जेठको पहिला साता बस्नेगरी संसदको बैठक स्थगित
काठमाडौँ, २४ वैशाख । आपसी वार्ता र संवादमार्फत मुलुकको समसामयिक समस्या समाधानका लागि सहज गर्ने उद्देश्यले व्यवस्थापिका–संसद्को आजको बैठक स्थगन गरिएको छ ।
सभामुख ओनसरी घर्तीले संसद् परिसरमा आज पत्रकार सम्मेलन गरी राज्यप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै आपसी वार्ता र संवादमार्फत समस्याको समाधान गर्न सहज होस् भन्ने उद्देश्यले बैठक आगामी जेठ ४ गतेसम्मका लागि स्थगन गरिएको जानकारी दिनुभयो । आज अपराह्न १ बजेका लागि तोकिएको संसद् बैठक नबसी सूचना टाँस गरेर स्थगन गरिएको हो ।
सभामुख घर्तीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव संसद्मा विधिवत् रुपमा प्रवेश भइसकेको अवगत गराउँदै भन्नुभयो, “संसद्मा प्रवेश गरिसकेको प्रस्ताव कसरी अगाडि बढाउने भन्ने विषय संसद्को आन्तरिक र विशेष धिकार हो ।”
नेपालको संविधानको धारा १०१ को उपधारा (२) बमोजिम व्यवस्थापिका–संसद्का दुई सय ४९ सदस्यले हस्ताक्षर गरी प्रधानन्यायाधीश कार्कीविरुद्ध यही वैशाख १७ गते महाभियोग प्रस्ताव संसद् सचिवालमा दर्ता गरेका थिए ।
संविधानले शक्ति पृथक्कीकरणको सिद्धान्तानुसार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका काम, कर्तव्य र अधिकारका सम्बन्धमा स्पष्ट व्यवस्था गरेको धारणा व्यक्त गर्दै सभामुख घर्तीले संविधानले व्यवस्था गरेबमोजिम राज्यका तीनै निकाय आफ्नो संवैधानिक सीमाभित्र रहनुपर्ने प्रस्ट मान्यता रहेको बताउनुभयो ।
“राज्यका प्रमुख निकायका बीचमा टकराव हँुदा नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट स्थापित लोकतन्त्रलाई संस्थागत गर्न र आसन्न निर्वाचनलाई समेत प्रतिकूल असर पार्दछ,” उहाँले भन्नुभयो, “यस्तो अवस्थालाई ध्यान दिँदै राज्यका सबै निकाय र पदाधिकारीले आआफ्नो भूमिकामा आत्मसमीक्षा गर्दै धैर्य एवम् संयमतापूर्वक समाधान निकाल्न आवश्यक छ ।”
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












