पर्यवेक्षककै पनि आयोगले अनुगमन गर्नेछ : आयुक्त शर्मा
काठमाडौँ, २५ वैशाख । निर्वाचन आयुक्त इला शर्माले स्थानीय तहको आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन सबैको सहयोगको आह्वान गर्नुभएको छ ।
आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले राष्ट्रिय तथा जिल्लास्तरमा खटाउने पर्यवेक्षकका लागि यहाँ आज आयोजित प्रशिक्षणमा उहाँले भन्नुभयो – “मतदाताको घरको छेउको सरकार गठनका लागि हुने यो निर्वाचनमा महिला, दलित, अल्पसङ्ख्यकले निर्भयका साथ मतदान गर्न पाउने अवसर दिलाउन पर्यवेक्षकले ध्यान दिनुहुनेछ ।”
सम्पूर्ण निर्वाचन प्रक्रियाको पर्यवेक्षण गर्ने पर्यवेक्षकै गतिविधि पनि आयोगबाट अनुगमन हुने जानकारी दिँदै आयुक्त शर्माले आयोगका काममा असर पर्ने गरी पहाडी र दुर्गम स्थानमा समेत समानरुपमा पर्यवेक्षक परिचालन गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो–“निर्वाचनअघि, मतदानको अवधि र मतदानपछि हुने गतिविधिलाई पनि पर्यवेक्षकले ध्यान पु¥याउनुहुनेछ ।”
आयोगले निर्वाचन पर्यवेक्षण गर्न राष्ट्रिय पर्यवेक्षण गर्न ४९ संस्थालाई अनुमति प्रदान गरेको छ । आयोगले ३४ वटै जिल्लामा सहसचिव र सूक्ष्म अनुगमनकर्तालाई पनि सबै जिल्लामा परिचालन गरेको छ । नेपालकै इतिहासमा यो पहिलो समावेशी चरित्र बोकेको निर्वाचन हो ।
आयोगले मतदानका लागि ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक, सुत्केरी महिला, अशक्त मतदाताका लागि विशेष व्यवस्था गरेको जानकारी दिँदै उहाँले भन्नुभयो – “सबै मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउनु नैसर्गिक अधिकार हो । स्वतन्त्र, निष्पक्ष निर्वाचनले जनतामा उच्च सम्मान बढाउने हुँदा त्यस कार्यमा राष्ट्रिय पर्यवेक्षकबाट महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा आयोगले लिएको छ ।”
आयोगले यसपटकको निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई आमन्त्रण नगरिए पनि नेपालस्थित कूटनीतिक नियोग तथा विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिले काठमाडौँ उपत्यकाभित्र अध्ययन चाहेमा आवश्यक व्यवस्था मिलाएको जनाएको छ । नेपालको इतिहासमै पहिलोपटक स्थानीय सरकारको अधिकार प्रयोग गर्नका लागि यो निर्वाचन हुँदैछ ।
सो अवसरमा पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचनको आधारमा लोकतन्त्रको मापन गरिने हँुदा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ र भयरहित तुल्याउन सबैले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो । आयोगका सहसचिव नवराज ढकालले आगामी स्थानीय तहको निर्वाचनको समग्र तयारी र आचारसंहिता, पर्यवेक्षकको भूमिकाबारे प्रकाश पार्नुभयो ।
आयोजक संस्था नियोकका अध्यक्ष हिमालयशम्शेर राणाले र सदस्य कृष्णमान प्रधानले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि तटस्थ भएर पर्यवेक्षकको भूमिका निर्वाह गर्न सुझाव दिनुभयो । नियोगले राष्ट्रिय पर्यवेक्षकका रुपमा करिब ८० जनालाई परिचालन गर्ने जनाएको छ ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...












