खोल्ने ग्राहक संख्या बढाउने अवसरको रुपमा बैंकले लिएका छन्। दवाव परेपछि ठूला बाणिज्य बैंकले पनि शुल्क घटाउने अपेक्षा नेपाल धितोपत्र बोर्डको छ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












